अत्तरिया – राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम अन्तगत स्थानिय तहका जनप्रतिनिधि तथा शिक्षासम्बद्ध पदाधिकारीहरुका लागि क्षमता विकास कार्यशाला गोष्ठी अत्तरियामा सम्पन्न भएको छ । ३ दिने कार्यशाला गोष्ठीको बुधबार समापन गरिएको छ । गोदावरी नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष कृष्ण राज जोशीको सभापतित्वमा भएको समापन कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिका नगरप्रमुख साउँद रहेका थिए ।
गोष्ठीको समापन कार्यक्रममा बोल्दै नगरप्रमुख साउँदले तालिममा सिकेका कुरा व्यवहारमा लागु गर्न सहभागीहरुलाई आग्रह गरे । उनले समाजमा भएका विक्रिती विसंगती हटाउनका लागि शिक्षकको अहम भुमिका हुने बताए । ‘शिक्षक विद्यार्थि र अभिभावक संग पनि जोडिएका हुन्छन । शिक्षकले सामाजका विक्रिती विसंगती हटाउन ठुलो भुमिका खेल्न सक्छन ।’ नगरप्रमुख साउँदले भने – ‘शिक्षकलाई धेरै कुरा सिकाईराख्नु पर्छ भन्ने जस्तो लाग्दैन । अरुले जस्तै शिक्षकले पनि आफ्नो जिम्मेवारी पुरा गर्न अग्रसर हुनु पर्छ ।’ उनले अहिले सामान्य शिक्षा भन्दा पनि प्राबिधिक शिक्षाको आवश्यकता भएको बताउँदै गोदावरी नगरपालिका पनि प्राबिधिक शिक्षाको विकासलाई जोड दिदै आएको बताए ।
‘जग बनाउन घर बलियो बनाउनु पर्छ, त्यस्तै बालबालिकाको भविष्य राम्रो बनाउन राम्रो शिक्षाको आवश्यकता पर्छ ।’ नगरप्रमुख साउँदले भने – ‘शिक्षालाई माथिबाट बलियो बनाउने भन्दा पनि तलबाट बलियो बनाएर ल्याउन आवश्यक छ ।’
कार्यक्रममा बिशिष्ट अतिथि रहेकी गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायतले ईजिआरपी मुल्याङ्कनमा गोदावरी नगरपालिकामा रहेका ५६ विद्यालय मद्ये ५४ विद्यालयको नतिजा राम्रो देखिनु सकारात्मक भएको बताईन । उनले शिक्षाको सुधारका लागि शिक्षकहरुबाट आएका सुझाव गोदावरी नगरपालिका मनन गरेर अगाडी बढ्ने बताईन ।
क्षमता विकास कार्यशाला गोष्ठीको समापन कार्यक्रममा गौरिगंगा नगरपालिकाका युवा तथा खेलकुद शाखाका उपसचिव हरिस पन्त, गोदावरी नगरपालिका शिक्षा तथा खेलकुद शाखाका उपसचिव बसन्त कुमार खत्री, ईजिआरपीका क्षेत्रीय प्रबन्धक राम दाश चौधरीले आफ्नो धारणा राखेका थिए ।
गोदावरी नगरपालिकाको आयोजना, युएसएआईडीको आर्थिक सहयोग तथा ईजिआरपीको प्राबिधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।
तिन दिने गोष्ठीमा नेपालको विद्यमान शैशिक नीति तथा कार्यक्रम, स्थानीय तहको योजना निर्माण प्रक्रिया, योजना निर्माणमा कक्षाकोठामा आधारित प्रारम्भिक कक्षा पढाई सिप परिक्षण, स्थानीय पालिकाको शिक्षा पाश्र्चचित्रको ढाँचा तथा तयारी प्रक्रिया, स्थानीय तहमा प्रारम्भिक कक्षा पढाई कार्यक्रमको कार्यान्वय कार्य योजना निर्माण लगायतका बिषयवस्तुमा छलफल तथा प्रशिक्षण दिईएको एनईजिआरपीका कार्यक्रम अधिकृत तिकल चौधरीले बताए ।
कैलालीका १३ ओटै स्थानिय तहमा कार्यक्रम संचालन गर्ने योजना अन्तरगत यसअधि लम्की चुहा र बर्दगोरीयामा कार्यक्रम सम्पन्न भईसकेको अधिकृत चौधरीले बताए ।
कार्यक्रममा नगरपालिकाका वडा अध्यक्ष, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, शिक्षक अभिभावक समितिका प्रतिनिधि, प्रधानाध्यापक, शिक्षक लगाएतकाको सहभागिता रहेको थियो । समापन कार्यक्रमको संचालन गोदावरी नगरपालिका शिक्षा शाखाका प्रयाग राज जोशीले गरिरहेका छन ।