अत्तरिया – स्वास्थ्य तथा जनसङख्या मन्त्री भानुभक्त ढकालले सुदूरपश्चिममा रहेका स्वास्थ्य समस्या सामाधानमा राज्यले विशेष ध्यान दिने बताएका छन । सोमबार कैलालीको श्रीपुरमा निर्माण गरिएको लक्ष्मी नारायण क्षयरोग प्रेषण केन्द्रको उद्घाटन गर्दै मन्त्री ढकालले अन्य ठाउँको तुलनामा सुदूरपश्चिममा स्वास्थ्य समस्या बढी भएकाले यस क्षेत्रमा राज्यले बिशेष ध्यान दिने बताएका हुन ।
उनले यस क्षेत्रमा चिकित्सकको अभाव सामाधानका लागि पनि आफूले पहल गर्ने बताए । आजको भोली चिकित्सकको अभाव पुर्ती नभए पनि परिणाममा देखिने गरी मन्त्रालयले काम गर्ने मन्त्री ढकालले बताए ।
यस्तै सोहि कार्यक्रममा बोल्दै सुदूपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्ण राज सुवेदीले क्षयरोग निवारणका लागि बेल्जियमको राजपरिवारले खेलेको भुमिकाको प्रसंसा गरे। उनले सुदूरपश्चिमका जनताको स्वास्थ्य प्रति प्रदेश सरकार गम्भिर रहेको बताए ।
गोदावरी नगरपालिकाका नगरप्रमुख हरी सिं साउँदले कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्दै वेल्जियम अधिराजकुमारी र अधिराजकुमारले यस क्षेत्रको भ्रमण गरेकोमा धन्यावाद ज्ञापन गरे ।
प्रेषण केन्द्रको सोमबार एक कार्यक्रमका बेल्जियमकी अधिराजकुमारी एस्ट्रीड र स्वास्थ्य तथा जनसङख्या मन्त्री ढकालले सयुक्त रुपमा उद्धघाटन गरेका छन । अधिराजकुमारी नै मानार्थ रहेको डेमिन फाउन्डेसन पनि केन्द्रको भवन निर्माण र प्राबिधिक सहयोग गरेको छ । बेल्जियम अधिराजकुमारी एस्ट्रिस संगै अधिराज कुमार लरोन्स पनि सहभागी थिए । १९८० यता बेल्जियम राजपरिवारबाट नेपालमा भएको यो पहिलो भ्रमण हो ।
कैलालीको गोदावरी नगरपालिकाको ६ मा रहेको प्रेषण केन्द्रलाई मानव संसाधन विकास प्रतिष्ठान धनगढीले संचालन गर्ने छ । प्रेषण केन्द्रको क्षयरोगिको निःशुल्क उपचार गरिने छ । प्रेषण केन्द्र करिब साढे तिन विगाहामा रहेको छ । प्रदेश सरकारले क्षयरोगको लागि ४० लाख रकम छुट्याएको छ । मानव संसाधन विकास प्रतिष्ठान धनगढीका अध्यक्ष लक्ष्मी राज पन्तले केन्द्रमा अहिले ११ जना बिरामी उपचारार्थ रहेको बताए ।
समितिका महासचिव पदमराज जोशीले प्रेषण केन्द्रबाट क्षयरोगको उच्च जोखिममा रहेका बिरामीको उपचार गरिने बताए । कैलाली कंचनपुर क्षयरोगको दृष्टिकोणले उच्च जोखिममा रहेका जिल्ला मानिन्छन । क्षयरोग प्रेषण केन्द्रको निर्माण जनस्तरबाट गरिएको हो ।