जातिय विभेद छुवाछुदको कारणले बादी समुदायलाई हिजोका दिनमा नाच्ने गाउँने, बजाउने पातर भन्ने गर्थे । आज दलीत समुदायका दाजुभाई दिदी बहिनी पनि बिभिन्न क्षेत्रमा धेरै अगाडी बढ्नु भएको छ । यसले हाम्रा दलीत समुदायका आवाजलाई, दलीत समुदायका विषयलाई एउटा थलोमा ल्याएर त्यसलाई खण्डन गरेर कुन कुराले हामीलाई सफल गर्छ र कुन कुराले विफल गर्छ भन्नका लागि सहज भएको छ ।
मेरो भोगाई छ जति लडे पनि हाम्रो समुदायक कुरा पछाडी नै हुन्छन । जति दलितका मन्त्री हुन, चाहे माननीय हुन, केहि काम गर्न खोजेमा दलितका कुरा तल पर्ने गर्दछन् । म पनि राष्ट्रिय दलीत आयोगको सदस्य भए । त्यहाँ म आफैलाई पनि एउटा स्टेजमा मुर्तीजस्तो बनाईयो । हुने खाने मानिसहरुले हामीले बोलेका कुरालाई सम्बोधन गरेनन् । २१ औं शताप्दिमा लोकतन्त्र गणतन्त्र आयो भन्छन मेरो विचारमा गणतन्त्र आयो तर व्यवहारमा लागु भएको छैन । अहिले ‘काम कुरा एकातिर कुम्लो बोकी ठिमितिर’ जस्तै भएको छ ।
यहि पनि हेर्नसक्नु हुन्छ, दलीतको गाडीमा दुर्घटना होस वा बलात्कारका घटना हुन या झै झगडाका कुरा हुन । यी सबै कुरा मुद्धा बन्दा फरक ढंगले गएको मैले महशुस गर्ने गरेकी छु । गैरदलीतका मुद्धा अलि फरक ढंगले उठाईन्छ । मैले सामाजिक क्षेत्रमा काम गर्दै जाँदा यो कुरा भोगेकी छु । मैले पनि धेरै दलीतका मुद्धालाई शसक्त रुपमा उठाउने प्रयास गरेकी छु तर अझै पनि ति मुद्धा प्रशासनमा जाँदा फितलो भएर जान्छ । राजनीतिक मुद्धा पनि फितलो हुने गर्छन । अब यस्ता मुद्धा फितलो नहोस भन्नका लागि हाम्रा समुदायक जती पत्रकार छन उनीहरुले यी मुद्धालाई कसरी सहजिकरण गर्ने सकिन्छ भन्नका लागि कलमले भुमिका खेल्न जरुरी छ । अव दलीत हिजोको जस्तो दबिने चेपिने होईन ।
२०६८ सालको ऐनमा राष्ट्रपतिबाट छाप लगाएर जातिय विभेद छुवाछुद गर्नेलाई १ हजार देखि ५० हजार जरिवाना र १ बर्ष देखि ६ बर्ष सम्म कैदको व्यवस्था गरेको छ । तर त्यो निती एकातिर व्यवहार एकातिर भएको छ । जातीय बिभेद गर्न पाईदैन छुवाछुद गर्न पाईदैन भन्ने सरकारले निती बनाएको छ । तर हामी जुन ठाउँमा बसेका छौ यहाँ अहिले पनि छुवाछुद गर्ने जातीय विभेद गर्ने, दलीत भनेर होच्याउने काम भईरहेको छ ।
उदाहरण नै भन्ने हो भने एउटा दलीतको कलाकारको कुरा गर्नुहोस् । हाम्रै समुदायमा भएकी देउडा गाईका डिक्रा बादी अहिले पनि दलित भएकै कारण पछाडी परेकी छन । अहिले पनि डिक्रा बादी भनेर मञ्चमा बोलाउन हिचकिचाउन्छन् । यस्तै कारणले हामी पछाडी परेका छौ । अब यस्तो विभेद पूर्ण रुपमा अन्त्य हुनु पर्छ । हिजो राजा रजैटाहरुले हामी माथी दमन गरे उनीहरुले हामीलाई नचाँएका हुन । हामीलाई प्रयोग गरेका हुन । अब भने हामीले स्वतन्त्र रुपमा बाच्न पाउनु पर्छ । स्वतन्त्र रुपमा खान पाउनु पर्छ । अब दलीत समुदायका कुरालाई अगाडी ल्याएर अब मागेर मात्रै होईन खोसेर पनि आफ्ना अधिकार सुनिश्चित गर्नुपर्छ । हाम्रा कला गलाको पनि सम्मान गर्नु पर्छ ।
(सुदूरपश्चिम बादी उत्थान विकास समितिकी अध्यक्ष रमा देवी बादीले क्रियाशील दलित पत्रकार संघ कैलाली शाखाले कैलालीको बल्चौरका बादीको अवस्था बारेमा गरेको अन्तरक्रिया कार्यक्रममा व्यक्त गरेको मन्तव्यको सम्पादित अंश ।)