गुलरिया – कन्चनपुरको कृष्णपुर नगरपालिकाको आयोजनामा दोस्रो नगर स्तरीय मावि खेलकुद एवम् १२ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ ।
कार्यक्रमको आईतबार एक कार्यक्रमका बिच कन्चनपुरको क्षेत्र नम्बर २ का संघिय सांसद नर बहादुर धामीले उद्घाटन गरेका छन । कार्यक्रमको उद्घाटन गर्दै सांसद धामीले खेलकुदको माद्यमबाट विद्यार्थिको व्यक्तित्व विकासमा सहयोग पुग्ने बताए । उनले बर्षभरिमा विद्यालयले गरेका अतिरिक्त क्रियाकलाप र खेलकुद गतिविधिको सम्पूर्ण मुल्याङ्कन राष्ट्रिपति रनिङ्ग शिल्ड प्रतियोगिताले गर्ने बताए । ‘यो विद्यालयको प्रतिभा देखाउने ठाउँ हो । यसबाट विद्यालयले खेलकुदका क्षेत्रमा कति काम गरेको छ भन्ने देखाउने छ ।’ सांसद धामीले भने – ‘यहाँबाट आएको नतिजाले कुन–कुन विद्यालयले अझै मेहेनत गर्न आवश्यक छ भन्ने कुरा पनि देखाउन्छ ।’
उनले विद्यार्थि खेलाडीहरुलाई धेरै भन्दा धेरै मिहनत गरेर विद्यालयको लागि मात्रै नभएर अन्तराष्ट्रिय स्तरमा नै आफूलाई चिनाउने गरी मिहनत गर्न प्रोत्साहन गरे ।
कृष्णपुर नगरपालिकाका नगरप्रमुख कर्ण बहादुर हमालले विद्यार्थिहरुको शारीरिक, मानसिक र बैद्धिक विकास संगै विद्यार्थिको क्षमता अभिबृद्धि गर्न खेलकुद कार्यक्रमको आयोजना गरिएको बताए । उनले युवाहरुलाई खेलप्रति आकर्षित गर्नको निमित्त पनि यस राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताले सहयोग गर्ने बताए । उनले २२ ओटा विधाअन्तरगत भलिवल, कबड्डी, एथलेटिक्स र मार्सलाटका खेल खेलाईने बताए । उनले कृष्णपुर नगरपालिकाबाट प्रतिनिधित्व गरेर सार्क खेलकुदमा पनि ठुलो सफलता प्राप्त गरेको बताए । ‘नगरपालिकाका खेलाडिले सार्क खेलमा ४ ओटा मेडल प्राप्त गरेका छन ।’ नगरप्रमुख साउँदले भने – ‘सार्कमा स्वर्ण पदक जितेका खेलाडीलाई ५१ हजार, रजक पदक जितेकालाई ३१ हजार र कास्य पदक जितेकालाई २१ हजार नगरपालिकाबाट प्रोत्साहन स्वरुप प्रदान गरेका छौ ।’
कृष्णपुर नगरपालिकाका नगरप्रमुख हमालको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि संघिय सांसद धामी रहेका थिए । त्यस्तै बिशिष्ट अतिथिमा प्रदेश सांसद स्याम लाल राना, उपप्रमुख रमिता राना रहेकी थिईन । उपप्रमुख रानाले स्वागत मन्त्यव्य राखेको कार्यक्रमको सञ्चालन नगरपालिकाका सामाजिक विकास अधिकृत प्रेम बोगटीले गरेका थिए ।
‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ ‘समृद्ध कृष्णपुर नगरको आधा, स्वास्थ्य, शिक्षा, कृषि, उद्योग, प्रर्यटन र पुर्वाधार’ भन्ने नाराका साथ कन्चनपुरको कृष्णपुर नगपालिका ५ मा रहेको कृष्णमावि गुलरियामा प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा नगरपालिका भित्रका १९ विद्यालयको सहभागिता रहेको छ । प्रतियोगिता २८ गते सम्पन्न हुने छ ।