अत्तरिया - सुदुरपश्चिम प्रदेशको स्थायी राजधानी कैलालीको अत्तरीयामा पुस २७ गतेदेखी सुरु भएको ‘सुदुरपश्चिम प्रादेशिक महोत्सव २०७६ ’ सम्पन्न भएको छ । ‘सम्वृद्ध सुदूरपश्चिम प्रदेशको आधार कृषि, पर्यटन र व्यापार’ भन्ने मुल नाराका साथ अत्तरिया उधोग वाणिज्य संघको आयोजनामा पाचौं सस्करण रुपमा सुरु भएको प्रादेशिक महोत्सव आईतबार भब्य रुपमा सम्पन्न भएको हो ।
महोत्सबको आज एक भब्य समारोहका बिच नेपाली कागे्रश सुदूरपश्चिम प्रदेश संसदिय दलका नेता डा. रण बहादुर राबलले समापन गर्नुभएको हो । अत्तरिया उद्योग बाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटाको सभापतित्वमा भएको समापन कार्यक्रममा डा। रण बहादुर राबल प्रमुख अतिथी रहनुभएको थियो । कार्यक्रममा धनगढी उपमहानगरपालिकाका नगरप्रमुख नृप बहादुर वड , गोदावरी नगरपालिकाका उपप्रमुख रत्ना कडायत र नेपाल उधोग वाणिज्य महासंघ सुदुरपश्चिम प्रदेशक अध्यक्ष शंकर बोगटी बिशिष्ट अतिथी रहनुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी डा.राबलले प्रदेश सरकारले ब्यवसायीहरुको संरक्षण र हक हितका लागि केहि पनि गर्न नसकेको बताए । उनले सरकारले बोली अनुसारको काम गर्न नसकेको बताए । सरकारले सुदूरपश्चिममा नयाँ नयाँ उधोग धन्दा कलकारखानाहरुको विस्तार गर्नका लागि ब्यवसायीहरुमा लगानी मत्री वाताबरण सिर्जना गर्नुपर्ने बताए । उनले उधोग वाणिज्य संघले उद्घाटन सत्रमा बिभिन्न मागहरु राखेर प्रदेश सरकारलाई बुझाएको ज्ञापन पत्रमा उल्लेख गरिएका मागहरु अत्यन्तै आवश्यक रहेकाले ति मागहरु पुरा गर्न सरकारले काम गर्नुपर्ने बताए ।
उनले सुदूरपश्चिम प्रदेश धार्मीक , ऐतिहासिक , पर्यटकिय र प्राकृतिक सौर्दयताले भरिपूर्ण प्रदेश भएकाले यही प्रदेशमा लाखौ पर्यटकहरु भित्रयाउन सकिने बताए । 'हाम्रो प्रदेश भारतसंग निकै नजिक छ अहिले सरकारले नेपाल भ्रमण बर्ष २०२० मनाइरहेको छ' उनले भने -'यो बेला प्रदेश सरकारले यहाँ प्रमुख पर्यटकिय क्षेत्रको संरक्षण , सम्बद्धन र प्रचारप्रसारमा जोड दिएमा यहि दिनको हजारौ , लाखौ पर्यटकहरु भित्रयाउन सकिन्छ ।' सरकारले बोलीमा भन्दा पनि काम गरेर देखाउनुपर्ने बेला आएको उनको भनाई छ । पुस २७ देखी माघ ७ गते सम्म संचालन हुने भनिएको महोत्सव बिचमा बर्षाका कारण २ दिन स्थागित गर्नुपरेको थियो ।
त्यसपछि दर्शकहरुको माग र उत्साहलाई मध्यनजर गर्दै ५ दिन थप गरेर आज समापन गरिएको अत्तरिया उधोग बाणिज्य संघका महासचिब यज्ञराज जोशीले जानकारी दिए । उनले विगतका बर्षहरु भन्दा यस बर्ष महोत्सव भब्य र सभ्य रुपमा सम्पन्न भएको बताए । १३ दिन सम्म संचालन भएको उक्त महोत्सब अबधिभर ढाई लाख दर्शकहरुले अबलोकन गरेको आयोजकले बताएको छ ।
महोत्सबलाई सफल पार्न सहयोग गर्ने सम्पुर्ण सहयोगिदाताहरुलाई अत्तरिया उधोग वाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटाले धन्यवाद दिए । उनले सबैको साथ र सहयोगमा महोत्सव भब्य रुपमा सम्पन्न भएकाले आगामी दिनहरुमा पनि यस्तै साथ सहयोगको अपेक्षा गरेको कार्यक्रममा बताए । समापन कार्यक्रममा चर्चित लोकपप गायक अर्जुल कौशल र सुदूरपश्चिमका देउडा गायक सुरत राबल डोटेली कान्छाले आफ्ना गित मार्फत सहभागीहरुलाई नचाएका थिए ।
संस्थाका बरिष्ठ उपाध्यक्ष कल्याण सिं बोहराले स्वागत मन्तब्य राखेको कार्यकमको संचालक महासचिब यज्ञराज जोशीले गरेका थिए । महोत्सबमा दैनिक स्थानिय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति संगै दर्शकहरुको मनोरञ्जनका लागि अत्तरियामा रहेको लामी तालमा डुगांको ब्यबस्था , रमाईलो मेला , बाल उधान , बिभिन्न प्रकारका १ सय ५० वटा स्टल लगाएत बिभिन्न आर्कषणहरु रहेका थिए ।