बझाङ - मंसिर अन्तिम सातायता पटकपटक भएको हिमपातले बझाङमा ६ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । हिउँमा फसेर ३ जनाले ज्यान गुमाएका छन् भने २ हजारभन्दा बढी पशु चौपाया मरेका छन् । मंसिर अन्तिम साता पहिलो पटक भएको हिमपातमा परेर जडीबुटी संकलन गर्न गएका सुर्मा गाउँपालिकाका २ जनाले ज्यान गुमाएका थिए ।
गाउँबाट एक दिनको पैदल दूरीमा रहेको ओखल भन्ने जंगलमा जडीबुटी संकलनका लागि पुगेका सुर्मा–१ का कविराज बोहरा र सहदेव बोहराको मृत्यु भएको थियो । सुर्मा–३ का देउसिंह बोहराको पनि पुस तेस्रो साता दौलिचौर बजारबाट घर फर्किदै गर्दा हिउँले पुरिएर ज्यान गएको थियो । हिमपातले सबैभन्दा बढी क्षति साईपाल गाउँपालिकाका भेडापालकलाई र्पुयाएको छ ।
चिसो र चरन अभावले यहाँ २ हजारभन्दा बढी भेडाबाख्रा मरेको साइपालका अध्यक्ष राजेन्द्र धामीले बताए । ‘कसै कसैको त बथान नै रित्तिएका छन् । सबै क्षतिको विवरण आइसकेको छैन,’ उनले भने, ‘अहिलेसम्म २ हजार जति भेडा मरेको जानकारी छ । गाउँपालिकाले सबैतिरको तथ्यांक संकलन गरिरहेको छ ।’मंसिर अन्तिम साता पहिलो पटक भएको हिमपातमा परेर जडीबुटी संकलन गर्न गएका सुर्मा गाउँपालिकाका २ जनाले ज्यान गुमाएका थिए ।
गाउँबाट एक दिनको पैदल दूरीमा रहेको ओखल भन्ने जंगलमा जडीबुटी संकलनका लागि पुगेका सुर्मा–१ का कविराज बोहरा र सहदेव बोहराको मृत्यु भएको थियो । सुर्मा–३ का देउसिंह बोहराको पनि पुस तेस्रो साता दौलिचौर बजारबाट घर फर्किदै गर्दा हिउँले पुरिएर ज्यान गएको थियो । हिमपातले सबैभन्दा बढी क्षति साईपाल गाउँपालिकाका भेडापालकलाई र्पुयाएको छ । चिसो र चरन अभावले यहाँ २ हजारभन्दा बढी भेडाबाख्रा मरेको साइपालका अध्यक्ष राजेन्द्र धामीले बताए ।
‘कसै कसैको त बथान नै रित्तिएका छन् । सबै क्षतिको विवरण आइसकेको छैन,’ उनले भने, ‘अहिलेसम्म २ हजार जति भेडा मरेको जानकारी छ । गाउँपालिकाले सबैतिरको तथ्यांक संकलन गरिरहेको छ ।’मंसिर अन्तिम साता पहिलो पटक भएको हिमपातमा परेर जडीबुटी संकलन गर्न गएका सुर्मा गाउँपालिकाका २ जनाले ज्यान गुमाएका थिए ।
गाउँबाट एक दिनको पैदल दूरीमा रहेको ओखल भन्ने जंगलमा जडीबुटी संकलनका लागि पुगेका सुर्मा–१ का कविराज बोहरा र सहदेव बोहराको मृत्यु भएको थियो । सुर्मा–३ का देउसिंह बोहराको पनि पुस तेस्रो साता दौलिचौर बजारबाट घर फर्किदै गर्दा हिउँले पुरिएर ज्यान गएको थियो । हिमपातले सबैभन्दा बढी क्षति साईपाल गाउँपालिकाका भेडापालकलाई र्पुयाएको छ । चिसो र चरन अभावले यहाँ २ हजारभन्दा बढी भेडाबाख्रा मरेको साइपालका अध्यक्ष राजेन्द्र धामीले बताए ।
‘कसै कसैको त बथान नै रित्तिएका छन् । सबै क्षतिको विवरण आइसकेको छैन,’ उनले भने, ‘अहिलेसम्म २ हजार जति भेडा मरेको जानकारी छ । गाउँपालिकाले सबैतिरको तथ्यांक संकलन गरिरहेको छ ।’अहिलेसम्म साइपालमा ३ करोड बराबरको क्षति भइसकेको र हिमपात भइरहेकाले थप क्षति हुन सक्ने उनले बताए । यो गाउँपालिकाका स्थानीयको मुख्य पेशा भेडापालन हो ।
