डोटी - डोटी चेम्वर अफ कमर्शको आयोजनामा डोटीको दिपायलमा आजवाट प्रादेशिक ब्यापारीक तथा पर्यटन महोत्सब २०७६ सुरु भएको छ । सेतिको हिरा खप्तडको मोति, ब्यापार कृषि पर्यटन र जलस्रोतबाट बनाउछौ समुन्नत डोटी भन्ने मुल नाराका साथ महोत्सव सुरु भएको हो ।
महोत्सबको आज एक कार्यक्रमका बिच सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्रि त्रिलोचन भट्टले उद्घाटन गर्नु भएको हो । कार्यक्रममा प्रमुख अतिथी रहनुभएका मुख्यमन्त्री भट्टले प्रदेशको संरचना नयाँ भएका कारण पनि विकासले केहि गति लिन नसकेको बताए । उनले सुदूरपश्चिममा विकासको कामलाई गति दिनका लागि सरकारलाई सहयोग गर्नु सबैलाई आह्वान गरे ।
उनले प्रादेशिक राजधानी आफुले अधिकार पाउनु भन्दा पहिलेनै तोकिसकेकोले यस्मा आफुले बोल्ने बाटो नरहेको बताए । मुख्यमन्त्री भट्टले अब राजनीतिक कुरा भन्दा पनि बिकासका लागि बहस गर्न आवश्यक रहेको बताए । डोटीका स्थानीयहरुले बर्षौदेखि खानेपानीको समस्या झेलिरहेको आफुलाई जानकारी रहेको बताउदै उनले यस्को समाधानका लागी तिनै तहका सरकारले काम गरि खानेपानी पुर्याउने धारणा राखे ।
विकासका लागि धेरै योजना निर्माण गर्नुभन्दा स्तरीय र दिगो बनाउन आवश्यक रहेको उनले बताए । उनले थपे ‘प्रदेश सरकार धेरै योजना नभई कम तर बृहत र परिणामुखी बनाउन तर्फ केन्द्रीत रहेको समेत बताए । डोटी चेम्वर अफ कर्मशका अध्यक्ष खगेन्द्र वहादुर साउदको सभापतित्वमा भएको उद्धघाटन कार्यक्रममा मुख्यमन्त्री भट्ट प्रमुख अतिथी , संघिय सांसद प्रेम आलेमगर बिशिष्ठि अतिथि रहनुएको थियो ।
व्यापार कृषि पर्यटन क्षेत्रमा विकास गर्ने गराउने उदेश्यका महोत्सबको आयोजना गर्दै आएको रहेको डोटी चेम्वरले बताएको छ । उदघाटन मा बिभिन्न कला झिकाउने स्थानिय बाजाहगाजा सहित झाकि प्रस्तुत गरेको थियो । उद्घाटन शत्रमा प्रदेश सभा सदस्य, स्थानिय तहका प्रमुख तथा प्रतिनिधि, सरकारी तथा गैर सरकारी कार्यालयमा प्रमुख तथा प्रतिनिधि, पत्रकार स्थानिय लगायतको सहभागीता रहेको थियो ।