धनगढी – साविक विजेता नेपाल पुलिस क्लबलाई हराउँदै विभागीय टीम नेपाल एपिएफ क्लब नेपाल आईस सुदूरपश्चिम अन्तराष्ट्रिय आमन्त्रण सुदुरपश्चिम खप्तड गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा विहीवार भएको तेस्रो क्वाटरफाईनलमा पुलिसलाई टाईब्रेकरमा हराउँदै एपिएफ अन्तिम चारमा पुगेको हो । पहिलो चरणमा वाई पाएर क्वाटरफाईनल पुगेको नेपाल पुलिस प्रतियोगिताको चौथो संस्करणमा भने एपिएफसँग टाईव्रेकरमा ४–३ ले पराजित हुँदै वाहिरिएको छ ।
निर्धारित समयमा दुवै टीमले गोल रहित बराबरी खेलेपछि टाईव्रेकरवाट निर्णय लिईदा त्यसमा एपिएफ सफल भएको हो । टाईव्रेकरमा एपीएफका सुदिप शिख्राकार, आशिष लामा, प्रविन स्याङतान र दिनेश राजवंशीले गोल गरे । एपिएफएका नवीन लामाको प्रहारलाई भने पुलिसका गोलरक्षक रोशन खड्काले बचाए । पुलिसका सौजन राई याक्खा, तेज तामाङ र बुद्ध बल तामाङले मात्र गोल गरे । कप्तान भरत शाहको प्रहार पोलमा लागेर गोल हुन सकेन् भने अजित भण्डारीको प्रहारलाई एपिएफका गोलरक्षक रोमन रसाईलीले बचाए । खेल सकिन केही मिनेट मात्रै वाँकी रहँदा एपिएफले राजु नगरकोटीको सट्टा रोमन रसाईली र पुलिसले सत्रुधन चौधरीको सट्टा रोशन खड्कालाई मैदान छिराएको थियो । एपिएफ खप्तड गोल्डकपको सेमिफाईनल पुग्नुका साथै उसले सहिद स्मारक लिगमा पुलिससँगको हारको बदला पनि लिएको छ । लिगमा एपिएफ १–० ले पराजित भएको थियो । खेलको म्यान अफ द म्याच एपिएफका आशिष लामा चुनिए । उनले नगद १० हजार सहित ट्रफी पाए ।
खेलपछि प्रतिक्रिया दिदैं एपिएफका प्रशिक्षक सुदीप श्रेष्ठले पाएका मौका सदुपयोग गर्न नसक्दा खेलमा गोल हुन नसकेको भन्दै टाईव्रेकरमा सफल भएकोे बताउनुभयो । खेल फिफ्टी फिफ्टीको थियो । हामीले गोल गर्ने धेरै मौका मिस गर्यौ तर किपरमा विश्वास थियो । त्यही अनुसार किपर चेञ्ज गरेपछि जित्यौ प्रशिक्षक श्रेष्ठले भन्नुभयो– चेञ्ज गरेको किपर रोमनको वल जजमेन्ट राम्रो थियो । मैले जुनियर प्रतियोगितमा टीमलाई टाईव्रेकरमा जिताएको पनि देखेको थिए । त्यही अनुसार नतिजा आएको छ ।
प्रशिक्षक श्रेष्ठले अव सेमिफाईनलमा आयोजक टीमसँग खेल्दा घरेलु दर्शक र घरेलु मैदानले फरक पार्ने भन्दै सुदुरपश्चिम–११ सँगको खेल पनि प्रतिस्पर्धात्कम हुने बताउनुभयो । नेपाल पुलिस क्लबका म्यानेजर संजीव जोशीले लगातार टीमले प्रतियोगिता खेल्दा आरा मगर्नका लागि समय नपाउँदा जित्नलाई समस्या भएको भन्दै भाग्यले समेत साथ नदिएको बताउनुभयो । अन्य प्रतियोगितामा तीन म्याच लगातार खेलेर खेल हुनुभन्दा केही घण्टा अगाडी मात्रै धनगढी पुग्यौं । आरामको लागि समय भएन् । तर पनि खेलाडीहरुले राम्रै खेलेका हुन् । म्यानेजर जोशीले भन्नुभयो– टप म्याचमा गोल हुने वल पनि हुन सकेन् । पेनाल्टीमा पनि ब्याडलक भयो । अब एपिएफले फाईनल प्रवेशको लागि शनिवार आयोजक सुदुरपश्चिम–११ सँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको चौथो क्वाटरफाईनलमा शुक्रवार हिमालयन शेर्पा क्लब र गोर्खा ब्वाइज क्लब रुपन्देही प्रतिस्पर्धा गर्नेछन् ।
फागुन २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई २१ लाख १ रुपैँया तथा उपविजेतालाई १० लाख १ रुपैँया, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ । धनगढी रगशालामा भईरहेको प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई वेनाली मोटरसाईकल, विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५÷१५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचलाई १०÷१० हजार पुरस्कार प्रदान गरिने छ । प्रतियोगिता हेर्नका लागि टिकट काट्ने दर्शकहरुमध्येबाट गोलाप्रथाद्धारा एक जनाले १३ हजास पाँच सय मुल्य पर्ने रियलमी मोवाईल पाईरहेका छन् भने एक÷एक जना दर्शकले नेशनल प्याथ ल्याब र निसर्ग हस्पिटलमा ५ हजार बराबरको होलवडी चेकजाँचको सुविधा समेत पाईरहेका छन् । वराही नेटले गोल्डकपको टिकटको अर्धकट्टी देखाएमा एक बर्षमा तीन महिना निशुल्क ईन्टरनेटको समेत सुविधा दिईरहेको छ ।
नेपाल आईस मुख्य प्रायोजक रहेको प्रतियोगितालाई नेपाल टेलिकमले सहप्रायोजन गरेको छ ।