अत्तरिया -नेकपा स्थायी कमिटी का सदस्य लेखराज भट्टले सुदुरपश्चिमको बिकासको लागी सबै पार्टी एक हुनुको बिकल्प नभएको बताएका छन् । 'बिकासको कुरामा काँग्रेस कम्युनिष्ट भनेर अब हुँदैन,' उनले भने- 'सुदुरपश्चिमको बिकास को मोडेल के हो ? त्यसमा सबै एक ठाउँमा आउनु पर्छ।' नेपालको हरेक परिबर्तनमा सुदुरपश्चिमको महत्वपूर्ण भूमिका खेलेको छ तर राज्यले सुदुरपश्चिमलाई उचित सम्मान गर्न नसकेको उनको भनाई छ ।
पूर्वमन्त्री समेत रहेका नेता भट्टले दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको बार्षिकोत्सब समारोहलाई अत्तरियामा सोमबार सम्बोधन गर्दै भने - 'हाम्रो अबको लडाईं भनेको पार्टी र राज्य सँग रहेको बताए । 'बांकाबिर देखी हामीसम्म आइपुग्दा २००७ सालदेखी अहिले सम्म सुदुरपश्चिमले महत्वपूर्ण बलिदान दिएको छ,' नेता भट्टले भने -'तर अहिले सम्म हाम्रा पार्टीहरुले हामीलाई मन नलागी नलागी पसमार्क मात्रै दिएको छ ,हामीले पाउनु पर्ने डिस्टिङसन हो । त्यसैले हाम्रो लंडाई अब यसको बिरुद्ध हो।'
उनले बिप्लप माओबादी पनि अब शान्तीपूर्ण राजनितीमा आउने दाबी गरे । जसरी सिके रावत शान्तीपूर्ण राजनितीमा आए त्यसरी नै बिप्लपहरु पनि शान्तीपुर्बक मुलधारमा आउनै पर्ने उनको भनाई छ । नेता भट्टले चुरेको संरक्षणमा बिशेष ध्यान दिनु पर्ने बताए । बैग्यानिक बन ब्यबस्थापनको नाममा बनको फडानी गर्ने कार्यलाई अध्यन गरेर मात्रै अगाडी बढाउनु पर्ने उनको धारणा रहेको छ ।
कैलाली क्षेत्र न ४ का संघिय सांसद समेत रहेका नेता भट्टले सुदुरपश्चिम विश्वबिधालयमा राजनितिक भागबण्डा गर्न नहुने बताए । 'राजनितिक भागबण्डा गर्दाको परिणाम अहिले निस्किदै छ,' उनले भने- 'अब यसलाई सुधार गरौ ,हाम्रा मान्छे होइन राम्रा मान्छेहरुलाई विश्वबिधालयमा छनौट गरौ।' उनले सुदुरपश्चिम प्रदेशको राजधानी तेघरीमा राख्ने निर्णय निकै सोचेर गरीएको बताए ।
'अहिले छनौट गरिएको ठाउँभन्दा अर्को कुनै ठाउँ भए देखाउनुहोस म चुनौती दिन्छु,'उनले राजधानी तोकिएको ठाउँको बिरोध गर्ने प्रति इंकित गर्दै भने- 'सबै जाती भाषा र भुगोल मिल्ने ठाउँमा राजधानी नभएर कहाँ हुन्छ त ?' राजधानीको बिषयमा अदालतमा मुद्दा परेको छ तर सरकार र सदन ले गरेको निर्णयलाई अदालतले सम्मान गर्ने उनको भनाई छ ।