काठमाडौँ — सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटा सेक्यूरिटी प्रेस खरिदका क्रममा प्राप्त हुने कमिसन सम्बन्धी विवादमा मुछिएका छन् । लेखा समितिमा छानबिनका क्रममा रहेको विषयसँग सम्बन्धित अडियो बिहीबार सार्वजनिक भएको हो ।
‘हाम्राकुरा डटकम’ लगायत अन्य डिजिटल प्ल्याट फर्ममा घुसको अडियो र त्यस क्रममा गरिएको संवादको विवरण सार्वजनिक भएको छ ।
सेक्यूरिटी प्रेससँग सम्बन्धित एक प्रतिनिधी विजयप्रकाश शर्मा मिश्रसँगको कुराकानीका क्रममा मन्त्री बाँस्कोटाले आफ्नो कार्यकक्षमै बोलाएर कमिसनको अंकबारे सांकेतिक कुराकानी गरेका हुन् । भ्रष्टाचार निवारण ऐनले कमिसनलाई घुस मानेको छ र सार्वजनिक पदमा बस्नेले कमिसनको लेनदेख गर्नु भ्रष्टाचार मानिने उल्लेख छ ।
अडियो कुराकानी अनुसार, मन्त्री बाँस्कोटाले ७० करोड रुपैयाँको कमिसनमा डिल गरेका छन् । उनले कमिसन बढी हुने उपायका बारेमा सल्लाह गरेका छन् । ७० देखि ७५ करोड रुपैयाँ कमिसन आउँदा त्यसको ७० प्रतिशत रकम मन्त्रीलाई हुने कुराकानीमा स्पष्ट सुनिन्छ । हाम्राकुरा डटकममा राखिएको अडियो अनुसार मन्त्रीको जिज्ञासा मेट्ने क्रममा त्यो अंक करिव ५५ करोड रुपैंयाँ हुने बताइएको छ ।
मन्त्री बास्कोटा र स्वीस कम्पनीकास्थानीय एजेन्ट मिश्र शर्माबीच भएकको संवाद ः
विजय प्रकाश मिश्र शर्मा – यो १२ गते १२ बजेपछि स्वीस एम्बेसीआउँछ। स्वीस एम्बेसीले बोलाएर आउँछ तपाईंले बोलाएर आउने हैन
मन्त्री गोकुल बाँस्कोटा – ह...
विजय प्रकाश मिश्र शर्मा – सकेसम्म एमओयू गर्ने किभन्ने हिसाबले आउन थालेको छ । तपाईंहरुको (कार्यक्रमको बारेमा एम्बेसडरले छुट्टै कुरा गर्न चाहेको छ ।
मन्त्री गोकुल बाँस्कोटा – ठीक छ ।
विजय प्रकाश मिश्र शर्मा – त्यसका लागि तपाईंले टाइम मिलाइदिनुर्पयो।
मन्त्री गोकुल बाँस्कोटा – मिलाइदिन्छु ।
विजय प्रकाश मिश्र शर्मा –त्यसका लागि (कमिसनका लागि) हामी आउट अफ ट्रयाक जाने कि ? तपाईंले भनेअनुसार नै गर्ने लु भन्नुस ।
मन्त्री गोकुल बाँस्कोटा – अब । क्यापासिटीको कुरा ।
विजय प्रकाश मिश्र शर्मा – कुरा चाहिँमैले राखेको छु उनीहरुलाई ।
मन्त्री गोकुल बाँस्कोटा – उनीहरुलाई नर्मलमा ५० भन्ने ?
विजय प्रकाश मिश्र शर्मा – त्यसमा नर्मलमा
मन्त्री गोकुल बाँस्कोटा – उनीहरुले कति निकाल्छन ?
विजय प्रकाश मिश्र शर्मा – यस्को टोटलको पर्सेन्ट निकाल्ने हो ।
मन्त्री गोकुल बाँस्कोटा – टोटल कति निस्कन्छ त्यो हेरौं ।
विजय प्रकाश मिश्र शर्मा – केही न केही त भइराछ त्यहीबेसमा जाने हो । बेसचाहिँ तपाईंहरुको उस मै जाने हो हामी ।
मन्त्री गोकुल बाँस्कोटा – सकेसम्म २५ देखि २७ अर्बमा सकाउन पाए हुन्थ्यो । मानौं २५ निस्क्यो भने कति हुन्छ ?
विजय प्रकाश मिश्र शर्मा – ७० जति आउला कि ! आउट अफ ट्रयाक नजाँदा ७० जति आउला कि ।
मन्त्री गोकुल बाँस्कोटा – तपाईंलाई के गर्छन ? छुट्टै गर्छन ?
विजय प्रकाश मिश्र शर्मा – टोटल ७४ जति आउँछ भन्ने हाम्रो अनुमान छ । यसमा ७० प्रतिशत तपाईंहरुलाई दिने हो, हामीले ३० प्रतिशत राख्ने हो । यो एकदमै ट्रान्सप्यारेन्ट हुन्छ ।
मन्त्री गोकुल बाँस्कोटा – त्यो भनेको कति हुन्छ ?
विजय प्रकाश मिश्र शर्मा – ५४ देखि ५५ करोड तपाईंहरुलाई दिने १५ देखि १६ हामीले राख्ने । (हामीले पनि त अलि अलि राख्नुर्पयो नि । आउट अफ ट्रयाक गइयो भने...
मन्त्री गोकुल बाँस्कोटा – अनि यो कर्मचारीसँग कस्ले कुरा गर्छ नि ?
विजय प्रकाश मिश्र शर्मा – त्यो कुरा तपाई गर्नुस ।
मन्त्री गोकुल बाँस्कोटा – एउटा के नगर्नु भने यी मु...कर्मचारीलाई यस्तो कुरा गर्न लाग्यो भने (यिनले हेप्छन् । त्यसकारण यो कुरामा तपाईं आफै लाग्नुस । कुरा बुझ्नुभो..
विजय प्रकाश मिश्र शर्मा – त्यसो भए म आफै लाग्छु । उसले त बनाएर राखिसकेको छ ।
मन्त्री गोकुल बाँस्कोटा – त्यो मु..ले बनाएको त ३५ अर्बको छ । अब यता २७ अर्ब निस्क्यो भने २८ अर्बको बनाउनुस् ।
‘हाम्राकुरा डटकम’ ले सार्वजनिक गरेको अडियो