घोडाघोडी – नेपाल भ्रमण बर्षलाई लक्षित गरी क्रियाशिल दलित पत्रकार संघ नेपाल (आड्जोन) कैलाली शाखाको पहिलो बैठक शनिबार घोडाघोडी ताल परिसरमा सम्पन्न भएको छ । कैलालीको मुख्य प्रर्यटकीय स्थल घोडाघोडीको प्रचारप्रसार संगै क्रियाशिल दलित पत्रकार संघ नेपाल कैलाली शाखाको भावी योजना सम्बन्धि छलफल गर्ने उद्देश्यले बैठकको आयोजना गरिएको हो ।
क्रियाशिल दलित पत्रकार संघ नेपालका केन्द्रीय सदस्य रमेश टमट्टाको बिशेस आतिथ्यतामा भएको बैठकको अध्यक्षता कैलाली शाखाका अध्यक्ष महेश कुमार महरले गरेका थिए । बैठकमा शाखाले गर्ने भावी योजना र कार्यक्रमका बारेमा छलफल भएको थियो ।
बैठकमा दलितका मुद्दाहरु बढी भन्दा बढी मिडियामा ल्याउने, स्थानिय सरकारसंग समन्वय गरी समुदायमा पिछडिएका वर्ग तथा समुदायको लागि कार्यक्रम संचालन गर्ने, स्थानिय तहका दलित जनप्रतिनिधिको भुमिका र अवस्थाका बारेमा कार्यक्रम संचालन गर्ने बिषयमा छलफल भएको समितिका सचिव मंगल बास्कोटीले बताए ।
यस्तै समितिका जिल्ला अध्यक्ष महरले दलित समुदायका अधिकार सुनिश्चीत र सुचनाको हक सम्बन्धी जानकारी दिन क्रियाशिल दलित पत्रकार संघ नेपाल कैलाली शाखाले अन्तरक्रिया गर्ने निर्णय गरेको बताए ।
उनले स्थानिय तहको निर्वाचनमा निर्वाचित भएका दलित जनप्रतिनिधीहरुलाई अझै पनि अधिकार र सुचनाको हक सम्बन्धी जानकारी नहँुदा आफ्ना एजेण्डाहरुलाई प्रष्ट रुपमा स्थापित गर्न नसकेकाले अन्तरक्रियाको माध्यमबाट शसक्त रुपमा अगाडी आवाज उठाउन संघले पहल गर्न बताए ।
बैठकमा देशव्यापी रुपमा क्रियाशील पत्रकारहरुलाई संगठित गर्ने, दलितका मुद्दाहरु बढी भन्दा बढी मिडियामा ल्याउने, सञ्चार नीतिहरु समावेशी लोकतन्त्रको मुल्य मान्यता अनुरुप बनाउनका लागि अपिल गर्ने, उद्देश्यका साथ देशका बिभिन्न ठाउँमा क्रियाशिल दलित पत्रकार संघ नेपालले शाखा गठन गर्दै गरेको केन्दीय सदस्य रमेश टमट्टाले जानकारी दिए ।
बैठकले शाखाकोे आगामी बैठक उत्पीडनमा परेका दलित समुदमा गएर गर्ने निर्णय गरेको समितिका सचिब बास्कोटीले बताए ।