अत्तरिया - निजी हुन वा सरकारी, जुनसुकै संघ सस्थाले पनि स्थापना भएको बर्ष देखि प्रत्येक बर्ष आफ्नो बार्षिक उत्सब मनाउने गर्दछन् । मानिसले आफ्नो जन्मदिन मनाए जस्तै संघसंस्थाले पनि आफ्नो संस्था स्थापना भएको अवसरमा सस्थाको बार्षिक प्रगती सार्वजनिक गर्नुका साथै खुसीयाली साटासाट गर्न बार्षिक उत्सहरु मनाइरहेका हुन्छन् ।
विशेष परिस्थितिमा संघसस्थाले मनाउने बार्षिक उत्सव कार्यक्रम रोकिए पनि अन्य अवस्थामा भने संघसंस्थाहरुले नियमित रुपमा नै बार्षिक गतिबिधिहरुलाई समेटेर कार्यक्रमहरु गर्ने गरेका छन् । त्यसमा पनि विद्यालयहरुले आफ्नो बार्षिक गतिबिधि, बर्षभरीका उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्न पछिल्लो समय नियमित रुपमा बार्षिक उत्सव मनाईरहेका हुन्छन । तर कैलालीमै एक विद्यालयले भने स्थापना भएको २५ बर्ष पछि आफ्नो पहिलो बार्षिक उत्सब मनाएको छ ।
गोदावरी नगरपालिका वडा नं १० खमौरामा २०५१ सालमा स्थापना भएको घण्टेश्वर मन्दिर आधारभूत विद्यालयले बुधवार आफ्नो प्रथम बार्षिक उत्सब मनाएको हो । स्थापना कालदेखी नै बिधालयमा सहि नेतृत्वकर्ताको अभावका कारण बिधालयको अबस्था माथि बढ्नुको सट्टा तल खस्किएको हो । बिधालय ब्यबस्थापन समितिका अध्यक्ष सुरेन्द्र बिक्रम खत्रीले बिबिध कारणले बिधालयलाई साचे जस्तो अगाढी बढाउन नसकिएको बताए ।
उनले गरिब , निम्न आयस्तर भएका , शिक्षाको क्षेत्रवाट बञ्चित भैरहेकाहरुलाई शिक्षाको पहुँच सम्म पुञ्याउनका लागि स्थापना भएको बिधालयमा स्थापना कालदेखी बिभिन्न कठिनाइहरु आएपछि समस्या भएको बताए । उनले पूर्व ब्यबस्थापन समितिका पदाधिकारीहरुले बिधालयलाई अगाडी बढाउनका लागि थुप्रै प्रयासहरु गरेपनि सफल हुन नसक्दा बिधालयको अबस्था यस्तो भएको बताए । सो बिधालयमा मुख्य चुनौति भनेको बिधार्थीहरुको अभाव रहेको अध्यक्ष खत्री बताए ।
उनले बिधालयमा आवतजावत गर्नका लागि बिचमा पर्ने दुधे खोलामा पुल नहुदा जति आउनुपर्ने हो त्यति बिधार्थीहरु बिधालयमा आउन नसकेको जानकारी गराए । उनले अहिले भने थुप्रै संघसंस्थाहरुवाट सहयोगहरु जुट्दै गएकाले अब भने बिधालय सहि दिशामा अगाडी बढाउन सकिन्छ की भन्ने आशा पलाएको बताए । बिधालय ब्यबस्थापन समितिका अध्यक्ष सुरेन्द्र बिक्रम खत्रीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा गोदावरी नगरपालिकाका नगरप्रमुख हरि सिं साउँद प्रमुख अतिथी रहनुभएको थियो ।
कार्यक्रममा बिशिष्ट अतिथी गोदावरी नगरपालिकाकी उप प्रमुख रत्ना कडायत र वडा नं १० का वडा अध्यक्ष रविन्द्र शाही रहनुभएको थियो । कार्यक्रममा बोल्दै नगरप्रमुख साउँदले बिधालय सबैलाई आवश्यक पर्ने संस्था भएकाले यसलाई बनाउनु समाजका सबैको दायित्व रहेको बताए । उनले अहिले गोदावरी नगरपालिकाले पनि विकास निर्माणका कामलाई मात्र नभएर नगरभित्र शिक्षा ,स्वास्थ्य ,कृषि , सिपमसलक र रोजगार मुलक कार्यक्रमहरुलाई पनि प्राथमिकता दिएर काम गरिहरेको बताए ।
