काठमाडौ - आज राष्ट्रिय सभा सदस्यको निर्वाचन हुदैछ । राष्ट्रिय सभामा रिक्त रहेको १८ पदका लागि निर्वाचन भैरहेको हो ।
आज हुने निर्वाचनबाट प्रदेश १ मा महिला, दलित र अन्य समूहमा तीनजा, प्रदेश २ मा महिला, दलित, अपाङ्गता भएका व्यक्तिवा अल्पसंख्यक समुदाय र अन्य समूहमा चारजना, बागमती र गण्डकी प्रदेशमा महिला र अन्य समूहमा दुईदुई जान, प्रदेश ५ मा महिला, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय र अन्य समूहका तीनजान, कर्णाली र सुदूरपश्चि प्रदेशमा महिला र अन्य समूह दुईदुई जना गरी जम्मा १८ जना राष्ट्रिय सभा सदस्य निर्वाचित हुने छन् ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आज बिहान १०ः०० बजेदेखि अपरान्ह ४ः०० बजेसम्म मतदान हुने बताए । निर्वाचन आयोगमा हिजो आयोजित पत्रकार सम्मेलनमा उनले मतदान सकिए पछि आजै मतगणना शुरु गररे सबै परिणाम सार्वजनिक गर्ने गरी तयारी गर्न निर्वाचन अधिकृतहरूलाई निर्देशन दिइएको बताए ।
राष्ट्रिय सभा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष एवंम शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने कार्यमा सहयोगका लागि सरोकारवाला सबैमा प्रमुख निर्वाचन आयुक्त थपलियालले आग्रह गरे । सात वटै प्रदेशका उच्च अदालत रहेको जिल्ला सदरमुकाममा तोकिएको मतदानस्थलमा मतदान हुनेछ ।
निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी नेकपा, नेपाली कांग्रेस, समाजवादी पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीगरी ६ राजनीतिक दलका तर्फबाट ४५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । प्रदेश सभा सदस्य तर्फका पाँच सय ५० र स्थानीय तह तर्फ एक हजार पाँच सय छ गरी जम्मा दुई हजार ५६ मतदाता रहेको आयोगले जनाएको छ ।
यता सूदुरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्य पदका लागि चार जनाको उम्मेदवारी परेको छ । निर्वाचित २ पदका लागि बिभिन्न पार्टीवाट ४ जनाको उम्मेदवारी परेको हो । महिलातर्फ नेकपाले शारदा भट्ट तथा अन्य समूह तर्फ तारामान स्वार र नेपाली काँग्रेसले महिला तर्फ तुलसी देवकोटा तथा अन्य समूह तर्फ प्रतापसिंह ठगुन्नाले उम्मेदवारी दिएका छन् ।