अत्तरिय- कैलालीको अत्तरिय चोकमा जडान गरिएको बिलबोर्डमा पर्यटकिय क्षेत्रको फोटोहरु हटाएर चाउचाउको बिज्ञापन गरिएको भन्दै ब्यापक आलोचना भएको छ । सुदुरपश्चिम प्रदेशको ९ जिल्ला जोड्ने र प्रदेश सरकारले स्थायी राजधानीका लागि घोषणा गरेको अत्तरिया बजारको मुख्य चोकमा ब्यबसायिक कम्पनीको प्रचार गरिएको भन्दै स्थानियहरुले आलोचना गरेका हुन् ।

बिलबोर्ड जडान भएदेखी नै बिवादमा आएको उक्त कार्य नगरपालिकाले आफ्नो ब्यक्तिगत स्वार्थका लागि लाली चाउचाउ नामक कम्पनीको प्रचार गरिएको भन्दै त्यसलाई हटाउनुपर्ने स्थानियले माग गरेका छन् । स्थानियहरुले बिलबोर्डमा लगाएको चाउचाउको बिज्ञापनको फोटो खिची आफ्नो सामाजिक संञ्जाल फेसबुकमा त्यसको बिरोध गरिरहेका छन् ।

यस अघि सुदुपश्चिम प्रदेशका बिभिन्न धार्मीक एबम् पर्यटकिय क्षेत्रका तस्बिरहरु राख्दै गोदावरी नगरपालिकामा यँहाहरुलाई हार्दिक स्वागत गर्दछौ भन्ने लेखिएको थियो । गलत भएपनि स्थानिय तापक्रम र समय देखाउदथ्यो । अहिले ति तस्बिर हटाएर चाउचाउको प्रचार राखिएपछि समय र तापक्रम पनि दिनै छोड्यो एक जना स्थानियले भने ।
गोदावरी चेम्बर अर्फ कर्मसका अध्यक्ष बिनोद मल्ल बिप्लभले यसरी प्रदेशको स्थायी राजधानीका लागि घोषणा गरिएको ठाउमा केहि आर्थिकको लोभले निजि कम्पनीको प्रचार गरिनु कुनै पनि हालतमा उचित नरहेको बताए । नगरपालिकामा करोडौको बजेट हुँदा पनि त्यसको सहि तरिकाले सदुपयोग हुन नसकेर फिर्ता जाने गरेको तर यो ब्यापारीक बिज्ञापनवाट आउने केहि रकमले कुनै फाईदा नहुने उनको भनाई छ ।

यस्तो कार्यले प्रदेशबासीको धारणा नकारात्मक हुने भएकाले यो भन्दा पुरानै तस्बिर र केहि सन्देशमुलक कुराहरु राख्नुपर्ने उनले बताए । उता गोदावरी नगरपालिकाका नगरप्रमुख हरि सिंह साउदले भने यसले समर्ग नगरबासीलाई नै फाईदा पुग्ने बताए ।
नगरपालिकाले एक ठेकेदार कम्पनीलाई चोकमा बिलबोर्ड जडानको ठेक्का दिएको र चोकमा राखिएको समाग्री उक्त कम्पनीले नै राख्ने गरेको नगरप्रमुख साउँदको भनाई छ । अत्तरियाको चोकको चारै तिर सिसि टिभी क्यामरा जडान , सोलार , स्थानिय तापक्रम र समय देखाउने बोर्ड जडान गर्ने र बिज्ञापन बाफतको रकम सबै नगरपालिकालाई दिने भनेपछि आफुहरुले अनुमती दिएको बताए ।

तर स्थानियहरुले राजश्व असुलीका नाममा समग्र प्रदेकको केन्द्रमा रहेको चोकको सौन्दर्यतामा नगरपालिकाले खेलवाड गरेको आरोप लगाएका छन् । तर यस बिषयमा उपप्रमुख रत्ना कडायतले आपत्ती जनाएकी छन् ।उनले यसबारे आफुलाई कुनै जानकारी नरहेको र यसरी बजारको सुन्दरतालाई नै बिगार्ने गरेर कुनै निजि कम्पनीको प्रचार गर्नु ठिक नरहेको बताइन् । बिलबोर्ड गत भदौमा जडान गरिएको थियो ।