अत्तरिया – एउटा भनाई छ ‘हुने बिरुवाको चिल्लो पात’ । यो भनाईलाई यथार्तमा उतार्दै आज अत्तरियामा २ बालबालिकाले आफ्नो प्रतिभा प्रस्तुत गरे । एउटा यस्तो काम गरेर देखाए जुन काम एक वयस्क वा पाको मान्छेले पनि सायदै गर्न सक्छन् । ति दुई प्रतिभावान बालक थिए, ८ बर्षका सान्वी मडौ र सिदार्थ राज सिंह ।
३ कक्षामा पढ्ने दुवै सांसद प्रमुख अतिथि रहेको विद्यालयको बार्षिकोत्सव कार्यक्रमको यसरी संचालन गरे जसको प्रसंसा नगर्ने सायद कोहि थिएनन् । कार्यक्रममा प्रमुख अतिथि रहेकी प्रदेश सांसद चुन कुमारी चौधरीले नै आफ्नो १४ मिनेट लामो भाषणमा आधा समय ति बालबालिकाकै प्रसंसा गर्नमै खर्चिन । ‘मैले यति लामो समय सम्म राजनीति गरे, सामाजसेवामा लागे दर्जनै कार्यक्रममा गए तर मैले यति धेरै प्रतिभा भएका बालक कहि पनि देखेन ।’ सांसद चौधरीले भनीन् –‘म यि बालबालिकालाई कहिले पनि बिर्सन सक्दैन् होला यो मेरो जिवनको लागि अवस्मरणिय हुने छ ।’
उनले हरेक कामको लागि शिक्षक आवश्यक भएकोले शिक्षाले मानिसलाई कति सम्म परिपक्क बनाउन सक्छ भन्ने उदाहरण कार्यक्रम संचालन गर्ने २ जना बालबालिकाले प्रष्ट पारेको बताईन् । ‘हेर्दा ५/६ बर्षका जस्ता देखिन्छन तर मैले आज सम्म यति धेरै कार्यक्रममा गए, कार्यक्रम संचालन गरेका अन्य संग तुलना गरे मैले यि दुई बालबालिकामा कुनै कमि पाएन् ।’ उनले भनीन् – ‘यो बालबालिका भित्र भएको प्रतिभा बाहिर ल्याउन शिक्षकको ठुलो भुमिका छ ।’
कार्यक्रमको संचानल गरेका २ बालबालिकाको कार्यक्रम संचालन गर्ने प्रतिभा देखेर जो कोहि पनि आचर्य चकित थिए । कार्यक्रममा बोल्दै जनकल्याण माविका संचालक योगेन्द्र हमालले यति साना बालबालिकाले यति ठुलो कार्यक्रम संचालन गरेको पहिलो पटक देखेको बताए । उनले बालबालिलाई सहि दिशानिर्देशन गर्न सके यति धेरै काम गर्न सक्छन भन्ने कुराको सिकाई आफूले पाएको बताए । उनले कार्यक्रम संचालन गर्दा गर्दै बालबालिकाको प्रतिभाको सम्मान गर्दै व्यक्तिगत रुपमा पुरस्किृत समेत गरे । कार्यक्रममा बोल्दै सामाजसेवी लोक राज पाण्डेले पनि बालबालिकाको मुक्त कण्ठाले प्रसंसा गरे । कार्यक्रममा बोल्ने अधिकान्स व्यक्तिले अधिकान्स समय बालबालिकाकै प्रसंसा गर्नमा खर्चेका थिए । कार्यक्रम संचालन गरिरहेका बालबालिका यति दृढ विश्वासका साथ कार्यक्रम चलाईरहेका थिए कि कुनै परिपक्क मान्छे भन्दा कम थिएन ।
कसरी सम्भव भयो बालबालिकाले कार्यक्रम सञ्चालन गर्न
विविध सभा, समारोह वा सांस्कृतिक कार्यक्रम या बार्षिक उत्सवका कार्यक्रम हुन सबै भन्दा पहिले बोल्ने वा कार्यक्रमको बारेमा क्रमबद्ध रुपमा दर्शक वा श्रोतालाई जानकारी गराउने व्यक्तिलाई कार्यक्रम संचालक वा उद्घोषक भनिन्छ । यसको लागि बिशेष क्षमता चाहिन्छ । बिषेश क्षमता चाहिने भएकाले अधिकान्स विद्यालयमा भएका बार्षिक उत्सव कार्यक्रम बिशेष गरेर शिक्षकले संचालन गरेको देखिन्छ । कार्यक्रममा सांसदलाई आमन्त्रण गरिएको कार्यक्रम र सैयौ अभिभावक र दर्शकको सहभागिता रहेको कार्यक्रम खल्लो नहोस भन्नका लागि थुपै तयारी विद्यालयहरुले गर्छन ।
