अत्तरिया – कैलालीको गोदावरी नगरपालिका ५ मा न्यायिक अधिकार सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । न्यायिक समितिको आयोजनामा न्यायिक अधिकार सम्बन्धि अभिमुखिकरण कार्यक्रम बिहिबार नगरपालिकाको वडा नम्बर ५ मा सम्पन्न भएको हो । वडा अध्यक्ष कर्ण सिह बोहराको अध्यक्षतामा भएको अभिमुखिकरण कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगरप्रमुख हरी सिं साउँद रहेका थिए भने विशिष्ट अतिथिमा नगर उपम्रमुख रत्ना कडायत रहेकी थिईन । कार्यक्रमा प्रशिक्षण अधिवक्ता गणेश कडायतले गरेका थिए । कार्यक्रमको संचालन सहायक महिला विकास निरिक्षक धना जोशीले गरेकी थिईन् ।
न्यायिक समितिकी संयोजक समेत रहेकी उपप्रमुख रत्ना कडायतले न्याय सम्पादनमा सबैलाई सचेतना होस भन्ने उद्देश्यले नगरपालिकाले प्रत्येक वडामा न्यायिक अधिकार सम्बन्धि अभिमुखिकरण कार्यक्रमको आयोजना गरिरहेको बताईन । ‘वडा भित्रका वडाअध्यक्ष लगायत जनप्रतिनिधि, वडा सचिव, विद्यालयका प्रधानाध्यापक, सामाजसेवी बुद्धिजिवी, भलमन्सा, स्वास्थस्वयम सेविका, स्थानिय प्रहरी, वडा स्तरका मेलमिलापकर्ता लगायतकालाई समेटेर हामीले प्रत्येक वडामा यो कार्यक्रम गर्दैछौ ।’ उपप्रमुख कडायतले भनीन् – ‘यस कार्यक्रमले सबैलाई न्याय पाउन कहाँ कहाँ जान सकिन्छ, स्थानिय निकायबाट पनि न्याय पाउन सकिन्छ भन्ने जानकारी दिन र सचेत गराउने उद्देश्यले कार्यक्रम आयोजना गरेका हौ ।’
अभिमुखिकरण कार्यक्रम गोदावरी नगरपालिकाका १२ ओटै वडामा सञ्चालन गरिने उपप्रमुख कडायतले बताईन । प्रत्येक वडामा एक एक दिनको अभिमुखिकरण कार्यक्रम हुने छ । अभिमुखिकरण कार्यक्रम माघ १३ गते सकिने छ । गोदावरी नगरपालिकामा अहिले स्थानिय स्तरमा न्याय सम्पादन गर्नका लागि ७४ जना मेलमिलापकर्ता रहेका छन ।
अदालती बाहेक अनौपचारीक प्रक्रियाबाट विवादको शान्तिपुर्ण सामाधान गर्ने सहज सरल, छिटो सरितो र कम खर्चिलो हुने भएकाले मेलमिलापको माद्यमबाट विबाद सामाधान बिधि प्रभावकारी मानिन्छ । मेलमिलाप सम्बन्धि ऐन २०६८ र नियमावली २०७० ले प्रक्रिया र कार्यबिधिको व्यवस्था गरेअनुसार अहिले स्थानिय तहमा पनि विवाद सामाधान गरिदै आएको छ ।