अत्तरिया - कैलालीको गोदावरी नगरपालिका वडा नं १ मा रहेको गुरासँ एकेडेमी सेकेण्डरी बोर्डिङ स्कूलले आफ्नो ७ औँ बार्षिक उत्सब तथा अभिभावक दिवस भब्यताका साथ मनाएको छ । शिक्षा क्षेत्रमा स्थापना भएको छोटो समयमा आफ्नो छुट्टै पहिचान बनाउन सफल यस बिधालयले शुक्रवार बिबिध सास्कृतिक कार्यक्रमका साथ ७ औँ बार्षिक उत्सब तथा अभिभावक दिवस मनाएको हो ।
शिक्षक अभिभावक संघका अध्यक्ष पि आर चटौतको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली सिने जगतका माहानायक एबम् बौद्धिक ब्यक्तित्व राजेश हमाल प्रमुख अतिथी रहनुभएको थियो । यस्तै कार्यक्रममा अत्तरिया उधोग बाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटा , अत्तरिया उधोग बाणिज्य संघका संस्थापक अध्यक्ष बसन्त रोकाया ललित , गोदावरी एफ एमका प्रबन्ध निर्देशक गोबिन्दा रोश्यारा , दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डम्बर पाल र समाजसेवी रण बहादुर खड्का बिशिष्ट अथिती रहनुभएको थियो ।
कार्यक्रममा बाल्दै प्रमुख अतिथी नेपाली सिने जगतका माहानायक एबम बौद्धिक ब्यक्तित्व राजेश हमालले समाज परिर्वतनको प्रमुख आधार शिक्षा नै भएकाले दुरदराजमा रहेका नेपालीहरुमा शिक्षाको पहुच नपुगे सम्म कुनै पनि गाउ , समाज र देशको बिकास हुन नसक्ने बताए ।
उनले स साना बालबालिकाहरु पहिलो पाठशाला उनका आमाबुवा भएकाले आफ्ना नानीबाबुहरुको बिषेश ख्याल गर्न अभिभावकहरुलाई अनुरोध गरे । बिधालयको भावी योजनाहरु बारे बताउर्दै गुरासँ एकेडेमीका संस्थापक प्रिसिपल डम्बर सिंह कडायतले स्थापना भएको छोटो समयमै धेरै अभिभावकहरुले मन जित्न सफल भएको बिधालयले बिधार्थीहरुको पढाई संगसंगै अन्य अतिरिक्त क्रियकलापहरुलाई जोड दिइरहेको बताए ।
उनले शैक्षिक सत्र २०७४ सालको एसईई परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस बिधालयले बिधार्थीहरुको शैक्षिक गुणस्तरमा कुनै कमी हुन नदिने बताए । बिधालयमा अध्यनतर बिभिन्न बिधामा उत्कृष्ट हुन सफल बिधार्थीहरुलाई पुरस्कार वितरण गरिनुका साथै बिभिन्न क्षेत्रमा रहेर यस क्षेत्रको विकासका लागि पुञ्याएको योगदानको कदर गर्दै बिभिन्न ब्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो ।
बिधालयका शिक्षक बेद प्रकाश महराको स्वागत मन्तब्यवाट सुरु भएको कार्यक्रमको संञ्चालन संचारकर्मी हेमराज भट्ट र निर्मला खडायतले गर्नुभएको थियो ।