अत्तरिया - राष्ट्रिय जनमोर्चा धनगढी उपमहानगर समितीको भेला सम्पन्न भएको छ । शनिवार सम्पन्न भेलाले डबल बोगटीको नेतृत्व मा १३ सदस्यिय नगर समिती चयन गरेको छ ।
जसको उपाध्यक्ष जगदिश राना , सचिब टिकाराम नेपाली , सह सचिब अन्जना मास्के , कोषाध्यक्षमा राम किसन राना चयन भएका छन् । सदस्यहरुमा शिबराज जैशी,मान कुमारी सोब,छोटेलाल राना,मान ब चौधरी, दिनेश आउजी, सोनु कुमारी चौधरी, खडक सिह चन्द चयन भएका छन् भने एक पद रिक्त रहेको छ ।
नगर समितिका जेस्ठ सदस्य चन्द्र बहादुर बिस्टको अध्यक्षतामा भएको भेलामा राष्ट्रिय जनमोर्चा कैलाली जिल्ला समिती सचिब जगत प्रसाद जोशी प्रमुख अतिथी रहनु भएको थियो ।
कार्यक्रममा अखिल नेपाल जनजाती सम्मेलनका केन्द्रिय कोषाध्यक्ष खडक राना, रक्तिम सास्कृतिक अभियानका केन्द्रिय सदस्य बाबुराम आचार्य , अखिल नेपाल महिला संघका जिल्ला उपाध्यक्ष अन्जना मास्के , अखिल नेपाल बुद्धिजीवी संघका जिल्ला कोषाध्यक्ष शोभामणी भट्ट लगायतले शुभकामना मन्तब्य राखेका थिए । टिकाराम नेपालीले स्वागत मन्तब्य राखेको कार्यक्रमको संचालन डबल बोगटीले गरेका थिए ।