अत्तरिया – गोदावरी नगरपालिकाका नगरप्रमुख हरी सिं साउँदले गोदावरी धाम क्षेत्रको विकासका लागि सबैभन्दा पहिले समग्र गोदावरी क्षेत्र समेटेर गुरु योजना बनाउन आवश्यक रहेको बताएका छन् । गोदावरीमा आयोजिक एक कार्यक्रममा बोल्दे नगरप्रमुख साउँदले गोदावरीमा ठाउँ-ठाउँमा मन्दिर घर बनाएर मात्रै यस क्षेत्रको विकास सम्भव नभएकाले यसको विकासका लागि समग्र क्षेत्र समेटेर पहिले डिपिआर बनाएर मात्रै यस क्षेत्रको विकास गर्न आवश्यक रहको बताए ।
‘यस क्षेत्रमा एक दुई मन्दिर बनाएर हुँदैन । यसको विकासका लागि यस धामको डिपिआर बनाउने पहिलो महत्तपुर्ण काम हो, ’ नगरप्रमुख साउँदले भने –‘हामीले पहिले धामको क्षेत्र खुलाएर डिपिआर बनाउन आवश्यक छ ।’ उनले अहिले सम्म पनि गोदावरी धामको स्पष्ट क्षेत्र तोकिन नसकेकाले गोदावरी धामले समेट्ने क्षेत्र तोकेर डिपिआर बनाउन आवश्यक रहेकोमा जोड दिए । उनले गोदावरी क्षेत्रमा अतिक्रममा पनि सुरु भईसकेकाले यस धामको क्षेत्र तोकि अतिक्रमण तुरुन्त हटाउन आवश्यक रहेको बताए । अहिले संघिय सरकार, प्रदेश सरकार, स्थानिय सरकारले आ–आफ्नो तरिकाले संरचना योजना बनाउने कार्य गरिरहेकोले अलमल जस्तो देखिएको बताए ।
उनले गोदावरी क्षेत्रको विकासका लागि गोदावरी नगरपालिका एक्लैले नसक्ने भएकाले यसका लागि संघिय र प्रदेश सरकारले पनि यस क्षेत्रको विकासका लागि उत्तिकै दायित्व भएको बताए । ‘हामीले यस क्षेत्रलाई राष्ट्रिय, अन्तरारट्रिय स्तरमा चिनाउन सक्दछौ । यस क्षेत्रको विकासका लागि स्थानि सरकारले मात्रै सक्दैन यसका लागि प्रदेश सरकार संघिय सरकार सबै लाग्नु पर्छ ।’ नगरप्रमुख साउँदले भने – ‘यहाँ अहिले स्थानिय प्रदेश सरकारका जनप्रतिनिधी छै यस क्षेत्रको विकासमा हामी सबैको दायित्व छ ।
यस क्षेत्रको विकास गर्नका लागि तिनै तहका सरकार एक ठाउँमा एक योजनाका साथ अगाडी बढ्नु पर्छ ।’ उनले गोदावरी क्षेत्रको विकासका लागि अर्बौ रुपयाँ आवश्यक पर्ने भएकाले यस क्षेत्रको विकासका लागि संघिय सरकार संग पनि कुरा राख्न आवश्यक रहेको बताए । ‘मैले यस क्षेत्रको विकासका लागि केन्द्रिय स्तरका नेताहरु संग पनि कुरा राखेको छु ।’ नगरप्रमुख साउँदले भने – ‘यस क्षेत्रका नेता शेर बहादुर देउवा, भिम रावल, लेख राज भट्ट लगायतका नेताहरुले पनि यस क्षेत्रको विकासका लागि पहल गर्न आवश्यक छ ।’
उनले डिपिआर बनाउन गोदावरी नगरपालिका सहयोग गर्न तयार रहेको बताउँदै यस क्षेत्रको डिपिआर बनाउँदा धार्मिक विज्ञ संग सल्लाह लिन आवश्यक रहेकोमा जोड दिए । नगरप्रमुख साउँदले भने – ‘हामीले यसको डिपिआर बनाउँदा धार्मिक विज्ञ हरु संग पनि छलफलन गर्न आवश्यक छ । हामीले सानातिना मन्दिर लगाएर केहि हुने वाला छैन ।’