तर किड्स जोनका संचालक मदन जोशीले भने आफ्नो विद्यालयको बार्षिक उत्सवमा केहि नयाँपन दिने सोच बनाए । उनले आफ्नौ विद्यालयका बालबालिकालाई कार्यक्रम संचालन गर्न लगाउने सोच बनाए । ४ कक्षा सम्म मात्रै अध्यापन हुने उनको विद्यालयमा त्यो सोच पुरा गर्न साना बालबालिकाले सक्छन वा सक्दैनन् भन्ने चुनौती भएपनि उनले अठोट गरे । ‘मैले जिवनमा ७/८ बर्षका बालबालिकाले कार्यक्रम संचालन गरेको कहि पनि देखेको थिएन् ।’ उनले भने ‘सायद यो नै नयाँ प्रयोग हुन सक्छ भन्ने सोच बनाएर १ हप्ता अगाडी उद्घोषक छनोट गर्ने प्रतियोगिता गरे, जसबाट २ जनालाई छनोट गरे, १ हप्ता सिकाएपछि कार्यक्रम संचालन गर्न सक्छन भन्ने विश्वास लाग्यो ।’
उनले आफूले अपेक्षा गरेको भन्दा पनि राम्रो गरी कार्यक्रम संचालन गरेको पाएको बताए । ‘अब मैले यति सम्म भन्न सक्छु यि बालबालिकाले जस्तो सुकै कार्यक्रम पनि चलाउन सक्छन ।’ उनले भने –‘कार्यक्रम यति राम्रो संग बालबालिकाले चलाउन्छन र यति धेरै प्रसंसा बालबालिकाको हुन्छ भनेर मैले सोचेकोे पनि थिएन् ।’ उनले यसबाट अवसर दिईयो भने साना बालबालिकाले पनि धेरै ठुलो काम गर्न सक्छन भन्ने प्रमाणित भएको बताए ।
छोराछोरी प्रतिभा देखेरे अभिभावक प्रसन्न
कार्यक्रमको संचालन गरिरहेकी सान्वी मडैका बुवा टेक बहादुर मडैले आफूलाई छोरीको प्रतिभा र छोरीले पाएको प्रसंसा देखेर निकै खुसि लागेको बताए । कैलाली बहुमुखि क्याम्पसका शिक्षक समेत रहेका मडैले छोरी पढाईमा पनि अब्बल रहेको बताए । ‘छोरीले आफुले गर्ने कामको जिम्मेबारी आफैले बहन गर्छे ।’ मडैले भने –‘यती सानो उमेरमा पनि कहिले पनि पढ भनेर भन्नु पर्दैन् । घरमा बिहानै ५ बजे नै उठेर आफै पढ्न बस्छे, उल्टो हामीले राति नै उठेर नपढ भन्नुपर्छ ।’
अर्का कार्यक्रम संचालन गरिरहेका शिद्धार्थ राज सिंहका बुवा सन्वेस कुमार सिंहले छोरा पढाई र अतिरिक्त क्रियाकलापमा त्यतिकै अब्बल भएको बताए । ‘हरेक बालबालिकामा प्रतिभा हुन्छ त्यसलाई बाहिर कसरी ल्याउने भन्ने ठुलो कुरा हो ।’ उनले भने –‘बालबालिकालाई यस स्तरको कार्यक्रम संचालन गर्न योग्य बनाउनमा शिक्षकको ठुलो भुमिका छ ।’ उनले आफ्नो छोरा धेरै समय नपढ्ने तर एक चोटी पढेको कुरा नविर्सने गरेको बताए ।
कैलालीको गोदावरी नगरपालिका १ मा रहेको किड्स जोनको चौथो बार्षिकोत्सव कार्यक्रम शनिबार एक बिशेष कार्यक्रमका बिच सम्पन्न भएको हो । विद्यालयका संचालक मदन जोशीको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि सांसद चुन कुमारी चौधरी रहेकि थिईन । कार्यक्रममा बालबालिकाहरुका आफ्ना बिभिन्न प्रस्तुति राखेका थिए । कार्यक्रममा उत्कृष्ट विद्यार्थिहरुलाई पुरस्कृत समेत गरिएको थियो । कार्यक्रममा अत्तरिया क्षेत्रका विभिन्न बिद्यालयका प्राचार्य शिक्षक, अभिभावक, विद्यार्थि लगायतको सहभागिता रहेको थियो ।