महेन्द्रनगर – क्रियाशील दलित पत्रकार संघ नेपालको प्रथम कञ्चनपुर जिल्ला भेला सम्पन्न भएको छ । बिहिबार महेन्द्रनगरमा सम्पन्न भेलाले खड्क बहादुर कोलीको अध्यक्षतामा जिल्ला कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा धन बहादुर बिक, सचिवमा अशोक सार्की, सहसचिवमा राकेश सार्की, कोषध्यक्षमा अनु विक चयन भएका छन । त्यस्तै सदस्यहरुमा पवन औजी, आरती एसके र एश्वर्या कुवँर रहेका छन ।
निर्विरोध निर्वाचित पदाधिकारीहरुलाई निर्वाचन मण्डलका संयोजक रनी विवसको अध्यक्षतामा बसेको बैठकबाट प्रमाणपत्र वितरण गरिएको थियो ।
बन्द सत्र अगाडी भएको उद्घाटन कार्यक्रम क्रियाशिल दलित पत्रकार संघ नेपालका केन्द्रिय सदस्य एवम सुदूरपश्चिम ईचार्ज धर्म सिह बिकको अध्यक्षतामा सम्पन्न भएको थियो । उद्घाटन कार्यक्रका प्रमुख अतिथि प्रेस संगठन नेपालका सुदूरपश्चिम संयोजक राम सिह ठगुन्ना रहेका थिए ।
प्रेस संगठन नेपालका सुदूरपश्चिम संयोजक ठगुन्नाले संगठनले बल दिने भएकाले दलित पत्रकार संगठित हुनु राम्रो भएको बताए । सामाजमा विगतका दिन देखि विभेद देख्दै आएका छौ तर अब भने यस्ता बिभेद हटाउन आवश्यक रहेको संयोजक ठगुन्नाले बताए । उनले क्रियाशिल दलित पत्रकार संगठनले पनि अबको समाजमा कसैले पनि हेपिएर चेपिएर नबस्नुपर्ने चेतनाको विकास गर्न आवश्यक रहेको बताए ।
क्रियाशिल दलित पत्रकार संघ नेपालका केन्द्रिय सदस्य एवम सुदूरपश्चिम ईचार्ज धर्म बिकले पत्रकार वर्ग र जातीका आधारमा नहुने भएपनि कमजोर समुदायको आवाज मिडियामा ल्याउन संगठन आवश्यक रहेको बताए । उनले एउटा पत्रकारको कलम डगमगाए समाज नै डगमगाउने डर हुने भएकाले पत्रकारले सत्यताको पछाडी, अनियमितताका पछाडी र असामनताका पछाडी कलम चलाउन आवश्यक रहेको बताए ।
कार्यक्रममा भिमदत्त नगरपालिकाका प्रेश सल्लाहाकार रनी विवश, गैसस महासंघ कन्चनपुरका अध्यक्ष नरेश सिलाल, क्रियाशिल दलित पत्रकार महासंघ नेपाल कैलालीका अध्यक्ष महेश कुमार महर, रेडियो नेपालका कन्चनपुर सम्वादाता सरिश चन्द्र बाग, नेपाल पत्रकार महासंघ कन्चनपुरका सह सचिव मोहन बिष्ट लगायतका वक्ताहरुले शुभकामना मन्त्यव्य राखेका थिए ।
क्रियाशिल पत्रकार संघ नेपाल सुदूरपश्चिमका महासचिव लाल बहादुर एसकेले स्वागत मन्त्यव्य राखेको कार्यक्रमको संचालन क्रियाशिल पत्रकार संघ नेपाल सुदूरपश्चिमका सह सचिव कृष्ण नेपालीले गरेका थिए ।
‘सामाजिक न्याय, सुशासन र समाबेशी लोकतन्त्र, स्वस्थ व्यावसायिक र मर्यादित पत्रकारिता हाम्रो मुल मन्त्र’ भन्ने नारा बोकेको क्रियाशिल दलित पत्रकार संघ नेपालको जिल्ला सम्मेलनमा कन्चनपुर जिल्लामा रहेका क्रियाशिल दलित पत्रकारहरु, बिभिन्न संघसस्थाका प्रतिनिधि, पत्रकार संग सम्बन्धित संघ सस्थाका प्रतिनिधि लगायतको सहभागीता रहेको थियो ।