बाजुरा - जिल्लामा रहेका नाँै वाट स्थानीय तहका विभिन्न गाउँ,गाउँमा पुगेर दादुरा–रुबेला बिरुद्धको खोप लगाइने भएको छ । दादुरा–रुबेला राष्ट्रिय खोप अभियान अन्तर्गत बाजुराका १८ हजार २ सय ६ बालवालिकालाई खोप लगाईने भएको स्वास्थ्य कार्यलय बाजुराका प्रमुख तथा बरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले जानकारी दिए ।
दादुरा–रुबेला रोगलाई उन्मुलन पार्नका लागि देशभरी सँगै बाजुरामा पनि चैत १ गते देखी पुरै महिना भरी खोप अभियान सञ्चालन गरिने भएको हो । जन्मेको ९ महिना देखी ५ बर्ष सम्म सम्पुर्ण बालवालिकालाई खोप लगाउने उद्देश्यका साथ अभियान गाउँ,गाउँमा सञ्चालन गर्ने अभियान रहेको स्वास्थ्य कार्यलय बाजुराका प्रमुख पन्तले वताए ।
चैत पहिलो साता देखी दादुरा–रुबेला बिरुद्धको खोप अभियानका लागि पुर्व तयारी भइरहेको छ । प्रत्येक स्वास्थ्य संस्था बाट स्वास्थ्यकर्मी बोलाएर योजना र छलफल चलाइरहेको स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ । अभियान सफल पार्नका लागि स्थानिय सरकार, राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी संस्थाले सहयोग गरिरहेको प्रमुख पन्तले बताए ।
बाजुरा जिल्लामा ८० प्रतिशत बालवालीकाहरुले दादुरा रुबेला विरुद्धको खोप लगाइएको छ भने २० प्रतिशत बालवालीकाहरु अझै खोपबाट बन्चित रहेका उनको भनाई छ । उक्त अभियानमा आफुहरुले ९५ प्रतिशत बालवालीकालाई पोप दिने लक्ष्य रहेको बताए ।
बाजुराका सबै बालवालिकालाई खोप पुयाउनका लागि स्थानीय तहमा रहेका स्वास्थ्य कर्मी शिक्षक, महिला स्वयम सेवक, राजनितक दल, पत्रकार लगायत सरोकारवाल सम्पुण्मलाई परिचालन गरिएको छ ।