अत्तरिया - कैलालीको गोदावरी नगरपालिका वडा नं १ अत्तरियामा रहेको मल्सिमी एकेडेमीले आफ्नो तेस्रो बार्षिक उत्सब तथा अभिभावक दिवस भब्यताका साथ मनाएको छ । बिधार्थीहरुमा गुणस्तरिय शिक्षा प्रदान गरी चरित्रवान , कर्मठ र आर्दश मानव बन्न सक्ने सचेत नागरिक बनाउने उद्देश्यका साथ २०६७ सालमा साईनिङ डायमण्ड इङलिस बोर्डिङ स्कूलका नामवाट स्थापना भएको एकेडेमीले आफ्नो बार्षिक गतिबिधि प्रस्तुत गर्दै बिबिध सास्कृतिक कार्यक्रमका साथ आज बार्षिक उत्सब मनाएको हो ।
बिधालयका अध्यक्ष डमरु देव भट्टको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा गोदावरी नगरपालिका वडा नं १ का वडा अध्यक्ष एबम् नगर प्रबक्ता शर्मानन्द भट्ट प्रमुख अतिथी रहनुभएको थियो । कार्यक्रममा समाजसेवी गोपाल दत्त भट्ट र अत्तरियाका ब्यबसायी नैन सिं कार्की बिशिष्ट अतिथी रहनुभएको थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथी वडाअध्यक्ष भट्टले शिक्षा बिनाको जिवन सधै अधुरो रहने बताए । उनले पछिल्लो समय गोदावरी नगरपालिका वडा नं १ ले शिक्षा क्षेत्रमा ठूलो फड्को मारेको बताए ।
'अहिले गोदावरी नगरपालिका वडा नं १ का शैक्षिक गतिबिधिहरु बढ्दै गइरहेका छन् , शैक्षिक गतिबिधिसंगै शिक्षामा फड्को मारिरहेको यस बडा नं १ मा मात्रै निजि तथा सामुदायिक गरि अहिले १६ वटा बिधालयहरु स्थापना भैसकेका छन् ' वडा अध्यक्ष भट्टले भने । उनले समर्ग गोदावरी नगरपालिका भित्र बिधालयहरु खुल्नेक्रम बढ्दै गइरहेका बेला प्रतिस्पर्धा आफ्नो ठाँउमा भएपनि नगरपालिकामा शिक्षा क्षेत्रको विकासका लागि सम्पूर्ण बिधालयहरु एक जुट हुन आवश्यक रहेको बताए ।
उनले जनप्रतिनिधिहरु आएपछि अहिले थुप्रै बिकास निर्माणका कामहरु अगाडी बढेको बताए । कार्यक्रममा बिधालयको बार्षिक गतिबिधि र आगामी योजनाहरु बिधालयका प्रिन्सिपल धर्मदेव नौन्यालले प्रस्तुत गर्नुभएको थियो । उनले थुपै चुनौतिका बाबजुत स्थापना भएको बिधालयलाई अगाडी बढाउन सहयोग गर्ने सम्पूर्णमा धन्यवाद दिए । बिधालय स्थापना गरेर मात्र नहुने बताउदै उनले बिधालयमा अध्ययन गर्ने बिधार्थीलाई चरित्रवान , कर्मठ र आर्दश मानव बन्न सक्ने खालको ब्यवाहारीक शिक्षा प्रदान गर्नु आजको आवश्यकता रहेको बताए ।
उनले मल्सिमी एकेडेमीले पनि यहि उध्ेश्यलाई आत्मसाथ गर्दै अगाडी बढिरहेको बताए । दशकौ लामो शैक्षिक यात्रा र अनुभव बोकेका संचालकहरुले संचालन गरिरहेको यस बिधालयले पछिल्लो समयमा देखिएको अस्वस्थ प्रतिस्पर्धालाई तोडेर अभिभावकको पारदर्सिताका साथ बिधार्थीलाई खेल , सास्कृतिक , सहित्यीक, सामाजिक , कलाकारिता , योगा र शैक्षिक यात्रामा अगाडी बढाउदै स्थानिय , स्रोत केन्द्र स्तरिय , जिल्ला स्तरिय , प्रदेश स्तरिय हुदै राष्ट्यि स्तरका प्रतियोगितामा सहभागिता गराउने उध्ेश्य रहेको उनले बताए ।
उनले अभिभावकको शिरलाई झुक्न नदिइ बिधालयले समय सुहाउदो शिक्षालाई प्राथमिकता दिने समेत बताए । अहिले कक्षा ८ सम्म पढाई हुने उक्त बिधालयमा आगामी शैक्षिक सत्र २०७७ देखी कक्षा ९ पनि संचालनमा आउने उनको भनाई छ । साथै गरौ योग रहौ निरोग भन्ने बिचारलाई मध्यनगर गर्दै आगामी शैक्षिक सत्रवाट प्रत्येक कक्षामा योगा बिषय अनिवार्य बनाइ पठन पाठन गराउने योजना रहेको समेत उनले जानकारी गराए ।
कार्यक्रममा बिधालयलाई स्थापना कालदेखी नै महत्वपुर्ण सहयोग गरेको भन्दै अत्तरियाका ब्यबसायी नैन सिं कार्की र कल्यान सिं बोहरालाई सम्मान पत्रले सम्माननित गरिएको थियो । साथै बार्षिक उत्सब कार्यक्रममा चर्चित लोकपप गायक सुरेश चोखाल र देउडा गायक सुरेन्द्र संगमले आफ्ना प्रस्तुति मार्फत सहभागीहरुलाई मनोरञ्जन प्रदान गरेका थिए भने बिधार्थीहरुले पनि आ आफ्ना प्रस्तुतिहरु राखेका थिए ।
नर्सरी देखी कक्षा ८ सम्म पढाइ हुने मल्सिमी एकेडेमीमा हाल २१२ बिधार्थीहरु अध्यनतर रहेका छन् । कक्षा ८ मा अध्यनतर बिधार्थी आयुष भट्टले स्वागत मन्तब्य राखेको कार्यक्रमको संचालन शिक्षक त्रिलोक पनेरुले गरेका थिए ।