धनगढी – धनगढीमा जारी नेपाल आईस सुदूरपश्चिम अन्तराष्ट्रिय आमन्त्रण सुदुरपश्चिम खप्तड गोल्डकपको सेमिफाईनल समिकरण पुरा भएको छ । धनगढी रंगशालामा शुक्रवार भएको चौथो क्वाटरफाईनल खेल सम्पन्न भएसँगै सेमिफाईनल समिकरण पुरा भएको हो । प्रतियोगितामा शेर्पासँगै आयोजक सुदूरपश्चिम–११, एपीएफ क्लब, थ्री स्टार क्लब अन्तिम चारमा पुगेका छन् ।
चौथो क्वाटरफाईनलमा जित हात पार्दै हिमालयन शेर्पा क्लब अन्तिम चारमा पुगेको छ । पहिलो चरणमा वाई पाएर क्वाटरफाईनल पुगेको हिमालयन शेर्पाले गोर्खा व्वाईज रुपन्देहीलाई टाईव्रेकरमा ५–४ ले पराजित गरेको हो । निर्धारित समयमा दुवै टीमले गोल रहित बराबरी खेलेपछि टाईव्रेकरवाट निर्णय लिईदा त्यसमा हिमालयन शेर्पा सफल भएको हो । टाइब्रेकरमा शेर्पाका गोलरक्षक टेकेन्द्र थापा नायक बने । उनले गोर्खा ब्वाइजका सुजित बुढाथोकीको प्रहार बचाए । त्यही पेनाल्टी बचाऊले शेर्पा अन्तिम चारमा पुग्यो । गोर्खा ब्वाइजका हरि कठायत, अनिष तामाङ, रुप बहादुर लामा र उत्तम गुरुङले गोल गरे । शेर्पाका उर्लिच सिवाई, आशिष गुरुङ, दिवस उराउ, भिसन गुरुङ र विकास राईले गोल गरे । खेलको म्यान अफ द म्याच शेर्पाका टेकेन्द्र थापा भए उनले नगद १० हजार सहित ट्रफी पाए ।
खेलपछि प्रतिक्रिया दिदैं शेर्पाका म्यानेजर सुसिल तामाङले धेरै प्रतियोगिता खेलेका कारण खेलाडीहरुले स्कोर गर्न नसकेको भएप्नि टाईव्रेकरमा सफल भएको बताउनुभयो । खेलाडीहरुले आराम पनि पाएका छैनन् । मैदान पनि साहे छ । त्यसैमा स्ट्राईकर पनि घाईते भएकोले हाम्रो स्कोर हुन सकेन् । म्यानेजर तामाङले भन्नुभयो– पेनाल्टीमा किपर राम्रो छ । उसले रोक्छ भन्नेमा ढुक्क थियौं । त्यही नतिजा आयो । म्यानेजर तामाङले अव आईतवार थ्रीस्टारसँगको सेमिफाईनल खेलका लागि स्ट्राईकर पनि आउने र राम्रो खेल खेल्ने बताउनुभयो । गोर्खा ब्वाईज क्लबका प्रशिक्षक प्रदिप आचार्यले राम्रो खेलेको भएपनि पाएका मौकालाई गोल गर्न नसक्दा हार व्यहोरेको बताउनुभयो । राम्रो खेल्यौ, पाएका चान्स, वान भर्सेस वानमा पनि स्कोर हुन सकेन् । त्यो स्कोर भएको भए जित्थ्यौ । प्रशिक्षक आचार्यले भन्नुभयो– ट्राईकर र केही खेलाडीहरु आज मात्रै आएका हुन् । उनीहरुले लगातार गेम खेलिरहेकोले पनि समस्या भयो ।
शनिवार प्रतियोगिताको पहिलो सेमिफाईनलमा आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लब र विभागीय टीम नेपाल एपिएफ क्लब प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै आईतवार दोस्रो सेमिफाईनलमा थ्रीस्टार क्लब र हिमालयन शेर्पा क्लब प्रतिस्पर्धा गर्नेछन् । फागुन २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई २१ लाख १ रुपैँया तथा उपविजेतालाई १० लाख १ रुपैँया, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ । धनगढी रगशालामा भईरहेको प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई वेनाली मोटरसाईकल, विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५÷१५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचलाई १०÷१० हजार पुरस्कार प्रदान गरिने छ । प्रतियोगिता हेर्नका लागि टिकट काट्ने दर्शकहरुमध्येबाट गोलाप्रथाद्धारा एक जनाले १३ हजास पाँच सय मुल्य पर्ने रियलमी मोवाईल पाईरहेका छन् भने एक÷एक जना दर्शकले नेशनल प्याथ ल्याब र निसर्ग हस्पिटलमा ५ हजार बराबरको होलवडी चेकजाँचको सुविधा समेत पाईरहेका छन् । वराही नेटले गोल्डकपको टिकटको अर्धकट्टी देखाएमा एक बर्षमा तीन महिना निशुल्क ईन्टरनेटको समेत सुविधा दिईरहेको छ ।
नेपाल आईस मुख्य प्रायोजक रहेको प्रतियोगितालाई नेपाल टेलिकमले सहप्रायोजन गरेको छ । प्रतियोगिताको प्रायोजकमा ग्लोवल आईएमई वैंक, एभरेष्ट एकेडेमी, दिनेश सोप र सगरमाथा सिमेन्ट रहेको छ । यसैगरी हस्पिटल पाटर्नरमा कैलाली हस्पिटल, ईन्सुरेन्स पाटर्सरमा मेटलाईफ अफिसियल वैंकमा सनराईज वैंक हस्पिटालिटी पाटर्नरको रुपमा ड्रिम ग्रुप अफ म्यानेजमेन्ट र टिकट पाटर्नरमा स्टेपिङ स्टाने स्कुल रहेको छ । सुदुरपश्चिम खप्तड गोल्डकप सुदूरपश्चिम प्रदेशका हुने एक मात्रै गोल्डकप हो । ‘सुदूरपश्चिम प्रदेशको पहिचान, फुटवल विकासको अभियान’ भन्ने नारा सहित सुदुरपश्चिम– ११ स्पोर्टस क्लबले विगत चार वर्षदेखि गर्दै आयोजना गर्दै आएको छ ।