अत्तरिया - कैलालीको गोदावरी नगरपालीका वडा नं. ४ बन्दगडामा निर्माधिन अबस्थामा रहेको बृहत गुरु योजनाको मष्टाधामको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । सुदूपश्चिमको शान देशको पहिचान हाम्रो मष्टा धाम , पर्यटन क्षेत्र बनाई पर्यटन भित्रयाउने हाम्रो अभियान भन्ने मुख्य उध्ेश्यका साथ निर्माण हुन थालेको एक बर्ष पुरा भएपछि मष्टाधाम व्यवस्थापन समितिको आयोजनामा आज बिबिध कार्यक्रमका साथ प्रथम बार्षिक साधारण सभा सम्पन्न भएको हो ।
मष्टाधाम व्यवस्थापन समिति अध्यक्ष गणेश साउँदको सभापतित्वमा सम्पन्न कार्यक्रममा गोदावरी नगरपालीकाका नगरप्रमुख हरि सिँ साउँद प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा गोदावरी नगरपालीका वडा नं. १ का वडाध्यक्ष शर्मानन्द भट्ट र वडा नं. ४ का वडाध्यक्ष प्रेम बहादुर भण्डारी विशिष्ठ अतिथि रहनुभएको थियो ।
कार्यक्रममा बोल्दै नगरप्रमुख साउँदले धार्मिक क्षेत्रको विकाश गर्न सके मात्र पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने बताए । उनले अहिले सम्मकै ठूलो गुरु योजनाका साथ सुरु भएको अभियानलाई सफल पार्न सबैले लाग्नुपर्ने बताए । उनले यो योजना सुदुरपश्चिमकै धार्मीक , पर्यटन र आर्थिक समृद्धिसँग जोडिएको हुनेले निर्माण भईरहेको मष्टाधाममा सबैको सहयोग महत्वपुर्ण हुने बताए ।
उनले धार्मीक क्षेत्रका लागि स्थानिय सरकारका तर्फवाट हुने सहयोग सधैब भैरहने बताए । यसका लागि गोदावरी नगरपालिकाका तर्फवाट गत वर्ष ८ लाख रुपैया छुट्याएको र ५ दिनसम्म निशुल्क जेसिबी पनि उपलब्ध गराएको उनले बताए । सुगम जिल्लाको दुर्गम गाँउमा बन्न लागेको बृहत मष्टाधाम आफैमा महत्वपुर्ण रहेको गोदावरी नगरपालिका वडा नं १ का वडा अध्यक्ष शर्मानन्द भट्टले बताए । उनले यो अभियान सफल भएमा सो ठाउँका जनताहरुले प्रत्यक्ष लाभ लिन पाउने बताए ।
जसका लागि यसमा सबैको साथ समर्थन हुन आवश्यक रहेको उनको भनाई छ । विकट क्षेत्रका रुपमा रहेका बन्दगडा र हाटखोलीको विकाशमा मष्टाधाम कोशेढुङ्गा सावित हुने मष्टाधाम व्यवस्थापन समितिका अध्यक्ष गणेश साउँदले बताए । उनले नगरक्षेत्रमा धार्मिक पर्यटन प्रर्वद्धन गरी नगरको विकाशमा टेवा पु¥याउने उद्देश्यका साथ निर्माण सुरु भएपछि स्थानियहरुको निकै साथ सहयोग पाइरहेको बताए ।
उनले विगत एक वर्षको अवधीमा राजिताल सम्म जाने बाटो निर्माण , दुदेमष्टाको मन्दिर निर्माणको काम अन्तिम चरणमा , दाडे मष्टाको मन्दिर शिलान्यास र ४५ जनाबाट सहजै रुपमा ५० विगाहा जग्गा प्राप्त लगाएतका प्रगतिहरु भएको सुनाए । कार्यक्रममा मष्टाधाम निर्माणमा विभिन्न क्षेत्रबाट सहयोग पु¥याउने व्यक्ति तथा संघ संस्थालाई सम्मान पत्र सहित सम्मानित गरिएको थियो ।
बिबिध सास्कृतिक कार्यक्रम सहित सम्पन्न कार्यक्रममा स्थानियहरुको बाक्लो सहभागिता रहेको थियो । मष्टाधाम व्यवस्थापन समितिका सचिव भिम साउँदले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन समितिका सल्लाहकार लिला बास्कोटाले गरेका थिए ।