चुरे (बयाला )-
सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकारको दुई बर्षे कार्यकाल सफल भएको बताएका छन् । मुख्यमन्त्रीको रुपमा सपथ लिएको दुई बर्ष समय भएको भएपनि बिगतको लामो समय देखी अस्थिर बनेको राज्य संरचनालाई नयाँ ट्र्याकमा ल्याउन अझै समय लाग्ने उनको भनाई छ ।
सोमबार चुरे गाउँपालिका ६ मा रहेको मेलकटेस्वर माध्यामिक बिधालयको ५९ औँ वार्षिकोत्सब कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । मुख्यमन्त्री भट्टले यो ब्यबस्था मन नपराउनेहरुले ब्यबस्थाका बिरुद्ध आवाज उठाउन थालेकाले जनता सतर्क हुनु पर्ने बताए । 'संघियता र प्रदेश सरकारको काम छैन, गाउँ गाउँमा सिंह मात्रै आए दरबार आएन भनेर कु प्रचार गरिन थालिएको छ,' उनले भने - 'यि सबै कुरा ब्यबस्थाका बिरुद्द प्रहार गर्न खोजिएको छ।'
उनले यो ब्यबस्था ठिकै छैन भनेर जनतामा भ्रम छर्न खोजिएको आरोप लगाए । 'दुई बर्षको कार्यकालमा के हुन्छ र तर पनि हामी केही गर्न खोजिरहेका छौं,' मुख्यमन्त्री भट्टले भने - 'दुई बर्षमा नै धेरै कुरा हुँदैन, बर्षौ देखी नभएका कुरा दुई बर्षमा खोजेर पाइँदैन।' उनले बिकास भन्ने कुरा सरकारले मात्रै गरेर नहुने त्यसमा जनताको पनि साथ चाहिने बताए ।
बिकासको कुरामा राजनितिक दलहरु एक ठाउँमा नउभिएसम्म बिकास सम्भब नहुने उनको भनाई छ । मुख्यमन्त्री भट्टले प्रदेश सरकार शिक्षा, स्वास्थ्य,कृर्षी,भौतिक पूर्बाधार,पर्यटन क्षेत्रको बिकासका लागी योजनाबद्ध रुपमा अगाडी बढेको बताए । उनले बिगतको बिग्रेको संरचनालाई एउटा गतिमा लैजान केही समय लाग्ने समेत जिकिर गरे ।
'अब बलियो केन्द्र, प्रदेश र स्थानिय सरकार बनेको छ, राजनीतिक स्थायित्व बनेको छ अब यही सरकारले बिकासमा गति लिन्छ,' उनले भने - 'एउटै पार्टीको मजुबत सरकार बनेको छ अब जनताको साथ चाहियो, तपाईंहरुपनी बिकासको कुरामा सरकारलाई साथ दिनुहोस।'उनले अब सुदुरपश्चिममा बिकास भएन वा सरकारले गरेन भन्ने बहाना सकिएको बताए । उनले भने - अब तपाईंहरुको ठाउँको बिकास प्रदेश सरकारले गर्नेछ तर केही समय पर्खौं ।