मसुरिया – कैलालीको गौरीगंगा नगरपालिकामा स्थानीय बीउ प्रणाली सुधार परियोजना द्वारा संचालित गहुँ बालीको प्रयोगात्मक खेतीको बिहीबार फिल्ड स्तरमा अनुगमन गरिएको छ । वडा नं ७ र ९ मा रहेका ३ वटा कृषक पाठशाला समुहहरुले फरक फरक समयमा लगाएको १२ जातको गहुँको परिक्षण अबधिको सिकाई र अनुभव आदानप्रदान गर्न फिल्ड स्तरमा अनुगमन गरिएको हो ।
एकता जैविक विविधता कृषि सहकारी संस्थाको सहकार्यमा स्थानीय किसानले कृषक पाठशालामा आबद्व भएर समुहमा १२ वटा जातको गहुँमा परिक्षण गरिरहको वडा नं ९ को राधाकृष्ण कृषक पाठशालाका सदस्य रितुदेवी सापकोटाले बताईन ।
हाल लगाईएको गहुँका जात मध्य यस क्षेत्रमा राम्रो फल्ने स्थान र हावापानी सुहाउँदो खानामा मिठो हुने र उत्पादन धेरै दिने परिक्षण पछि मात्र थाहा हुने र सोही अनुसार आउदा बर्षको गहुँको खेति गर्न सहयोग पुग्ने विश्वास लिएको विगत लामो समय देखि स्थानीय जातका बीउ संरक्षण गर्दै आएका वडा नं ७ का कृषक रामऔतार चौधरीले बताए ।
पाठशालामा अलगअलग प्लटिङ गरि नाम नम्बर राखेर बिजया, मुनाल, बाणगंगा, च्याखुरा र धौलागीरी लगाएत बिभिन्न जातका गहुँ लगाईएको सहजकर्ता पवनकुमार बोगटीले जानकारी दिएका छन् ।
लिवडको आर्थिक र प्राबिधिक सहयोगमा संचालित कृषक पाठशालामा सहभागी कृषकहरुले प्रत्येक हप्ताको सोमबार टेस्ट हेर्ने र गोडमेल गर्ने गरेको दुर्गाशान्ति कृषक पाठशालाका दिलदेवी भुषालले जानकारी दिईन ।
फिल्ड स्तरिय अनुगमनमा गौरीगंगा नगरपालिका उप–प्रमुख अंचला चौधरी , वडा नं ९ का अध्यक्ष हरि प्रसाद तिवारी , वडा नं ७ का अध्यक्ष दल बहादुर कुमाल , नगर कृषि शाखाका कर्मचारी , विद्यार्थी , कृषक, पत्रकार लगाएको सहभागीता रहेको थियो ।