अत्तरिया – चुनावका बेला ठूलाठूला आश्वासन दिने तर जितेपछि ‘फर्केर हेर्दै नहेरेको’ आरोप जनप्रतिनिधि माथि लाग्दै आएकोमा शनिबार भने गोदावरी नगरपालिका ४ को बास्कोटामा फरक दृष्य देखियो । गोदावरी ४ मा रहेको बास्कोटा खानेपानि तथा सरसफाई उपभोत्ता समितिको अगुवाई र स्थानियको सक्रियतामा टोलमै नगरपालिकाका जनप्रतिनिधिलाई बोलाएर स्थानियले आफ्ना समस्या सुनाए । स्थानियकै पहलमा जनप्रतिनिधिलाई गाउँमा बोलाईएको भएपनि स्थानियका समस्या जनप्रतिनिधिले सुने भने, सम्बन्धित क्षेत्रमा नगरपालिकाले गरिरहेका कामका बारेमा जनप्रनिनिधिले मार्फत स्थानियले थाहा पाए ।
स्थानियले मुख्य रुपमा आफ्ना टोलमा खानेपानीको बिस्तारमा समस्या भएको, बाटोमा ठुलाठुला खाल्डा हुँदा पनि बाटो ग्राबेल सम्म नभएको लगायतका समस्या राखेका थिए ।
गाउँबासीको समस्या सुनेपछि गोदावरी नगरपालिकाका नगरप्रमुख हरी सिं साउँदले गाउँको विकासको लागि स्थानियको सक्रीयता देखेर आफू निकै उत्साहित भएको बताए । उनले गाउँमा भएको खानेपानीको समस्या सामाधानका लागि नगरपालिकाको तर्फबाट १२ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता गरे । नगरप्रमुख साउँदले भने – ‘म यहिबाटै प्रतिबद्धता गर्छु १२ लाख रुपैयाँ छुट्याए ल, धेरै सकिदैन १२ लाख छुट्याए । तपाईहरु ढुक्क भए हुन्छ ।’
‘टोलमा आएर गुनासा सुन्न पाए यसका लागि सबैलाई धन्यावाद दिन चाहन्छु । हामी नगरपालिकाको अभिभावक भएकाले हामीले सुन्न पनि सक्नु पर्छ बुझाउन पनि सक्नु पर्छ ।’ नगरप्रमुख साउँदले भने ।
उनले बाटोको समस्या पनि तत्काल सामाधान गर्न वडाबाट ग्रावेल गराउन लगाउने बताए । ‘तपाईहरु ढुक्क हुनुहोस म नगरपालिकामा गएर तुरुन्त खाडल पुर्न लगाउँन्छु ।’ नगरप्रमुख साउँदले भने – ‘समस्या मैले सुने म धेरै भाषण गर्ने पक्षमा छैन म काम गरेर देखाउने हो । म काम गरेर देखाउने तर मैले यस्तो काम गरे उस्तो काम गरे भनेर भन्ने पक्षमा छैन ।’
कार्यक्रममा वडा नम्बर १ का वडा तथा नगर प्रवक्ता अध्यक्ष शर्मानन्द भट्टले नगरपालिका समग्र क्षेत्रको समान रुपमा विकास गर्न लागिपरेको बताए । उनले वडा नम्बर ४ भौगोलिक रुपमा पनि अन्य वडा भन्दा ठुलो क्षेत्रफल र तराई पहाड जोडिएको क्षेत्र भएकाले यस वडालाई बिशेष प्राथमिकता दिनुपर्ने बताए ।
वडा नम्बर ४ का वडा अध्यक्ष प्रेम बहादुर भण्डारीले विकास निर्माणमा यो पार्टी त्यो पार्टी नभनी सबैले सयुक्त रुपमा लाग्नु पर्ने बताए । उनले केहि व्यक्तिले विकास निर्माणका काममा पनि असहयोग गर्ने गरेको बताउँदै त्यसो नगर्न सबैलाई आग्रह गरे । बास्कोटा खानेपानि तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष हेम प्रकाश मल्लले सबै समस्या सामाधान गरिदिने प्रतिवद्धता गरेकोमा नगरपालिकालाई धन्यावाद दिए ।
बास्कोटा खानेपानि तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष मल्लको अध्यक्षतामा भएको भेलामा नगरप्रमुख साउँद प्रमुख अतिथि रहेका थिए । त्यस्तै बिशिष्ट अतिथिमा वडा नम्बर १ का वडा अध्यक्ष शर्मानन्द भट्ट, २ का वडा अध्यक्ष कृष्ण राज जोशी, वडा नम्बर ४ का वडा अध्यक्ष प्रेम बहादुर भण्डारी रहेका थिए । कार्यक्रममा स्थानिय जनप्रनिति, सामाजसेवी बुद्धिजिवी, लगायत स्थानियको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रमको संचालन डन्डी राज जोशीले गरेका थिए ।
२०७२ सालमा स्थापना भएको बास्कोटा खानेपानि तथा सरसफाई उपभोत्ता समिति मार्फत ३५० घरधुरीमा खानेपानी वितरण भईरहेको भएपनि उपभोत्ता समितिले खानेपानीको पाईपलाईन थप बिस्तार गर्नुपर्ने भएकाले रकम अभाव भएको बताउँदै आएको छ । समितिका सदस्य डन्डीराज जोशीले खानेपानी बिस्तारको समस्या लगायत स्थानिय क्षेत्रमा भएका समस्या जनप्रतिनिधिलाई सुनाउन भेलाको आयोजना गरेको बताए । कार्यक्रमा स्थानिय राम चन्द्र भट्ट र गोरख बहादुर खण्डकाले टोलका समस्या जनप्रतिनिधि समक्ष राखेका थिए ।