'मैले यो स्कूललाई धेरै नजिकवाट बुझेको छु , यहाँका धेरै समस्याहरु मैले पहिले देखिनै देखेको छु' नगरप्रमुख साउँदले भने - 'अब हामीले एक जनाले दुई जनाले गरेर मात्र यसको गुणस्तर सुधार गर्न सक्दैनौ , हामीले लगानी गरिदिन्छौ तर त्यसको रेखदेख संरक्षण र सम्बद्धन गर्ने जिम्मा त तपाईहरुको हो नि ।'
उनले अहिले धेरै जसो बिधालयमा ब्यबस्थापन समिति गठन भैरहेकाले बिधालयको शैक्षिक गुणस्तर सुधार्नमा ब्यबस्थापन समितिले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । खोलामा पुल नहुदा समस्या भैरहेको सुनेपछि नगरप्रमुख साउँदले सो खोलामा झोलुङ्गे पुल निर्माण गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा बोल्दै उप प्रमुख रत्ना कडायतले उनले गोदावरी नगरपालिका भित्र रहेको पुरानो बिधालयलाई सक्रियताका साथ अघि बढाउन नगरपालिकाले काम गर्ने बताइन् ।
उनले बिधालयको पठनपाठन र बिधार्थीहरुको क्षमता अभिबृद्धि गर्नका लागि सबै भन्दा पहिले अभिभावकहरु सचेत बन्नुपर्ने बताइन् । 'हामी नयाँ घर बनाउदा पहिले त्यो घरको जगलाई बलियो बनाउन तर्फ लाग्छौ' उनले भनिन् - ' हो त्यसैगरि हाम्रो सम्पति हाम्रा बालबालिकाको जग बलियो भएपछि मात्रै भबिष्य राम्रो हुन्छ भन्ने तर्फ सबै अभिभावकहरुले ध्यान दिन अतिनै आवश्यक रहेको छ । '
उनले शिक्षित मान्छे र शिक्षित समाज सधै सभ्य र सस्कारी हुने भएकाले सबैलाई शिक्षाको पहुँचमा ल्याउनका लागि नगरपालिकापनि लागि रहेको बताइन् । फरक प्रशंगमा उनले अहलिे जनप्रतिनिधिहरु आइसकेपश्चात गाँउघरमा बिभिन्न खाले बिकास निर्माणका कामहरु अगाडी बढिरहेकाले ति कामहरु प्रति नगरबासीहरु चनाखो हुनुपर्ने बताइन् ।
उनले नगर र वडामा भैरहेका विकासका काममा सबै वडाबासी , नगरबासीलाई आ आफ्नो तर्फवाट निगरानी र खबरदारी गर्न आग्रह गरिन् । कार्यक्रममा वडा नं १० का वडा अध्यक्ष रविन्द्र शाहीले जनप्रतिनिधिहरु नहुदाँको समयमा थुप्रै समस्यामा रहेको घण्टेश्वर मन्दिर आधारभूत विद्यालयमा अहिले भने थुप्रै परिर्वतन भएको बताए ।
उनले आफुले वडाका तर्फवाट बिधालयका लागि गर्न सकिने सम्पुर्ण सहयोग गरी रहेको बताए । 'अहिले बिधालयमा ट्रस्ट लगाएका छौ , शिक्षकहरुको नियमित उपश्तिथीका लागि ई हाजरी जडान गरेका छौ , खानेपानी र शौचालयको सुबिधा थपेका छौ वडा अध्यक्ष शाहीले भने - 'वडावाट गर्न सकिने सम्पुर्ण सहयोग मैले गरेको छु ।'
नजिकै रहेको घण्टेश्वर मन्दिरको नाममा स्थापना भएको घण्टेश्वर मन्दिर आधारभूत विद्यालयमा हाल कक्षा ५ सम्म पढाइ हुने गरेको छ भने १ सय ३ जना बिधार्थीहरु मात्रै अध्यनरत रहेका छन् । बिधालयमा ३ जना राहत कोटा , २ जना निजि स्रोत र २ बालविकासका शिक्षकहरु रहेका छन् भने १ जना कार्यालय सहयोगी रहेका छन् ।