अत्तरिया - कैलालीको अत्तरियामा जारी सुदूरपश्चिम प्रदेश स्तरिय ’खुल्ला गोदावरी मेयर कप भलिबल प्रतियोगिता २०७६ 'सम्पन्न भएको भएको छ । गोदावरी नगरपालिका वडा नं १ मा रहेको न्यू सृजनशिल युवा क्लबको आयोजनामा माघ १० गते देखी सुरु भएको प्रतियोगिताको शुक्रवार एक कार्यक्रमका बिच समापन गरिएको हो ।
प्रतियोगिताको गोदावरी नगरपालिकाको नगरप्रमुख हरि सिं साँउदले समापन गर्नुभएको हो । ३ ओटा बिभागिय टोली संगै सुदुरपश्चिमका बिभिन्न जिल्लाका ९ ओटा टिमहरु सहभागी उक्त प्रतियोतिको उपाधि सागर स्पोर्टस युवा क्लब बैतडी जितेको छ । आज भएको फाईलन खेलमा आयोजक न्यू सिर्जनशिल युवा क्लबलाई ३÷२ को सेटले हराउदै बैतडीको सागर स्पोट्स युवा क्लबले उपाधि जितेको हो ।
खेलको पहिलो सेटमा बैतडीले २५÷२० , दोस्रो सेटमा आयोजकले २५÷२१ , तेस्रो सेटमा आयोजकले नै २५÷२० , चौथौमा बैतडीले २५÷१८ र पाचौँमा बैतडीले नै १५÷७ को सेटमा हराउदै विजयी हासिल गरेको हो । प्रतियोगिताको बिजेता हुदै सागर युवा क्लबले २ लाख १ हजार १ सय ११ सहित ट्रफि र प्रमाण पत्र प्राप्त गरेको छ ।
यस्तै दोस्रो भएको आयोजक न्यू सिर्जनशिल यूवा क्लबले १ लाख १ हजार १ सय ११ मा चित्त बुझाएको छ । प्रतियोगितमा प्रमुख प्रसाशकिय अधिकृत अछाम तेस्रो हुदै नगद २० हजार १ सय ११ रुपैया र चौथो भएको नेपाल आर्मी तेघरीले १० हजार १ सय ११ रुपैया सहित ट्रफि र प्रमाण पत्र पुरस्कार प्राप्त गरेका छन् ।
प्रतियोगिताको प्लेयर बैतडीका रविन चन्द भएका थिए । बेस्ट प्लेयर भएका चन्दले नगद १० सहित ट्रफि प्राप्त गरेका छन् । त्यस्तै बेस्ट स्टाइकर बैतडीकै दिनेश चन्द , बेस्ट डिफेण्डर बैतडीकै विनोद चन्द , बेस्ट लेप्टर बैतडीकै महेश खत्री , बेस्ट ब्लकर सिर्जनशिल युवा क्लबका सुरेन्द्र बम र राईजिङ प्लेयर सिर्जनशिलकै गौरब पाण्डे भएका छन् ।
उनीहरुले समान ५÷५ हजार नगद प्राप्त गरेका छन् । नेपाल भ्रमण बर्ष २०२० लाई मध्यनजर गर्दै तराईका जिल्लाहरुमा लोप हुने अबस्थामा पुगेको भलिबल खेललाई उजागर गर्नका लागि प्रतियोगिताको आयोजना गरिएको प्रतियोगिताका संयोजक बिक्रम बिष्टले जानकारी दिए ।
गोदावरी नगरपालिका प्रबद्धक रहेको उक्त प्रतियोगितमा सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाका टिम संगै बिभिन्न नगरपालिका , गाउपालिका र क्लबहरु , नेपाल आर्मी , नेपाल प्रहरी र सशस्त्र प्रहरी गरि ३ वटा बिभागिय टोलीले सहभागित जनाएका थिए । आयोजक न्यू सिर्जनशिल युवा क्लबका अध्यक्ष नर बहादुर राईको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा गोदावरी नगरपालिकाका नगरप्रमुख साउँद प्रमुख अतिथी रहनुभएको थियो ।