धनगढी – नेपाल आईस चौथो सुदुरपश्चिम अन्तराष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको चौथो संस्करणमा दर्शकलाई दैनिक मोबाईल उपहार दिईने भएको छ । फागुन ९ गतेदेखि फागुन २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको प्रत्येक दिन टिकट काटेर आउने दर्शकलाई मोबाईल उपहार दिईने भएको हो । खेल हुने ११ दिनमा टिकट काटेर आउने दर्शकहरुलाई लक्की ड्र मार्फत एक जनालाई झण्डै १३ हजार ५ सय वरावरको मोवाईल उपहार स्वरुप दिईने भएको हो । फागुन ९ गतेदेखि फागुन २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको प्रत्येक दिन टिकट काटेर आउने दर्शकलाई मोबाईल उपहार दिईने भएको हो ।
सुदुरपश्चिम–११ स्पोर्टस क्लबको आयोजनामा धनगढी रंगशालामा आयोजना हुने गोल्डकपको टिकट काटेर खेल हेर्ने दर्शकहरुलाई तीन महिनाको ईन्टरनेट फ्रि पनि हुने भएको छ । खेल हेर्न गएको टिकटको अर्धकट्टी लगेर जाने दर्शकलाई वराही नेटले तीन महिनाको छुट दिने भएको हो । धनगढीकमा ईन्टरनेट सेवा दिईरहेको वराही नेटले टिकट काटेका सवै दर्शकहरुलाई तीन महिनाको छुट सहितको ईन्टरनेट सुविधा दिने भएको हो । आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लबका अध्यक्ष सुरेश हमालले मोवाईल उपहार दिने र तीन महिनाको ईन्टरनेट फ्रि गर्ने विषयमा सम्झौता भईसकेको जानकारी दिनुभयो ।
प्रतियोगितामा दुई विदेशी सहित १२ टिम सहभागी हुनेछन् । प्रतियोगिताको विजेतालाई २१ लाख १ रुपैया तथा उपविजेतालाई १० लाख १ रुपैँया, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लबका महासचिव प्रकाश शाहीले जानकारी दिनुभयो । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई मोटरसाईकल, विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५÷१५ हजार र प्रत्येक खेलको म्यान अफ दि म्याचलाई १०÷१० हजार पुरस्कार प्रदान गरिने छ ।
१ करोड ५० लाख खर्च लाग्ने अनुमान गरिएको प्रतियोगितालाई दैनिक १० हजार दर्शकले प्रत्यक्ष तथा दुई करोड मानिसले अप्रत्यक्ष रुपमा प्रतियोगिताबारे जानकारी पाउने आयोजकले दावी गरेको छ । प्रतियोगिताको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टस एचडी (डिस) होमले गर्ने छ । गत संस्करणमा रुस्लान थ्री स्टार क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लबले उपाधि जितेको थियो । प्रतियोगिताको माध्यमले सुदूरपश्चिमको समग्र विकास र खेल पर्यटनको विकास गर्ने उद्देश्यले अघिल्लो चार वर्षदेखि थालिएको प्रतियोगितालाई भव्य रूपमा सम्पन्न गर्न सबैको सहयोग आवश्यक रहेको अध्यक्ष हमालले बताए ।
चौधरी गुप्रको सिजी व्रोअरीको उत्पादन नेपाल आईसको मुख्य प्रायोजन रहने प्रतियोगिताको सह–प्रायोजकमा नेपाल टेलिकम, प्रायोजकमा ग्लोवल आईएमई वैंक, एभरेष्ट एकेडेमी, दिनेश सोप र सगरमाथा सिमेन्ट रहेको छ । त्यसैगरी हस्पिटल पाटर्नरमा कैलाली हस्पिटल, ईन्सुरेन्स पाटर्सरमा मेटलाईफ रहेको छ । सुदुरपश्चिम खप्तड गोल्डकप सुदूरपश्चिम प्रदेशका हुने एक मात्रै गोल्डकप हो । ‘सुदूरपश्चिम प्रदेशको पहिचान, फुटवल विकासको अभियान’ भन्ने नारा सहित सुदुरपश्चिम ११ स्पोर्टस क्लबले विगत चार वर्षदेखि गर्दै आयोजना गर्दै आएको छ ।