कन्चनपुर (दोधारा ) -उधोग, बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट नेतृत्वको टोलीले कञ्चनपुरको महाकाली नगरपालिका ७ कञ्चभोजमा शुख्खा बन्दरगाह बनाउन प्रस्ताव गरेको स्थलको निरिक्षण अबलोकन गरेका छ । मन्त्रालयका सचिबद्धय याम कुमारी खतिवडा र बैकुण्ड अधिकारी , संघिय सांसद दिपक प्रकाश भट्ट , नर बहादुर धामी , प्रदेश सांसद मान बहादुर सुनार , स्थानीय निकायका जन प्रतिनिधिहरुको सहभागिता रहेको टोलीले सो ठाउको निरक्षण एबम् अबलोकन गरेको हो ।
मन्त्री टोलीको अबलोकन पछि केही स्थानियले भने शुरु मै असन्तुष्टी जनाएका छन् । स्थानियहरुले शुख्खा बन्दरगाह बनाउँदा आफुहरुको उचित ब्यबस्थापन हुनुपर्नेमा जोड दिएका छन् । स्थानिय संघर्ष समितीका अगुवा बिनय सुनारले यस क्षेत्रका जनतालाई बिस्थापित गरेर शुख्खा बन्दरगाह बनाउन नहुने बताए । उनले केही मात्रै घर धुरीको ब्यबस्थापन गरेर काम अगाडि बढाए आन्दोलन गर्ने चेतावनी समेत दिए।
त्यसपछि स्थानियलाई सम्बोधन गर्दै मन्त्री भट्टले धेरै ठाउँको अध्यनपछि मात्रै यो ठाउँ शुख्खा बन्दरगाहका लागि उपयुक्त भनेर रोजिएको बताए । उनले सुर्य पश्चिमबाट उदाए पनि अब पश्चिमबाट विकासको दियो बल्ने बताए। उनले नेपालको भारत, पाकिस्तान र अफगानिस्तानसम्म सबैभन्दा छोटो दुरीमा रहेको पश्चिमी नाका बन्ने समेत बताए ।
‘जनताको जिवनस्तर सुधार र आर्थिक विकासका लागि चाँदनी दोधारामा सुख्खा बन्दरगाह निर्माण गर्न लागेका हौँ, ‘मन्त्री भट्टले भने, ‘सुख्खा बन्दरगाहकै कारण महाकालीमा पक्की पुल निर्माण हुन लागेको छ ।’ सुख्खा बन्दरगाह निर्माण नभए दैजी औद्योगिक क्षेत्रको विकास समेत हुन नसक्ने उनको भनाई थियो । ‘जहाँ औद्योगिक क्षेत्र हुन्छ, त्यहाँ सुख्खा बन्दरगाह र सहित चारलेनको पक्की पुलको अवधारणा अघि सारिएको हो, ‘उनले भने, ‘सुख्खा बन्दरगाह निर्माणसंगै यस क्षेत्रको समृद्धि हुन्छ ।’
'शुख्खा बन्दरगाह तपाईंहरुलाई आबस्यक हो कि होइन,अली अली बिरोध जस्तो पनि देखियो, म धेरै पटक यो क्षेत्रमा आएको छु पहिले यस्तो आवाज सुनिएको थिएन, तपाईंहरुलाई बिकास बिरोधीहरुले तरंगित गरेको जस्तो देखियो,'उनले भने -' अब निर्णय गर्ने यँहाको जनताको जिम्मा हो,आफुले पठाएका जन प्रतिनिधीको त विश्वास गर्नु पर्यो होइन भने बिकल्प खोज्नु पर्छ।' उनले अहिले नै कुन ठाउमा बनाउने एकिन नभएकाले बिरोध नगर्न समेत स्थानियहरुलाई आग्रह गरे ।
सोहि क्षेत्रवाट निर्वाचित संघिय सांसद दिपक प्रकाश भट्टले शुख्खा बन्दरगाह बनाउन सरकारले स्थानीय संग सल्लाह गरेर नै कार्य अगाडि बढाउने बताए । उनले नेपाल समुद्रसंग नजोडिएकाले भूपरिवेष्ट राष्ट्रको रुपमा हुँदा स्थानीय बस्तु तथा सेवाको पारवाहन र चाहिने बस्तु आयातका लागि सुख्खा बन्दरगाहको अवधारणा आबश्यक रहेको बताए । उनले सुदूरपश्चिम प्रदेशको आर्थिक समृद्धि हुन नसकेको बताउदै एकिकृत नाका विस्तारका लागि स्थानीयबाट सहयोगको अपेक्षा गरे ।
यस्तै सोही कार्यक्रममा बोल्दै प्रदेश सासंद मान बहादुर सुनारले सरकारले क्षतिपूर्ति दिएर मात्रै काम अगाडि बढाउनु पर्ने बताए । उनले अहिले नै कुन ठाउँ मा शुख्खा बन्दरगाह बनाउने एकिन नभए को बताए । सुनारले भने - हाम्रो चाहना भन्दा पनि भारत सरकार को रोजाइमा कुन ठाँउलाई शुख्खा बन्दरगाहको मुख्य बिन्दु बनाउने कुरो एकिन हुने बताए ।भारतको सिमा नजिकै रहेको सोे ठाउँलाई शुख्खा बन्दरगाह बनाउन सके सुदुरपश्चिम र नेपाल कै आर्थिक क्षेत्रमा महत्त्वपूर्ण योगदान हुने यस क्षेत्रका स्थानियहरुको बुझाई रहेको छ ।
प्रस्ताबित शुख्खा बन्दरगाह स्थल कञ्चनभोजदेखि भारतको मेलाघाटसम्म ५ सयमिटर दुरी मात्रै रहेको छ । त्यहाँदेखि उत्तर प्रदेशको खटिमा बजार १३ किलोमिटर रहेको छ । भने भारतको राजधानी ३५० किलोमिटर रहेको छ । शुख्खा बन्दरगाहको लागी झण्डै ३०० बिगाह आबश्यक पर्ने अनुमान गरिएको छ ।