अत्तरिया - गृहमन्त्रालयको निर्देशन अनुसार सुदूरपश्चिमका बिभिन्न जिल्लाहरुमा रहेका छाउगोठ भत्काउने अभियानलाई तिब्रता दिइएको छ । स्थानिय जनप्रतिनिधि र प्रहरीले सक्रियता बढाउदै गएपछि छाउगोठ भत्काउन अभियानलाई तिब्रता दिइएको हो ।
कञ्चनपुरको शुक्लाफाटा नगरपालिकामा पनि गत पुष २८ गते बाट संचालन गरिएको अभियान अन्तर्गत बिहीवार कन्चनपुरको शुक्लाफाटा नगरपालिका वडा नम्बर ९ मा पनि संचालन गरिएको छ । शुक्लाफाटा नगरपालिकाको वडा नम्बर ४ बाट संचालन गरिएको कार्यक्रम शुक्लाफाटा नगरपालिका वडा नम्बर ११ अमरपुर पछि बिहीवार शुक्लाफाटा नगरपालिकाको वडा नम्बर ९ सिसैयामा पनि संचालन गरिएको ईलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।
छाउपडि प्रथा विरूद्व सरकारले अभियान शुरू गरे संगै शुक्लाफाँटा न.पा.अन्तर्गत रहेका वडा नम्बर ४ मा १०,वडा नम्बर ११ मा २६ र वडा नम्बर ९ मा १८ गरि हाल सम्म ५४ वटा छाउगोठ भत्काउने कार्य सम्पन्न गरेको छ । ९ नम्बर वडाका वडा अध्यक्ष रमेश वहादुर ऐरले परापुर्व समय देखि चलि आएको छाउपडी प्रथा मान्दै महिला दिदि बहिनीहरुले छाउगोठमा वस्दा असुरक्षित हुने हुँदा विभिन्न खाले समस्या भोग्नु परिरहेको बताएका छन ।
छाउ गोठमा बस्दा महिला हिंसा संगै ज्यानै जान सक्ने खतरा वढदै गएकाले गोठ भत्काउन थालिएको वताए । अझै सम्म पनि हाम्रो समाजमा महिनावारी हुदा छाउगोठमा अलग्गै वस्ने चलन निकै चुनौति पुर्ण छ । वडा अध्यक्ष ऐरले भने अन्ध बिस्वास संगै धार्मिक कारणले समाजमा यो कुप्रथाले जरागाडेको बताए । उनले शिक्षा जनचेतना अभावका कारण पनि यो छाउपडिले निरन्तरता पाईरहेको समेत दाबि गरेका छन् । अब छिट्टै ९ नम्बर वडा कार्यालयले टोल,टोलमा जनचेतना जगाई छाउगोठ मुक्त वडा वनाईने वडा अध्यक्ष ऐरले दावि गरे ।
छाउपडि प्रथा उन्मुलनका लागि र महिलाहरूलाई सुरक्षित रूपमा वस्ने वातावरणको ग्यारेन्टीका लागि छाउगोठ भत्काउने अभियान थालनी गरिएको ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरिक्षक धर्मेन्द्र रावलले वताए । उनले छाउगोठ भत्कायर मात्रै समस्या हल नहुनेहुदा यो नराम्रो प्रथा भएकाले अन्तर आत्मावाटै सोचेर भित्रि मन भत्काउन सके मात्रै हामि सफल हुने वताए ।
छाउपडि प्रथालाई पहिलो पटक मुलुकि अपराध संहिता २०७४ ले फौजदारि अपराध भनेकोछ,संहितामा छाउपडि वस्न वाध्य गराउनेलाई तीन महिनाको कैद र जरिवानाको व्यवस्था गरिएकोछ । कार्यक्रममा स्थानीय जनप्रतिनिधि,ईलाका प्रहरी कार्यालय झलारीको टोलि सहित स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो ।