अत्तरिया - पत्रकार खकेन्द्र जैशी र मोडल आलोक जंग साउँदले सरस्वती पुजाको अबसरमा एक विकट ठाँउमा रहेको बिधालयलाई सहयोग गरेका छन् । रेडियो सुनौलो एफएम १०५.६ मेघाहर्जका प्रबन्ध निर्देशक समेत रहेका पत्रकार जैशी र आई.टि कम्प्युटर धनगढीका संचालक रहेका चर्चित मोडल आलोक जंग साउदले कैलालीको चुरे गाउपालिका ४ बालुवागडामा रहेको सूर्यमुखी आधारभुत बिधालयमा सयुक्त रुपमा खेलकुद तथा स्टेसनरी समानहरु सहयोग गरेका हुन् ।
पछिल्लो समय आफुहरुले सामाजिक कामहरु गर्दै आएको र त्यसको निरन्तरता स्वरुप सरस्वती पुजाको अबसरमा आफुहरुले भौगोलिक रुपमा विकट र गरिब दुखी परिवारका छोराछोरी अध्ययन गर्ने आर्थिक हिसाबमा कमजोर रहेको बालुवागडामा रहेको सूर्यमुखी बिधालयमा खेलकुद तथा स्टेसनरी समान हस्तान्तरण गरेको पत्रकार खकेन्द्र जैशिले बताए ।
माघ १६ गते सरस्वती पुजाको दिन उक्त सामाग्री बितरण गरेको पत्रकार जैशिले बताए । आई.टि.कम्प्युटर धनगढिका सञ्चालक आलोक जंग साउँदको सभाध्यक्ष्यमा भएको कार्यक्रमका प्रमुख अतिथि चुरे गाउँपालीका वडा नं.४का वडा अध्यक्ष्य कृष्ण बहादुर मल्ल रहनुभएको कार्यक्रममा चुरे गाउँपालीका वडा नं.४का वडा सदस्य पदम ब.गुरुङ र ने.क.पा. गौरीगंगा नगरपालीका गाउँ कमिटि सदस्य प्रकाश गरुङ बिशिष्ट अतिथि रहनुभएको थियो।
अतिथिमा सुनौलो एफ.एम.१०५.६ मेघाहर्जका स्टेसन मेनेजर मञ्जु भण्डारी , आई.टि कम्प्युटर धनगढिका प्रशिक्षक विष्णु चौधरी, शुरेश भण्डारी, अरुण ज्ञवाली , श्री सुर्यमुखि आधारभुत विधालयका प्र.अ. योगेन्द्र देउवा, विधालय व्यवस्थापन समितिका पदाधिकारी ,शिक्षाप्रेमि, महिला स्वयमसेविका पत्रकार र प्रहरी लगायत स्थानियहरुको उपस्थिति रहेको थियो।
गरिब तथा जेहेन्दार स–साना बालबालिका लाई राहत होस भनेर आफुहरुले बिकट चुरे ४ मा रहेको उक्त बिधालयमा अध्यनरत बिद्यार्थी हरुका लागी फुटबल , भलिबल , ब्याटमिन्टन,जाली,प्रत्येक कक्षामा प्रथम ,दितिय ,र तेर्सो हुने बिद्यार्थी लाई पुरस्कार लगायत का सामाग्री प्रदान गरेको चर्चित मोडल आलोक जङ्ग साउदले बताउनु भयो ।
यो आफ्नो सामाजिक कार्यको अन्त नभई शुरूवात भएको बताउदै मोडल साउदले आगामी दिनमा पनि यस्ता सामाजिक कामलाई निरन्तरता दिने बताए । यस भन्दा केहि दिन पहिले मात्र गौरिगङ्गा न.पा ३ मा रहेको कालिका शिबरमा पनि न्यानो लुगा समेत बितरण गरिएको थियो । सुर्यमुखि आधारभुत विधालयका विधार्थिहरुले आफुले विविध किसिमका साम्राग्रीहरु प्राप्त गरेकोमा खुसि व्यक्त गरेका छन्।