प्रेम मानवको साँचो जीवन हो । प्रेम आत्मा हो । प्रेम सत्य हो । प्रेम ईश्वर हो । प्रेम मानवको इन्धन हो । प्रेम मानव भित्रको इच्छा शक्ति हो । प्रेम अदभूत, अदृश्य, सर्वव्यापी, मानव जीवन चालाउने तत्व हो । प्रेम मानव जीवनका लागि हावा, घाम, पानी, खाना जस्तै नभई नहुने तत्व हो । प्रेम सूर्यको प्रकाश हो । सूर्यको प्रकाश यो धर्तीका प्राणी, बोटबिरुवा किटपतंगले मागि राखेका छन । तर सूर्य प्रकाश दिन्न भन्दैन, एकोहोरो दिइराखेको छ । कहिले पनि प्राणी बोटबिरुवा र किटपतंगले मागि राखेका छन ।
तर सुर्य प्रकाश दिन्न भन्दैन, एकोहोरो दिईराखेको छ । कहिले पनि प्राणी बोटबिरुवा र किटपतंगलाई तिमीहरु मेरो ऋणी हौ भनेको छैन । यो धर्ति र यो धर्तिमा प्राणी बोटबिरुवा र किटपतंग रहुन्जेल दिई राख्ने छ । तब म भन्छु प्रेम निरन्तर सेवामा समर्पित हुने शक्ति हो, प्रेम हरेक मानवमा हुने अन्तरनिर्हित गुण हो तर हाम्रो यो ठाउँका मानवले दर्शाउने प्रेममा अभिव्यक्त गर्ने, तरिका मात्र फरक देखिन्छ । फरक भन्नाले जनावरको जस्तो फरक भन्न खोजेको होइन । प्रेम कुनै मन परायको कुरा प्राप्त गर्नु हो । तर टेलीभिजनको जुन च्यानल हेर्ने मन लाग्यो बट्टन थिच्यो अर्को च्यानल हे¥यो भने जस्तो यो ठाउँका प्रेमी र प्रेमीकाहरुले गर्ने देखिएको छ । त्यसैले म भन्छु प्रेम अबैक्तिक शक्ति हो ।
प्रेम जुन रुपमा प्रयोग गरे पनि प्रयोग हुने इमान्दार तत्व हो यदी प्रेम अवयक्तिक थिएन, व्यक्तिगत थियो भने आज यो ठाउँका मानव चाहेको कुरा प्रात्त गर्न नकारात्मक गलत तरिकाबाट प्राप्त गर्न कुकर्म गर्ने नै थिएनन् । यदी मैले भने जस्तो यो ठाउँमा प्रेम देखिएको छैन । होइन भने भन्नुस प्रेम के हो ? प्रेम यो ठाउँ अनुसार मैले बुझेको यो सुदुर पश्चिमको गीत “खान जाने पिरती हुन्छ नत्र बिष जडी ” भने जस्तै हो प्रेम । सत्य भन्दा प्रेम नै मानव जीवनको राम्रो नराम्रो अनुभूतिहरु दिने तत्व हो । प्रेम अनुभूतीहरुको मुहान हो । प्रेम शत्रुलाई पनि मित्र बनाउने तत्व हतियार हो । अर्को कुरा के छ भने प्रेम सत्य हो । प्रेमले बदला लिदैन । प्रेमले बदलाको भावना राख्दैन । प्रेमले जोखिने नापीने काम गर्दैन । प्रेममा लोभ ,क्रोध , स्वार्थ , ईश्र्या , घमण्ड , आवेग अट्दैन । प्रेमले दिन जान्दछ । लिन जान्दैन । प्रेममा दया सम्मान हुन्छ । प्रेम झन्जटिलो अपठ्यारो हुदैन । प्रेम त तपाई मानव भित्रको आत्मा निर्हित मानवत्व सत्य , धर्म कर्म र शान्ति हो । त्यसैले म भन्छु बिगतका तपस्वी त्यागी ईश्वरीय शक्तिप्राप्त महान मानवको भनाई अनुसार प्रेम भनेको नै सत्य हो । सत्य भनेको नै ईश्वर हो । ईश्वरको रचना मानव हो । तव म के कल्पना गर्छु भने तपाई मानवको मन भित्रको इच्छा शक्तिनै प्रेम हो ।
तपाईले यो ठाउँको हावाले श्वास फेर्नु भएको छ । अन्नपात खाई हुर्किनु भएको छ । जीवीत हुनु भएको छ । यही ठाउँको हिमाल, पहाड, तराइमा हिडडूल गर्नु भएको छ । यो ठाउँलाई तपाईले केही दिन चाँहनु हुन्छ । यो ठाउँ बनाउने केही भावना छ भने ‘चाहानु’ र ‘भावना’ तपाईको मन भित्रको यो ठाउँ प्रतिको प्रेम हो । यसै प्रकार हरेक मानवले गरेका हरेक थरिका कुराको प्रेमले नै अविस्कार खोज अनुसन्धान गरी आफ्नो ठाउँलाई चिनाउने विकसित बनाउने गर्न सक्छन । प्रेम कै शक्तिले परापूर्व काल देखि नै यो ठाउँलाई बचाउदै अहिले सम्म पुगाएका हुन । हाम्रा ती पूर्वजले प्रेम नगरेको भए आज हाम्रो समाज, समुदाय, ठाउँ संस्कार, संस्कृति भन्ने केही हुने थिएन ।
हामी कस्ता हुन्थ्यौ होला ? कल्पना गर्नुस भन्नुस ? प्रेम के हो ? सिर्जना हो । सकारात्मक प्रेम भए मानव पजुर्ने र नकारात्मक प्रेम भए उजड्ने कुरा निश्चित छ । तब बिगतका हाम्रा देवता ऋषिमुनीले सत्य, त्रेता, द्धापर देखि अनुभव गर्दै अजमाउदै ईश्वरीय कुरा सत्य धर्म कर्म र प्रेम को बाटो देखाएका हुन । बर्तमान मानव र भबिष्यका मानवका लागी बाच्ने उपाए बताएका हुन । यी कुरा अमेट छन । अमेट हुने छन । यी कुरा ईश्वरीय बाणी हुन बर्तमान वैज्ञानीक मनोवैज्ञानिकका कुरा नयाँ बिचार, नयाँ अविस्कारहरु, सबै अहिलेका मानवले बिर्सर्नु भएको कुनै कुराहरु आफ्नो स्मरणमा यादगरी थाहा पाउनु जस्तै हुन । नयाँ नौलो कुरा होइनन । जस्तो मलाई लाग्दछ । जति पनि अहिलेको नयाँ कुरा बिगतमा पनि थिए भन्ने हो । सत्य सकारात्मक कल्पनाको शक्तिले नै अहिले खोज्न सफल हुनु भएको हो । त्यसैले म भन्छु कल्पना गर्छु सकारात्मक कल्पना प्रेम हो भन्छु ।
– कैलालीको अत्तरिया निवासी पुर्व शिक्षक सदानन्द भट्ट समसामयिक बिषयमा कलम चलाउँदै आएका छन ।