अत्तरिया – चर्चित लोक दोहरी गायक पशुपती शर्माले आफ्ना चर्चित गित गाएर मंगलबार अत्तरियामा जारी ‘सुदुरपश्चिम प्रादेशिक महोत्सव २०७६’ दर्शकलाई भरपुर मनोरन्जन दिएका छन । उनले आफ्नो चर्चित गित ‘लुट्न सके लुट’ गाउँदा सबैभन्दा बढी दर्शकबाट साथ पाएका थिए । पशुपति शार्मा मञ्चमै आउने बितिकै दर्शकहरुले ‘लुट्न सके लुट कान्छा’ बोलको गित गाउँन हुटिङ नै गरेका थिए ।
सरकारले लुट्न सके लुट गित युटुबबाट हटाउन लगाएको भएपनि उनको यो गित अहिले पनि सामाजिक संजाल र मञ्चहरुमा सबैभन्दा बढी दर्शकहरुको डिमाण्ड हुने गरेको छ । गायक शर्माले १ घण्टा लामो समय सम्म बिभिन्न गित गाएर दर्शकहरुलाई मनोरन्जन दिएका थिए । उनले ‘लुट्न सके लुट’ संगै छिन छिन बज्ने चुरा, क्यार्ने माया मारीछौ सानीले, कान्छि बुहारी लगायतका गित गाएर दर्शकलाई मनोरन्जन दिएका थिए ।
उनले देउडा गाईका सोभा थापा संग पनि देउडा खेलेका थिए । महोत्सवमा गायीका थापाले आफ्ना बिभिन्न चर्चित देउडा गित गाएकी थिईन । उनले कम्पनीका मेला, बजारमा आउने तयारीमा रहेको कैले तुई छउ हँुदी, ओई काले लगायतका आफ्ना देउदा गित गाएर दर्शकलाई मनोरन्जन दिएकी थिईन । महोत्सवको तेस्रो दिन आज राष्ट्रिय कलाकार संगै बिभिन्न स्थानिय कलाकारहरुले पनि आ–आफ्नो प्रस्तुती राखेका थिए ।
‘सम्वृद्ध प्रदेशको आधार कृषि, पर्यटन र व्यापार’ भन्ने मुल नाराका साथ यहि पुस २७ गतेदेखी सुरु भएको सुदुरपश्चिम प्रादेशिक महोत्सवको उद्घोषण संचारकर्मी तथा उद्घोषक हेमराज भट्टले गरेका थिए ।
माघ ७ गतेसम्म संचालन हुने महोत्सवमा बिभिन्न खालका १ सय १५० स्टल राखिएका छन भने अत्तरियामा रहेको लामी तालमा डुगांको ब्यबस्था गरिएको छ । महोत्सब अबलोकनका लागि बिधार्थीहरुलाई ४० रुपैया र अन्य सर्वसाधारणलाई ५० रुपैया टिकट कायम गरिएको छ । बृद्धबृद्धा तथा अपाङगता भएका बालबालिकाहरुलाई भने निःशुल्क प्रबेशको ब्यबस्था गरिएको छ ।