अत्तरिया - कैलालीको अत्तरियामा दक्ष प्रसुतिकर्मीहरुलाई क्षमता अभिबृद्धिका लागि अनसाइट कोचिङ कार्यक्रम सम्पन्न भएको छ । गोदावरी नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना मालाखेती अस्पतालमा भएको तिन दिने कार्यक्रम आज सम्पन्न भएको हो ।
गोदावरी नगरपालिका वडा नं ३ का वडाअध्यक्ष मोहन खत्रीको अध्यक्षतामा सम्पन्न भएको समापन कार्यक्रममा गोदावरी नगरपालिका नगरप्रमुख हरि सिं साउँद प्रमुख अतिथी रहनुभएको थियो । कार्यक्रममा बोल्दै नगरप्रमुख साउँदले मालाखेती अस्पतला सबैको साझा अस्पताल बनाउनु सबैको दायित्व र जिम्मेवारी रहेको बताए ।
उनले जनप्रतिनिधिहरु निर्णय गरिदिन भएपनि बाकिँ काम प्रशासन र कर्मचारीले गर्नुपर्ने बताए । उनले मालाखेती अस्पताललाई सुदुरपश्चिमकै नमुना अस्पताल बनाउने प्रयासमा रहेको भएपनि सम्बन्धित कर्मचारीहरुको लापरबाहीले समस्या उत्पन्न भैरहेको बताए ।
उनले अस्पताल प्रशासन , कर्मचारी , स्वास्थ्य शाखा , जनप्रतिनिधिहरु बिचको समान समन्ब्य अभावले निर्णय भएका कुराहरुलाई पनि कार्यन्ब्यन गर्न नसक्दा अस्पताललाई साचे जस्तो बनाउन नसकेको बताए । उनले अस्पताललाई अझै सुदुरपश्चिको नमुना बनाउनका निमित्त प्रशासन र स्वास्थ्यकर्मीहरुको ठूलो हात हुने भएकाले यस तर्फ सबैले आ आफ्नो कर्तब्य र जिम्मेवारी पूर्ण रुपमा पालना गर्न आग्रह गरे ।
उनले यसका लागि नगरपालिकाले गर्नुपर्ने जुनसुकै सहयोग पनि गर्न तयार रहेको बताए । ३ दिन सम्म संचालन भएको कार्यक्रमको समापनमा मालाखेती अस्पतालको ब्यवस्थापन , कर्मचारीको अबस्था , उपकरण र औषधिहरुको आवश्यकता , ल्याबको बिषयमा अस्पतालका स्वास्थ्यकर्मीहरुले नगरप्रमुखलाई जानकारी गराएका थिए ।
गोदावरी नगरपालिका भित्र रहेका दक्ष प्रसुतिकर्मीहरुको क्षमताअभिबृद्धि गराई सुरक्षित प्रसुति कसरी गराउने , कुनकुन कुरामा ध्यान दिन भन्ने बारेमा प्रशिक्षण दिइएको स्वास्थ्य शाखाले जनाएको छ ।