धनगढी – राष्ट्रपति विद्यादेवि भण्डारीले नेपाली भाषा विश्वको उन्नत भाषाको रुपमा स्थापित भएको बताएकी छिन । बुधबार विश्व नेपाली साहित्य महोत्सव उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले महोत्सवबाट नेपाली साहित्य पनि विश्वको उन्नत साहित्यको रुपमा स्थापित गर्ने मार्ग खुलाउने बताइन् । उनले सुदूरपश्चिम प्रदेशको शैक्षिक संस्था सुदृढ गर्नुपर्ने बताइन् । ‘शिक्षण संस्था, प्राज्ञिक केन्द्र र विश्वविद्यालयले भाषा र साहित्यलाई प्रवद्र्धन गर्न मद्दत पुर्याउन्छ’ उनले भनिन्, ‘यस (सुदूरपश्चिम) क्षेत्रका सुदूरपश्चिम विश्वविद्यालय सहित सम्पूर्ण शैक्षिक केन्द्रहरुलाई सुदृढी गर्नुपर्ने मैले महशुष गरेकी छु ।’
उनले सुदूरपश्चिम प्रदेश कला, साहित्य र भाषाको उर्भर भुमि रहेको बताइन् । उनले भनिन्, ‘पहलमान सिंह स्वार, जयपृथ्वी सिंह जस्ता अग्रज श्रष्ठाहरुको अतुल्नीय योग्दानले नेपाली भाषा, साहित्यको शिरवृद्धि भएको छ ।’
उनले मानव जातीको अथक परिश्रम द्धारा सृजत भाषा एक आपासमा संवाद स्थापित गराउने महत्व पूर्ण माध्यम रहेको बताइन् । ‘साहित्य समसामहिक समाजको ऐना समेत हो’ उनले भनिन्, ‘साहित्य र समाजबिचको एक आपसमा अनुन्याश्रित सम्बन्ध हुन्छ । साहित्यले युग युग सम्म प्रभावित पारिरहेको हुन्छ ।’
उनले नेपाली भाषा विश्वको उन्नत भाषाका रुपमा विकास भइरहेको बताइन् । उनले नेपाली भाषा राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्ने एक माध्यम रहेको बताइन् । उनले भनिन्, ‘नेपाली भाषा र साहित्यको सम्बद्र्धनमा राष्ट्रले योग्दान पु¥याउनु पर्दछ ।’
उनले महोत्सव विश्वभरी छरिएर रहेका नेपाली भाषीहरुमा भाषीक तथा भावानात्मक एकता प्रवद्र्धन गर्ने महत्वपूर्ण अवसर रहेको बताइन् । ‘यो महोत्सवले नेपाली भाषा, साहित्य र संस्कृतिको प्रवद्र्धनमा महत्वपूर्ण योग्दान पु¥याउने तथा विश्व मानचित्रमा नेपाल र नेपालीको विशिष्ठ पहिचान स्थापित गर्न समेत सफलता हासिल गर्ने छ’ उनले विश्वास व्यक्त गरिन् ।
उनले साहित्यले समाजका विकृति तथा विसंगतिलाई औल्याउ“दै सदाचार र नैतिकतालाई प्रवद्र्धन गर्ने बताउ“दै भनिन्, ‘असल साहित्य सृजनामा साहित्कार क्रियाशिल हुन जरुरी छ ।’
उनले प्राकृतिक सुन्दरता र वैभव साहित्य सृजनाको महत्वपूर्ण आयाम भएकाले स्वच्छ वातावरण प्रवद्र्धनमा सम्बद्ध निकायको ध्यान जानुपर्ने बताइन् । ‘नेपाली भाषा, संगित, कला, साहित्य, रितिरिवाजका पक्षपोसकहरु विश्वभरी फैलिएर रहेका छन्’ उनले भनिन्, ‘कला, संगित र साहित्यले देशभित्र विभिन्न सम्प्रदाय र समुहलाई एकतामा बा“ध्न सहयोग पु¥्याएको छ ।’