अत्तरिया – सुदूपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री कृष्ण राज सुवेदीले शिक्षामा गरेको लगानी कहिले पनि खेर नजाने बताएका छन । बिहिबार अत्तरियामा रहेको पुष्पाञ्जली आवासीय माद्यमिक विद्यालयको ३१ औं बार्षिक उत्सव, अभिवभावक दिवस तथा सरस्वती पूजाको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोन्धन गर्दै मन्त्री सुवेदीले सो कुरा बताएका हुन । उनले अहिलेको समय शिक्षाको युग भएकाले सबैलाई शिक्षित बनाउन आवश्यक रहेको बताए ।
उनले आफ्ना छोराछारीहरुलाई शिक्षित बनाउनको लागि अरु काममा नचाहिदो खर्च गर्नु भन्दा पनि शिक्षामा बढी भन्दा बढी खर्च गरेर पनि राम्रो गुणस्तरिय शिक्षा दिनुपर्ने बताए ।
‘जुन घर परिवारमा पढेलेखेका मानिस हुन्छन । त्यो घर परिवार राम्रो बन्छ । एउटा घर राम्रो बने त्यसले टोल राम्रो बन्छ । टोल शिक्षित भयो भने वडा राम्रो बन्छ । वडा शिक्षित भए नगरपालिका राम्रो बन्छ । नगरपालिका शिक्षित भए प्रदेश शिक्षित हुन्छ । सबै प्रदेश शिक्षित भए राष्ट्र राम्रो हुन्छ ।’ मन्त्री सुवेदीले भने – ‘मलाई विश्वास छ यस क्षेत्रका अविभावक पनि आफ्ना छोराछोरीलाई राम्रो विद्यालयमा गुणस्तरिय शिक्षा पढाउनेमा क्रियाशिल भएर लाग्नु भएको छ ।’ उनले अन्य खर्च भन्दा अन्य विलासिका सामानमा खर्च गर्नु भन्दा योग्य राम्रो छोराछोरी बनाउन लगानी गर्न आग्रह गरे । राम्रो शिक्षा दिनमा गरेको खर्चले भोलीको भबिष्य राम्रो हुने मन्त्री सुवेदीको तर्क थियो । ‘विद्याले सालिन व्यक्ति बनाउन्छ । विद्या पाएको व्यक्तिले पछि आफै धन प्राप्त गर्न सक्छ ।’ मन्त्री सुवेदीले भने – ‘विद्यामा लगानी गरेको कुनै पनि नोक्सान हुन्दैन त्यसैले तपाई विद्यामा लागानी गर्नुस ।’
कार्यक्रममा गोदावरी नगरपालिकाका उपप्रमुख रत्ना कडायतले पुष्पाञ्जली आवासिय मावीले शिक्षा क्षेत्र महत्तपुर्ण भुमिका खेलेको भन्दै प्रसंन्सा गरिन । उनले सरस्वती पूजाको अवसरमा गरिएको कार्यक्रम मार्फत सबैमा सकारात्मक सोच र राम्रो विचार आवोस भन्दै शुभकामना दिईन् ।
विद्यालयका संस्थापक यम भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि सामाजिक विकास मन्त्री सुवेदी रहेका थिए भने बिशिष्ट अतिथिमा गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायत रहेकी थिईन । कार्यक्रममा एईईमा उत्कृष्ट नतिजा ल्याउने सुरज भट्ट लगायतका बिद्यार्थिलाई पुरस्कृत गरिएको थियो ।
त्यस्तै विद्यालयमा लामो समय देखि नियमित अध्यापन गराउने शिक्षक डमरु राज भट्टलाई एक साताको थाईल्याण्ड टुरको प्याकेज दिने घोषणा गरिएको थियो । विद्यालयकी सस्थापक सदस्य कल्पना भण्डारीले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन विद्यार्थि सुरज भट्ट, कृतिका पाल, दिनेश रोकाया र बिनोद ओझाले गरेका थिए । कार्यक्रममा शिक्षक बिद्यार्थि अविभावक संगै, शिक्षा क्षेत्रमा योगदान दिने बिभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागीता रहेको थियो ।