डडेल्धुरा – सुदूरपश्चिम भ्रमणमा रहेकी राष्ट्रपति बिद्या देवि भण्डारीले आज बिहान सुदूरपश्चिम प्रदेशको प्रशिद्ध धार्मिक शक्तिपिठ उग्रतारा मन्दिरमा माता भगवतीको दर्शन गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारीले आज बिहान १० बजे उग्रतारा मिन्दरमा माता भागवतीको दर्शन गर्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी जगनाथ पन्तले बताए ।
जिल्ला सदरमुकाम भन्दा चार किलोमिटर टाढा उत्तर तर्फ महाकाली राजमार्गको छेउमै अमरगढी नगरपालिका–८ मा रहेको उग्रतारा मन्दिरमा पुगि राष्ट्रपति भण्डारीले माता भगवतीको दर्शन गर्ने भए पछि मन्दिर परिसरमा सरसफाई गरिनुका साथै सुरक्षा व्यवस्था कडा पारिएको छ ।
बिहिबार बिहानै देखि सरसफाई र सुरक्षा व्यवस्थामा प्रहरी लाई खटाईएको प्रमुख जिल्ला अधिकारी पन्तले बताए । बिहिबार बेलुकी देखि उग्रतारा मन्दिर परिसरमा सुरक्षाको थप टोली खटाईने उनको भनाई छ ।
राष्ट्रपति भण्डारीलाई अमरगढी नगरपालिकाले सम्मान स्वरुप उपहार प्रदान गर्ने कार्यक्रम रहेको अमरगढी नगरपालिकाले जनाएको छ । बैतडी, दार्चुलाका स्थानिय तहहरुले राष्ट्रपति भण्डारीको भ्रमणमा सार्वजनिक बिदा दिए पनि डडेल्धुरामा भने दिईएको छैन । मन्दिरमा माताको दर्शन कार्यक्रम मात्रै रहेकाले सार्वजनिक बिदा नदिईएको अमरगढी नगरपालिका उपप्रमुख संगिता भण्डारीले बताईन ।
राष्ट्रपतिको उग्रतारा मन्दिर दर्शनका बेला जनप्रतिनिधी लगायत कर्मचारी मन्दिरका पुजारी, धामि, भ्रणिया, लौगटिया, उग्रतारमा रहेको बेदबिद्याश्रमा अध्ययनरत बटुक लागयत उग्रतारा क्षेत्र विकास समिती पदाधीकारी, पुर्व पदाधिकारीहरुले स्वागत गर्ने समिति अध्यक्ष तेज बहादुर सांकीले बताए ।
राष्ट्रपती भण्डारीले बिहिबार अघि बैतडीको त्रिपुरा सुन्दरी र दार्चुलाको मालिकार्जुन मन्दीरमा पुजापाठ संगै दर्शन गरेकी छन । हेलिकप्टर मार्फत डडेल्धुराको उग्रतारा मन्दिर पुगे पछि उनी कञ्चनपुर जाने कार्यक्रम रहेको जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जनाएको छ ।