कैलाली - धनगढीमा नेतृत्वकर्ता युवा (युथ लिडर) हरु संग लनिङ्ग एण्ड शेयरीङ्ग वर्कसप कार्यक्रम सम्पन्न भएको छ । कैलाली जिल्ला फुटवल संघ र मर्सिकोर नेपालको सहकार्यमा सञ्चालीत जिए (जेनेरेसन अमेजीङ्ग) कार्यक्रम अन्तरगत लनिङ्ग एण्ड शेयरीङ्ग वर्कसप सम्पन्न भएको हो ।
खेलकुद संगै फुटवलको विकासका लागी लागी परीरहहेको कैलाली जिल्ला फुटवल संघले कार्यक्रम लागु भएको पकेट क्षेत्रका २० विद्यालयवाट युथ लिडर, कोच तथा खेलाडीहरुको सहभागी गराइ कार्यक्रमको आयोजना गरिएको थियो । पटवलको माध्यमवाट भएका परिवर्तन र लिडरहरुले सिकेका कुराहरु एकआपसमा साटासाट गर्ने, समस्याहरु माथी छलफल गर्ने, र उनिहरुलाई खेलकुद संगै फुटवल प्रति कसरी आकर्षीत गराउन सकिन्छ भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरीएको मर्सिकोर जिए कार्यक्रमका अधिकृत राममणी चौधरीले बताए ।
कार्यक्रममा वोल्दै प्रमुख अतिथि सुदुरपश्चिम प्रदेशका प्रदेस सभा सदस्य डिल्लीराज पन्तले लिडरहरुले सिकेका कुरा ब्यवहारमा उतार्न र गाउँगाउँमा पुगेर आफुजस्तै युवाहरुलाई सिकाउन आग्रह गरे । आजका वालवालीका भोलीका कर्णदार हुने भएकाले उनिहरुको इच्छा आंकाक्षाको उच्च मुल्याङकन गर्दै खेलकुदको माध्यमवाट राम्रो जनशक्ति उत्पादन गर्न सकिने तर्फ जोड दिए । खेलाडी तथा लिडरहरु आफैमा योग्य र क्षमतावान हुने भएकाले पनी समाज परिवर्तनमा ठुलो भुमीका खेल्न सक्ने बताए ।
खेलाडी भएको समाज आफैमा अनुसासीत र लगनशिल हुने भएकाले पनी समाजमा नेतृत्व गर्न सक्ने जनशक्ति पैदा गर्न केलाली जिल्ला फुटवल संग र मर्सिकोरको जिए कार्यक्रमले गरेका काम प्रशंसनिय रहेको बताए । खेलाडी तथा युवाहरुको ब्यक्तित्व विकासका लागी सरकारलाई युवामैत्रि कार्यक्रम ल्याउन आफुहरुले जोड दिएको उनले धारणा राखे ।
त्यस्तै कार्यक्रमका सभापती कैलाली जिल्ला फुटवल संघका अध्यक्ष मोहीत कुमार शाहले गाउँस्तरबाट नै फुटवल खेलाडी उत्पादन गरेर राष्टको विकासका लागी सानो पहल थालेको बताए । विशेष गरी मर्सिकोरको जिए कार्यक्रमले धेरै युवा तथा वालवालीकामा परिवर्तन ल्याउनुका साथै फुटवल प्रतिको चाहाना वढाएको उनको भनाई छ ।
उनले फुटवलको माध्यमवाट युवा तथा वालवालीकालाई दुब्र्येवसनीवाट वचाउने, सक्षम खेलाडी वनाउने, स्थानीय स्तरमा नेतृत्व गर्नसक्ने वनाउने लगायत थुप्रै परिवर्तन भएको बताए । कार्यक्रममा कैलाली जिल्ला खेलकुद विकास समितीका सदस्य, ओम विक्रम चन्द, पहलमानपुर, सुखड, जुगेडा तथा फुलवारीका २० विद्यालयवाट २ सय जना युथ लिडहरुको सहभागीता रहेको थियो ।