अत्तरिया – कैलालीको अत्तरियामा सुदुरपश्चिम प्रदेश स्तरिय ‘गोदावरी मेयर कप भलिबल प्रतियोगिता २०७६’ खुला भलिबल प्रतियोगित सुरु भएको छ । न्यु सृजनशिल युवा क्लबको आयोजनामा भएको प्रतियोगिताको आईतबार एक कार्यक्रमका बिच गोदावरी नगरपालिकाका नगरप्रमुख हरी सिं साउँदले उद्घाटन गरेका छन ।
कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख साउँदले युवाहरुको प्रतिभा पस्फुटन गर्नका लागि गोदावरी नगरपालिका सदैभ युवाको साथमा रहेको बताए । उनले नगरपालिकाले प्रत्येक वडामा खेलकुदको विकास गर्नका लागि वडा वडामा बिभिन्न कार्यक्रम संचालन भईरहेको बताए ।
उनले गोदावरी नगरपालिकामा फुटबल प्रतियोगिता धेरै भएपनि भलिबल प्रतियोगिता नभईरहेको अबस्थामा सृजनशिल युवा क्लबले प्रतियोगिताको आयोजना गरेकोमा क्लवलाई धन्यावाद दिए । ‘युवा जनशक्तिलाई कुनै न कुनै ठाउँमा व्यवस्थापन गर्नै पर्छ ।’ नगरप्रमुख साउँदले भने –‘युवामा भएको प्रतिभालाई स्थापित गर्न खेलकुदका कार्यक्रम बढी भन्दा बढी गर्नुपर्ने नगरपालिकाको मान्यता छ ।’ उनले अहिलेका युवाहरु कुलत फसिरहेको अवस्थामा यस्ता खेलकुदका कार्यक्रमले युवालाई कुलतमा फस्नबाट बचाउने बताए । ‘युवा भनेका फुलको बगैचा हुन ।’ नगरप्रमुख साउँदले भने – ‘हामी संग भएको युवाको जनशक्तिलाई व्यवस्थापन गर्ने जिम्मेबारी नगरपालिकाको पनि भएकाले हामी त्यो दायित्व पुरा गर्न लागिपरेको बताए ।’ उनले सृजनशिल युवा क्लवले यस क्षेत्रको खेलकुदको विकासमा ठुलो भुमिका खेलेकोमा प्रसंसा गरे ।
न्यु सृजनशिल युवा क्लबका अध्यक्ष नर बहादुर राईको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख साउँद रहेका थिए । न्यु सृजनशिल युवा क्लबका सस्थापक शर्मानन्द भट्टले स्वागत मन्त्यव्य राखेको कार्यक्रममा नेकपाका प्रदेश समिटि सदस्य उद्धवराज भट्टराई, नेकपा गोदावरी नगरकमिटिका अध्यक्ष गोकर्ण भट्ट, नेपाल भलिबल संघका सचिब जगदीश प्रशाद भट्टले शुभकामना मन्त्यव्य राखेका थिए । उद्घाटन कार्यक्रमको संचालन प्रेरणा पाण्डेले गरेकी थिईन ।
कैलालीको गोदावरी नगरपालिका १ मा भईरहेको प्रतियोगीतामा ९ ओटा टिमको सहभागिता रहेको छ । गोदावरी नगरपालिका पबर्धक रहेको प्रतियोगिताको मुख्य प्रायोजक नेपाल आयल निगम रहेको छ ।
सुदुरपश्मिमै सबैभन्दा बढी धनराशी भएको प्रतियोगीताको विजेता टिमले नगद रु. २ लाख १ हजार र १ सय ११, द्धितिय हुने टिमले १ लाख १ हजार १ सय ११, तृतिय हुने टिमले २० हजार १ सय ११ र चतुर्थ हुने टिमले १० हजार १ सय ११ सहित ट्रफि, र प्रमाणपत्र प्राप्त गर्नेछन । प्रतियोगीताका उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगीता माघ १६ गतेसम्म सञ्चालन हुने छ ।
नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी तराईका दुई जिल्लामा लोप हुने अवस्थामा पुगेको भलिवल खेलको संरक्षण र संवद्धन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ । नेपालमा भलिबल प्रतियोगितालाई २०६४ जेठ ८ गते राष्ट्रिय खेलकुदको मान्यता दिईएको थियो ।