धनगढी – जिल्ला प्रहरी कार्यालय कैलालीले २२ लाख ८२ हजार नगद सहित पक्राउ गरेका १६ जना जुवाडे धरैटीमा छुटेका छन । सोमबार धनगढी उप महानगरपालिका ३ मा बस्ने तिलक अधिकारीको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रक्राउ परेका १६ जनालाई जिल्ला प्रशासन कार्यालय कैलालीले छोडेको हो । पक्राउ परेका १६ जनाबाट ९ लाख ३० हजार धरौटी लिएर छोडिएको हो ।
जिल्ला प्रशासन कार्यालय कैलालीका सुचना अधिकारी शिवराज जोशीले पहिलो पटक पक्राउ परेका जुवाडेलाई प्रतिव्यक्ति ३० हजार धरौटीमा छोडिएको र दुई वा सो भन्दा बढि पटक पक्राउ परेका जुवाडेलाई एक लाख २० हजार धरौटीमा छोडिएको छ ।
दुई वा दुई भन्दा बढी पटक पक्राउ पर्नेमा गोदावरी नगरपालिका वडा नम्वर १० का रबिन्द्र शाही सहित पाँच जना रहेका छन । भने बाकी ११ जना पहिलो पटक पक्राउ परेका हुन ।
पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका १० बस्ने बर्ष २८ का रबिन्द्र शाही, कन्चनपुर भिमदत्त नगरपालिका ३ बस्ने बर्ष ३४ का धिरेन्द्र चन्द, वेलौरी नगरपालिका १ बस्ने बर्ष ३४ का भुवन कुवर, धनगढी उप महानगरपालिका ३ बस्ने बर्ष ३८ का तिलक अधिकारी, धनगढी उप महानगरपालिका १३ बस्ने बर्ष ३४ का रमेश खड्का, धनगढी उप महानगरपालिका ४ बस्ने बर्ष ३५ का खेम राज भट्ट, धनगढी उप महानगरपालिका २ बस्ने बर्ष ४१ का जनक दौल्याल रहेका छन ।
त्यस्तै गोदावरी नगरपालिका १० बस्ने बर्ष २८ का सन्देष तामाङ्, गोदावरी नगरपालिका ३ बस्ने बर्ष ३८ का मोहन खड्का, बैतडीको दशरथ चन्द नगरपालिका ८ बस्ने बर्ष ३१ का अमित गुरु, बझाङको जयपृथ्बी नगरपालिका १० बस्ने बर्ष ३५ का प्रेम बहादुर सिंह, दशरथ चन्द नगरपालिका ४ बस्ने बर्ष ३० का सुर्य भट्ट, बैतडीकै पुर्चौडी नगरपालिका ८ बस्ने बर्ष ५० का कालु सिंह धामी, धनगढी उप महानगर पालिका ३ बस्ने बर्ष ३७ को चन्द्र मणि अधिकारी, दार्चुला नौगाड गाउँपालिका ४ बस्ने बर्ष ३३ का जय सिंह धामी र दार्चुलाकै महाकाली नगरपालिका ४ बस्ने बर्ष ३८ का मंगल ठगुन्ना रहेका थिए ।