अत्तरिया – सुदूरपश्चिम प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले प्रदेश सरकार निजि क्षेत्रसंग सहकार्य गरेर अगाडी बढ्न तयार रहेको बताएका छन । आईतबार अत्तरियामा सुरु भएको ‘सुदुरपश्चिम प्रादेशिक महोत्सव’ को उद्घाटन गर्दै मन्त्री भट्टले सो कुरा बताएकी हुन । मन्त्री भट्टले सुदूरपश्चिम सरकार औद्योगीक वातावरण बनाउन सरकार तयार रहेको बताईन । उनले भ्रमण बर्ष २०२० सफल पार्न निजि क्षेत्रको महत्तपुर्ण भूमिका रहने बताइन । ‘निजि क्षेत्र संग सरकारले सहकार्य नगर्ने भनेको छैन ।’ मन्त्री भट्टले भनीन –‘उद्योग बाणिज्य संघ, यस क्षेत्रका उद्योगी व्यवसायी संग निरन्तर सम्पर्क मै छु ।
निजि क्षेत्रका व्यवसायीहरुलाई समेटेर नै भ्रमण बर्ष सफल पार्ने योजना छ ।’ यस्तै मन्त्री भट्टले अत्तरिया, गोदावरी अब धार्मीक, प्रर्यटन र राजनीतिक रुपमा सुदूरपश्चिम प्रदेशको केन्द्र रुपमा विकास भएको बताईन् । उनले प्रदेश सरकारले सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी घोषणा गरिसकेकोले अब कार्यान्वयनमा ध्यान केन्द्रित रहेको प्रष्ट पारिन । कार्यक्रममा बोल्दै सुदूपश्चिम प्रदेश नेपाली कांग्रेस संसदिय दलका नेता रणबहादुर रावलले प्रदेश सरकारले निजि क्षेत्रलाई वेवास्था गरे आफ्ना कार्यक्रम अगाडी सारेको आरोप लगाए । उनले भ्रमण बर्ष लगायतका अन्य कार्यक्रममा निजि क्षेत्रसंग खासै समन्वय नगरेको बताए । सरकारको काम कर उठाउने र नीति नियम बनाउने हो । उनले भने –‘गाडी पनि आफै चलाउने, अस्पताल पनि आफै चलाउने अनी निजि क्षेत्रले गर्ने काम पनि सरकारले आफै गर्न खोजेको छ । यो राम्रो होईन ।’ नेता रावलले प्रदेशको राजधानी तेघर प्रर्यावरणीय दृष्टिकोणले ठिक नभएको दावी गरे । उनले भने –‘तेघरीमा बनाउनु हुँदैन भन्ने होईन तर प्रकृती विनासको पाटोलाई पनि ध्यान दिनु पर्छ ।
कार्यक्रममा बोल्दै प्रदेश सासद चुन कुमारी चौधरीले स्थानिय स्तरमा आयोजना हुने यस्ता मेला महोत्सवले यस क्षेत्रको विकासमा महत्तपुर्ण भुमिका खेलिरहेको बताईन । उनले राजनीतिक दलहरुका आ–आफ्ना विचार भएपनि विकासका कुरामा एकजुट भएर लाग्नुपर्ने बताईन ।
यस्तै गोदावरी नगरपालिकाका प्रमुख हरी सिं साउँदले मेला महोत्सवमा कृषि प्रर्यटनलाई उजागर गर्नुपर्ने बताए । उनले कृषि बिना नेपालको विकास सम्भव नरहेको धारणा राखे ।
कार्यक्रममा बोल्दै कैलाली कन्चनपुर उद्योग बाणिज्य संघका अध्यक्षहरुले सरकारले निजि क्षेत्रसंग समन्वय गरेर अघि बढ्नुपर्नेमा जोड दिए । उनीहरुले सुदूपश्चिमको विकासका लागि सबै उद्योग बाणिज्य संघ मागहरु समान भएकाले सरकारले सम्बोधन गर्न तर्फ ध्यान दिनु पर्ने बताएका थिए । कार्यक्रममा यस क्षेत्रका राजनीतिक दलका प्रतिनिधी, बिभिन्न संघ सस्थाका प्रतिनिधी लगायत स्थानियहरुको सहभागीता रहेको थियो ।
उद्योग बाणिज्य संघद्धारा सरकार समक्ष ५ बुदे माग
कार्यक्रममा अत्तरिया उद्योग बाणिज्य संघले कार्यक्रका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया समक्ष ५ बुदे माग सहितको ज्ञापन पत्र बुझाएको छ । अत्तरिया उद्योग बाणिज्य संघका अध्यक्ष अशोक देवकोटाले मन्त्री भट्ट समक्ष बिभिन्न माग राख्दै ज्ञापन पत्र बुझाएका हुन ।
ज्ञापन पत्रमा गेटा बिमानस्थललाई क्षेत्रीय बिमानस्थल बनाउनु पर्ने, खुटिया दिपायल सुरुङमार्ग निर्माणको कार्यलाई अगाडी बढाईनु पर्ने, हरैया बिशेष आर्थिक क्षेत्र सेज निर्माण कामलाई अगाडी बढाउनु पर्ने, गेटा धनगढी औद्योगीक करिडोर बिकासको कामलाई अगाडी बढाईनु पर्ने, प्रयर्टन बर्ष सफल पार्न निजि क्षेत्रसंग समन्वय गर्नुपर्ने र गोदावरी खानिडाडा बुढीतोलालाई प्रर्यटकीय क्षेत्रको रुपमा विकास गरिनुपर्ने लगायतमा माग राखिएका छन । त्यस्तै कन्चनपुरको दोधरा चाँदनीमा सुख्ख वन्दरगाहा निर्माणको कार्यलाई तिब्रता दिनुपर्ने माग गरिएको छ ।