काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को दोस्रो केन्द्रीय कमिटी बैठक आइतवार सकिएको छ । राष्ट्रिय सभागृहमा पाँच दिनदेखि जारी बैठक विभिन्न समसामयिक विषय ११ वटा प्रस्ताव पारित गर्दै सकिएको हो ।
बैठकले भारतले मिचेको ६० हजार हेक्टर भन्दा धेरै नेपाली भूमिदेखि, चीनमा फैलिएको कोरोना भाइरस र इरान–अमेरिकाबीचको द्वन्द्वले मध्यपूर्वमा देखिएको तनावबारे पनि प्रस्ताव पारित गरेको छ ।
नेकपाको बैठकले भारतले २ नोभेम्बर २०१९ मा नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर जारी गरेको राजनीतिक नक्सालाई अमान्य घोषित गरेको छ ।
दार्चुला जिल्लास्थित ती तीनै क्षेत्र तथा नवलपरासीको सुस्ता पनि नेपाली भूभाग नै भएको जनाउँदै नेकपाले भारतबाट लिइएको एकपक्षीय निर्णय अमान्य हुने पनि घोषणा गरेको छ ।
बैठकले इरान–अमेरिका तथा मध्यपूर्वका अन्य देशबीच देखिएको द्वन्द्वको वार्ताद्वारा समाधान हुनुपर्ने प्रस्ताव पारित गरेको छ ।
मध्यपूर्वमा देखिएको तनावका कारण त्यहाँस्थित १० लाख भन्दा धेरै नेपाली प्रभावित हुनेतर्फ सरकारलाई सचेत गराउँदै नेकपाले सबैखाले कूटनीतिक पहल गर्न पनि भनेको छ ।
नेकपाले चीनमा फैलिएको कोरोना भाइरसबारे पनि एक प्रस्ताव पारित गर्दै चीनको प्रयासमा बलियो साथ रहेको जनाएको छ ।
नोभल कोरोना भाइरस नियन्त्रणका लागि चीनले चालेको कदमको प्रशंसा गरेको नेकपाले त्यहाँस्थित नेपालीको आपतकालिन उद्धार गर्न पनि सरकारलाई भनेको छ ।