बाजुरा – नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) बाजुराका सचिव भरत बुढाले देशले प्राप्त गरेको ऐतिहासिक परिवर्तनको संस्थागत गर्न पार्टी बलियो बनाउनु पर्ने बताएका छन । उनले संघियता, लोकतन्त्र र प्राप्त नागरिक अधिकारलाई संस्थागत रुपमा स्थापित गर्न पार्टी भित्रका सबै प्रकारका गुटको अन्त्य आवश्यक रहेको बताए ।
नेकपा बाजुराले पार्टी कार्यालयमा आयोजना गरेको २५ औं जनआन्दोलन तथा जनयुद्ध दिवसमा थापाले शहिदका सपना पुरा गर्न व्यक्तिगत चाहना त्याग्न सुझाव दिए । पार्टी भित्रको गुटबन्दी तर्फ संकेत गर्दै बुढाले बुलेट र व्यालेटबाट सत्ताप्राप्त गर्ने लक्ष्यमा हिँडेका पार्टीका समानता र भिन्नता धेरै भएपनि एकता पछि त्यो भावना त्याग्न पर्ने बताएका छन् ।
उनले जनयुद्ध रहरले गरेको नभई जनताको न्याय र अधिकारका लागि गरिएको बलिदानी भएको बताए । युद्धकालिन अवस्थालाई स्मरण गर्दै बुढाले सामाजिक न्याय सहितको समाजवाद निर्माण सबैको एकता र सहकार्य अनि सामुहीकताले मात्र संभव हुने बताएका छन् ।
क्रान्तिका उपलब्धीलाई प्रतिक्रियावादीले मास्न खोजिरहेकोले त्यसमा सबैले सचेत हुन जरुरी रहेको बताएका छन् । बुढाले देशले प्राप्त गरेका सबै प्रकारका उपलब्धी जनआन्दोलन र जनयुद्धकै उपज भएको धारणा राखेका छन् ।
दिवसमा जनआन्दोलन र जनयुद्धका शहीद र जनयुद्धका पहिलो शहिद दिलबहादुर रम्तेलको फोटोमा श्रद्धाञ्जली अर्पण गरिएको छ । पार्टी सचिव भरत बुढा, कार्यालय सदस्य गगन रावल, भरत बुढा, नेकपा जिल्ला कमिटी सदस्य अमर खड्का, काशी विक, मनबहादुर विक, विनोद कुमार विक, गोरख सार्की नन्दराम पण्डित, लक्षी विक, राजेन्द्र विक, वीरबहादुर रावल सहीत श्रद्धाञ्जली सभामा सहभागि थिए । पार्टी एकतापछि पूर्व एमाले निकट जिल्ला तहका नेताहरु जनयुद्ध दिवसमा सहभागि पहिलो पटक सहभागि भएका हुन् ।