अत्तरिया -उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री लेखराज भट्ट सुदूरपश्चिमका औद्योगीक तथा वाणिज्य क्षेत्रको अवलोकन गर्न प्रदेश भ्रमणमा आउनु भएको छ । मन्त्रालयका उच्च पदाधिकारी सहित यस क्षेत्रका मुख्य औधोगिक योजनाहरुको अध्यनका क्रममा मन्त्री टोली यँहा आएको हो । बिहिबार धनगढी पुगेका लेखराज भट्टले गेटा बिमानस्थलमा पत्रकारहरु सँग कुराकानी गर्दै यस क्षेत्रमा रहेका बिशेष आर्थिक क्षेत्र, औधोगिक क्षेत्रहरुको अवलोकन गर्न मन्त्रालयको सचिव स्तरीय टोलि सहित सुदूरपश्चिम आएको बताए ।
उनले कैलालीको हरैयामा रहेको बिशेष आर्थिक क्षेत्र, कन्चनपुरको छेलामा रहेका औद्योगिक क्षेत्र, दाधारा चाँदनीमा रहेका सुख्खा बन्दरगाह लगायतका क्षेत्रको स्थलगत अध्ययन गर्न मन्त्रालयको टोली लिएर आएको बताए । 'बिशेष गरेर हामी झलारीको छेला, दोधारा चाँदनीको शुख्खा बन्दरगाह को योजनालाई मुख्य रुपमा हामीले छिटो भन्दा छिटो कार्यान्वय गर्न सकिन्छ भनेर अध्ययन गरिने छ।', मन्त्री भट्टले भने – ‘ कैलालीका हरैया आर्थिक क्षेत्र र डुडेझारी औद्योगिक क्षेत्रको पनि अद्ययन गर्ने छौ र त्यहि अध्ययनको आधारमा रिपोर्ट तयार पार्ने छौ ।’
उनले गेटा -धनगढी रोडमा पनि औधोगिक करिडोरको कामलाई अगाढी बढाइने बताए । गेटा -धनगढी करिडोरमा पनि धेरै उधोगहरु खोलिएका छन, काम अगाडी बढेको मन्त्री भट्टको भनाई छ । यस्तै उनले गेटा मेडिकल कलेजको सन्चालन बिधीका बारेमा छलफल भईरहेको बताए । उनले यस क्षेत्रका जनताको आबश्यकता बमोजिम मेडिकल कलेजलाई स्वायत्त प्रतिष्ठानको रुपमा अगाडी बढाउनु पर्नेमा जोड दिए ।
उनले भ्रमणका क्रममा यस क्षेत्रको औद्योगित क्षेत्रको विकासका लागि यस क्षेत्रका उद्योग व्यवसायी, स्थानिय निकायका जनप्रतिनिधि सबै संग छलफल र अन्तरक्रिया गर्ने र त्यसको निचोड अनुसार नै अगाडी बढ्ने बताए । यस्तै मन्त्री भट्टले एक फरक प्रसँगमा मन्त्री भट्टले एम सि सी संसदबाट जसरी पनि पास हुने बताए ।
उनले भने -पार्टी भित्र कुनै पनि बिषयमा छलफल बहस हुनु कुनै नौलो कुरो होइन ,एम सी सीको बिषयमा अध्यन गर्न पार्टीले कार्यदल बनाएको छ,त्यसैले त्यो कार्यदलको सुझाब अनुसार नै पार्टी अगाढी बढने छ ।