अत्तरिया - पछिल्लो समय नेपालमा चर्चामा रहेको मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी बारे नागरिक स्तर देखि संसद भवनमा चर्चा परिचर्चा भैरहेका बेला सुदूरपश्चिमका चर्चित लोक दोहरी गायक सौगात ओझाले त्यहि संग सम्बन्धित राष्ट्रप्रेम गित बजारमा ल्याएका छन् । गायक ओझा र चर्चित लोकदोहरी गायिका टिका पुनको स्वरमा रहेको एमसीसी हामीलाई चाँहिदैन , देश बेच्न पाइँदैन भन्ने बोलको गित भरखरै मात्र बजारमा ल्याएका हुन् ।
नेपाली गित संगित बिषेश गरेर सुदूरपश्चिमको आफ्नो भाषा , कला र संस्कृतिको संरक्षण एबम् जर्गेना गर्दै लामो समयदेखी सकृय गायक ओझा सामान्य घरपरिवारबाट हुर्किएका हुन् । डोटीको जोरायल गाउँपालिका सरस्वती नगर सैनेरी लेकमा बुवा भोजराज ओझा र आमा स्वर्गीय भागरथी ओझाको कोखबाट वि.स. २०४३ सालमा जन्मिएका हुन् ।
उनले पढाईलाई पनि निरन्तरता दिदै स्नातक सम्मको अध्ययन गरेका छन् । गायक ओझाले २०७० सालमा आफ्नो पहिलो लोकदोहोरी एल्बम ’मनभित्र तिमी छौं’ र त्यसपछि ’आयो बरै दशैँ तिहार’ बजारमा ल्याइसकेका छन् । चलचित्रमा अभिनय गर्ने पहिलेदेखी नै रुचि रहेको बताउने गायक ओझा उत्तिकै राम्रो अभिनय पनि गर्छन् ।
डोटेली चलचित्र ’ण’ मा भुमिका र कथा लेखन गरेका ओझाले नेपाली चलचित्रका हस्ती विराज भट्टको यहि माघ २४ गते प्रदर्शनमा आउन लागेको चलचित्र ’साङ्लो’ मा पनि अभिनय गरेका छन् । सांगितिक क्षेत्रमा उदाउदै गर्दा आफुले जिवनमा थुप्रै दुख कष्टहरु पनि भोग्नु गरेको उनी बताउदँछन् । उनी २०७१ सालमा डोटीको छतिबनमा भएको सबै भन्दा ठूलो बस दुर्घटनामा परे , जहाँ आफू सक्त घाइते भए भने आफ्नी कलिली फुल जस्तै छोरी र आमालाई गुमाउन पुगे ।
सो बस दुर्घटनामा परी ३१ जनाको ज्यान जानुको साथै दर्जनौ घाइते भएका थिए । छोरी र आमा गुमाएर परिवार बिचल्लीमा पर्दा पनि गायक ओझाले गित संगितको यात्रालाई भने विश्राम दिएका छैनन् । उनले हालसम्म डेढ दर्जन गित सृजना गरिसकेका छन भने त्यत्तिकै मात्रामा स्वर पनि दिइसकेका छन् ।
उनले भरखरै आफ्नै युटुब च्यानल ’डोटेली सौगात ओझा’ बाट केहिदिन अघि जन्मदिनको अवसर पारेर रिलिज गरेका राष्ट्रप्रेमी गित एमसीसी हामीलाई चाँहिदैन , देश बेच्न पाइँदैन सबैले मन पराइरहेका छन् । ओझाले आफ्ना यस अघिका गितहरु धेरै दर्शक स्रोताहरुले मन पराएकोमा यो गितवाट पनि धेरै भन्दा धेरै मायाँ पाउने आशा ब्यक्त गरे । साथै उनले आफ्ना सबै शुभ चिन्तकहरुलाई आफुले थालेको फरक प्रयासलाई हेरेर प्रतिक्रिया दिन पनि अनुरोध गरेका छन् ।
भिडियो हेर्नुस...