धनगढी – कैलालीको धनगढीमा ‘विश्व नेपाली साहित्य महोत्सव’ सुरु भएको छ । महोत्सवको बुधबार एक भव्य कार्यक्रमका बिच राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छिन । राष्ट्रपति भण्डारीले पानसमा दियो जलाएर महोत्सवको उद्घाटन गरेकी हुन ।
महोत्सवको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले सुदूरपश्चिम प्रदेश आफैमा सुन्दर भूमि रहेकाले यसको सहि सदूपयोग गर्न सक्नुपर्ने बताए । उनले सुदुरपश्चिमको भाषा , कला , सस्कृति , रहनसहन , पर्यटन लगाएतको यँहाको समर्ग विकासका लागि सरकारको ध्यान जानुपर्ने बताए । आफ्नो लिखित भाषाण पढ्दै राष्ट्रपति भण्डारीले विश्वभरि चिनाउनका लागि सुदूरपश्चिममा पहिलो पटक आयोजना गरिएको साहित्य महोत्सवको सफलताको शुभकामना दिए ।
कार्यक्रममा नेपाल सरकारका उधोग , वाणिज्य तथा आपूर्तीमन्त्री लेखराज भट्टले नेपाल बहुभाषिक , बहुसास्कृतिक देश भएकाले हामीले आ आफ्नो कला , भाषा र सस्कृतिलाई चिन्न सक्नुपर्ने बताए । उनले नेपाली मुल भाषा पनि यसै क्षेत्रवाट उत्पत्ति भएकाले यसबारे थप जानकारी पाउन महोत्सबले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
कार्यक्रममा बोल्दै सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेपाल भ्रमण बर्ष २०२० चलिरहेका बेला सुदुरपश्चिममा भएको यस प्रकारको नौलो कार्यक्रम आफैमा महत्वपुर्ण रहेको बताए । उनले महोत्सबमा सहभागि हुने स्वदेशी तथा विदेशीहरु सबैले सुदुरपश्चिमको भाषा , कला , सस्कृति र यँहाको रहनसहनका बारेमा जानकारी पाउने बताए । उनले महोत्सबको पूर्ण सफलताको शुभकामना दिए ।
कार्यक्रममा पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द , संघिय सांसद नारदमुनी राना , नेपाली कागे्रशका नेता एन पी साउँद , धनगढी उपमहानगरपालिकाका नगरप्रमुख नृप वड लगाएतले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रममा राष्ट्रपति बिधादेवी भण्डारीलाई नागरिक अभिनन्दन गरिएको थियो । महोत्सबमा सहभागिहरुलाई सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष रामलाल जोशीले स्वागत गर्नुभएको थियो भने कार्यक्रम संयोजक यज्ञराज उपाद्यायले धन्यवाद सहित उद्धघाटन समरोहको समापन गरेका थिए ।
सुदूरपश्चिममा पहिलो पटक आयोजना गरिएको ‘विश्व नेपाली साहित्य महोत्सव’ विश्व भरिका नेपाली भाषी लेखक, कवि र साहित्यकारहरुको सहभागिता रहेको छ । सुदूरपश्चिम साहित्य समाजका अध्यक्ष रामलाल जोशीका अनुसार दार्जिलिङ, सिलुगुढी, आसाम, मेघालय, सिक्किम लगायतका ठाउँबाट साहित्यकारहरु आएका छन् ।
‘नेपाली भाषा, नेपाली जाति, नेपाली पहिचान, विश्वलाई जोड्ने कला संस्कृति हो, हाम्रो स्वाभिमान’ भन्ने नारा सहित सुदूरपश्चिमाञ्चल साहित्य समाजको पहलमा आयोजना गरिएको महोत्सव फागुन २० गतेसम्म सञ्चालन हुनेछ ।
महोत्सवमा स्वदेश तथा विदेशमा रहेका २०० भन्दा बढी नेपालीभाषी लेखक, कवि र साहित्यकारको सहभागिता रहेको आयोजकले जनाएको छ । महोत्सवको साहित्य सत्रमा विभिन्न वक्ताले साहित्य र राजनीति शीर्षक अन्तर्गत ‘अन्तरद्वन्द्व कि अन्तरसम्बन्ध’, ‘सङ्घर्ष र सफलताको कथा’, ‘काव्यसभा’ जस्ता प्रस्तुति गर्ने कार्यक्रम रहेको छ ।
साहित्य महोत्सवको अगाडी दिउँसो धनगढीमा बृहत सांस्कृतिक झाँकी निकालिएको थियो । धनगढीको त्रिनगर माविबाट निस्किएको झाँकी बजार परिक्रमा गर्दै धनगढीको पुरानो एयरपोर्टस्थित खुला मञ्चसम्म प्रदर्शन गरिएको हो । झाँकीमा सुदूरपश्चिम प्रदेशका पख्र्यात हुड्के, भुवा, पञ्चेवाजा, सचिया, मुंग्रहुवा, लगायतका नाच सहभागी गराइएको थियो ।
विश्व नेपाली साहित्य महोत्सवलाई लक्षित गरी महोत्सवस्थल परिसरमा खाना महोत्सवको पनि आयोजना गरिएको छ ।