अत्तरिया - कैलालीको अत्तरियामा रहेको दुर्गाालक्ष्मी बहुमुखी क्याम्पसका प्रध्यापकहरुले आफ्नो मागलाई वेवास्था गर्दै क्याम्पस प्रशासन एकलौटी ढंगले संञ्चालन भैरहेको बताएका छन् । प्रध्यापकहरुले आईतवार सम्पन्न क्याम्पसको बार्षिक उत्सब समेत बाहिष्कार गरेका छन् ।
प्राध्यापक संघ ईकाई समिति, दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका सभापति बिष्णु बहादुर कठायतले एक प्रेस बिज्ञप्ती जारी गर्दै क्याम्पस प्रशासनले क्याम्पसमा प्रशासनिक तथा शैक्षिक गतिविधीमा छलफल र बहस नगरी एकलौटी ढंगले संञ्चालन गरेको प्रति आपत्ति जनाउदै यस तर्फ आफुहरुको ध्यानाकर्षण भएको बताएका छन् ।
आईतवार सम्पन्न १४ औं वार्षिकोत्सव समापन समारोह कार्यक्रममा प्राध्यापक संघ, ईकाई समितिले मौखिक तथा लिखित रुपमा असहमति भएको कुरा क्याम्पस प्रशासनलाई जानकारी गराउँदा गराउँदै पनि सो सम्बन्धमा छलफल र बहस गर्नुको सट्टा उल्टै एकलौटी ढंगबाट कार्यक्रम संचालन गर्न अग्रसर भएको र निकास दिने सम्बन्धमा क्याम्पस प्रशासनले उदासिनता देखाएको कारण प्राध्यापक संघ ईकाइ समितिको गम्भीर ध्यानाकर्षण भएको जानकारी गराईन्छ ।
तपसिल बमोजिमका समस्याहरुमा क्याम्पस प्रमुखको गैर जिम्मेवारी देखिदै आएकोमा यथाशिघ्र समस्या समाधान गर्नमा गम्भीर भएर लाग्न सचेत गराउँदछौं । अन्यथा भावी परिणामको जिम्मेवार क्याम्पस प्रमुख स्वयं हुनुपर्ने छ बिज्ञप्तीमा भनिएको छ । क्याम्पसमा बेला बेलामा भैरहने अन्तरिक बिवादका कारण बिधार्थीहरुको पढाई प्रभावित हुने गरेको छ ।
यि हुन् समस्याहरुः
१. अपूर्ण समायोजनमा विश्वविद्यालयसँग सम्झौता गरेको,
२. समायोजन पूर्वको प्राध्यापक तथा कर्मचारीहरुको त.भ. भुक्तानी नदिई सम्झौता गरेको,
३. यस क्याम्पसका प्रभावित र वाहिरिएका प्राध्यापक तथा कर्मचारीहरुको हकहित विरुद्धमा सम्झौता गरी गम्भीर त्रुटि गरेको,
४. समायोजन पश्चात समायोजनमा देखिएका समस्या र समाधानका उपाय सम्बन्धमा कुनै पनि पहलकदमी नगरेको र विशेष गरी समायोजनमा घटुवा परेका प्राध्यापक र कर्मचारीलाई नियुक्ति बुझ्न बाध्य गराएको,
५. क्याम्पसको आय–व्यय सम्बन्धमा एकलौटी तरिकाले फजुल खर्चमा जोड दिएको,
६. क्याम्पसमा प्रशासनिक तथा शैक्षिक गतिविधीमा छलफल र बहस नगरी एकलौटी ढंगले प्रशासन संञ्चालन गरेको,
७. प्राध्यापक संघको जायज मागको अवमूल्यन गर्दै प्राध्यापकहरुको अस्तीत्व स्वीकार गर्न नखोजेको,
८. वक्तौता रकम समायोजनको बखतमा मौखिक रुपमा शिध्र भुक्तानी गर्ने छु भनी आश्वासन गरेको तर हाल सम्म पनि कार्यान्वयन नगरेको,
९. प्राध्यापक संघको असहमति पत्र गईसके पछि पनि छलफल र सल्लाहको लागि पहल नगरी एकलौटी ढंगबाट सत्ता र शक्तिको दुरुपयोग गरेकोे,
१०. क्याम्पसका प्राध्यापक तथा कर्मचारीहरुको रोजगार सम्बन्धी प्रतिकूल परिस्थतिमा तामझामका साथ एकलौटी कार्यक्रम संचालन गर्न खोजेको,
११. विगतमा प्राध्यापक संघसँग प्राध्यापक कर्मचारीका हकहति सम्बन्धी भएका लिखित सम्झौताको उलङ्धन गरेको ।
१२. दानदाताको सूचिमा उल्लेखित व्यक्तिको रकम असुलीमा कमीकमजोरी गरिएको ।