अत्तरिया – सुदूपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री कृष्ण राज सुवेदीले शिक्षाबिनाको मानिस मरेतुल्य हुने बताएका छन । शुक्रबार कैलालीको गोदावरी नगरपालिका ४ मा रहेको राष्ट्रिय माद्यमिक विद्यालयको ५२ औ बार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री सुवेदीले शिक्षा विनाको समय, शिक्षा बिनाको मान्छे, शिक्षा बिनाको घर, शिक्षा बिनाको गाउँ मरेतुल्य हुने बताएका हुन ।
‘रुप योवनमा परिपुर्ण होस, देख्दै स्वर्गको अप्सरा होस, राजाका रौतेला जस्तो होस तर त्यो पढेलेखेको छैन भने त्यो हरीयो जंगलमा सुकेको ठुटो जस्तै हुन्छ ।’ मन्त्री सुवेदिले भने ।
उनले विद्यालयको शिक्षा बेरोजगार उत्पादन गर्ने शिक्षा भएको बताउँदै अवको समयमा प्राबिधिक शिक्षा तर्फ जोड दिन आवश्यक रहेका बताए । मन्त्री सुवेदीले सरकारी विद्यालयमा गुणस्तर छैन भनेर अभिभावकले नपत्याउने गरेको बताउँदै भने – ‘अबका दिनमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, प्राचार्यले आफूले अध्यापन गराउने सरकारी विद्यालयमा आफ्ना बालबालिका पढाएनन् भने उनीहरुलाई जागिरबाट हटाईने निर्णय गरेका छै ।’
आफ्नो मन्त्री पदका बारेमा गरिएका टिकाटिपणीको बारेमा बोल्दै मन्त्री सुवेदिले केहि व्यक्तिले मलाई यो मान्छे २/४ महिना टिक्छ त्यसपछि भागिहाल्छ भनेर सोचेको बताए ।
‘तपाईहरुको आर्शिबादले म सफल हुँदै गएको छु । म सफल भएको देखेर कसरी खुट्टा तान्ने भनेर भए नभएका पुर्वागान्डाहरु केहि बाहिरबाट केहि आफ्नैबाट चलिरहेका छन ।’ मन्त्री सुवेदीले भने – ‘यि कुरामा कति पनि सत्यता छैन । म सबैसंग आग्रह गर्न चाहन्छु झुटा कुराका पछाडी नलाग्नु होला । कृष्ण राज सुवेदी तपाईको भतिजो, तपाईको भाई, स्वाभिमानका साथ सिर झुकाएर होईन सिर ठाडो गरेर हिड्ने चाहन्छ । हिजो पनि हिडेको आज पनि हिड्न चाहन्छ । त्यसैले यस्ता गलत प्रचार–प्रसारका पक्षमा नलाग्नुहोला ।’