यहाँका २ सय ५० भन्दा बढी परिवारले २० हजारको हाराहारीमा भेडापालन गरेको भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र बझाङको तथ्यांक छ । हिमपातका कारण साइपालमा भएको खाद्यान्न अभाव भने तत्कालका लागि टरेको उनले बताए । स्थानीयको अग्रसरतामा धलौनबाट उत्तरवर्ती गाउँहरू काँडा, धुली, न्युना जोड्ने रस्यालेकको हिउँमा बाटो बनाएपछि केही खच्चड र स्थानीयले त्यहाँ चामल र अन्य उपभोग्य सामानहरू ढुवानी गरिसकेको धामीले बताए ।
करिब २ दशकपछि भएको बाक्लो हिमपातले बझाङका अन्य स्थानीय तहमा पनि क्षति भएको छ । खप्तड छान्ना गाउँपालिकामा पनि हिमपातले १ करोड २ लाखभन्दा बढी मूल्य बराबरको क्षति भएको छ । बेमौसमी तरकारी खेतीको लागि प्रख्यात यस गाउँपालिकामा बढी क्षति भएको गाउँपालिका अध्यक्ष बर्कबहादुर रोकायाले बताए ।
उनका अनुसार बेमौसमी तरकारी खेती गर्न बनाइएका गाउँपालिकाभरिका २ सय ८ टनेल हाउस र त्यहाँभित्र लगाएको विभिन्न जातको तरकारी हिउँले नष्ट गरेको छ । ओखर, कागती, केरालगायत फलफूल खेती पनि हिमपातले नष्ट गरेको उनले बताए । ‘सबै क्षतिको विवरण संकलन भइरहेको छ,’ उनले भने । छबिसपाथिभेरा गाउँपालिकामा समेत झण्डै १ करोड मूल्य बराबरको क्षति भएको गाउँपालिकाका अध्यक्ष अक्कलबहादुर धामीले बताए ।
यहाँ तरकारी तथा फलफूल खेतीमा सबैभन्दा बढी नोक्सान भएको उनको भनाइ छ । तल्कोट गाउँपालिकामा ३० लाख मूल्य बराबरको पूर्वाधार र कृषि क्षेत्रमा क्षति भएको गाउँपालिकाका अध्यक्ष लालबहादुर बिष्टले जानकारी दिए । दाँतोलीगाड लघु जलविद्युत् आयोजना र मल्लो सुकगाड लघु जलविद्युत् आयोजनाका पोलहरू ढलेर १५ लाख रुपैयाँबराबरको नोक्सान भएको उनले बताए । विद्युत्का पोलहरू भाँचिँदा करिब ७ सय परिवार अहिले अन्धकारमा छन् ।
तरखेतीका लागि बनाइएका ३० भन्दा बढी टनेल भत्किएको गाउँपालिकाले जनाएको छ । यस्तै, हिमपातले मष्टा गाउँपालिकामा ४१ लाख रुपैयाँको बराबरको बालीनाली नष्ट भएको छ । थलारा गाउँपालिकामा पनि १० लाखभन्दा बढीको फलफूल तथा तरकारी खेती नष्ट भएको छ । दुर्गाथली गाउँपालिका जुइलीगाड दोस्रो जलविद्युत् आयोजनामा क्षति भएको छ भने दुईटा घरसमेत भत्किएका छन् ।
यहाँ ३० लाख मूल्य बराबरको क्षति भएको गाउँपालिकाका अध्यक्ष प्रयागराज जोशीले बताए । हिमपातकै कारण केदारस्युँ गाउँपालिकामा १७ लाख र बुंगल नगरपालिकामा १६ लाख बराबरको क्षति भएको छ । यस्तै बिथ्थडचीर गाउँपालिकामा र जयपृथ्वी नगरपालिकाको खेतीपातीमा पनि नोक्सान र्पुयाएको छ । तरकारी तथा कागतीलगायतमा क्षति पुगेको र तथ्यांक लिने काम नसकिएको जयपृथ्वीका कृषि संयोजक रामबहादुर खड्काले बताए । कान्तिपुरवाट