धनगढी – कैलाली जिल्लामा क्रियाशील दलित पत्रकारहरूको प्रथम सम्मेलनबाट दलित पत्रकार संघ कैलाली शाखा गठन गरिएको छ । शुक्रबार र शनिबार धनगढीमा चलेको जिल्ला सम्मेलनबाट महेश कुमार महरको अध्यक्षतामा ‘क्रियाशील दलित पत्रकार संघ कैलाली शाखा’ समिति चयन गरिएको हो ।
समितिको उपाध्यक्षमा प्रिन्स बिक, सचिवमा मंगल बासकोटे, सह सचिवमा सुदिप बिक, निर्मला पहराई कोषाध्यक्षमा जगत जैगढी चयन भएका छन । त्यस्तै सदस्यमा सदस्यहरुमा गोबिन्द बीसी, अशोक अछामी, सरोज विश्वकर्मा, भक्त विश्वकर्मा, राम ब विश्वकर्मा, भीम बीसी, सुन्दर बिक र लक्षम बिक रहेका छन ।
सम्मेलनको शुक्रबार सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाहले धनगढीमा उद्घाटन गरेका थिए ।
क्रियाशील दलित पत्रकारहरू संघ शुदूरपश्चिम तदर्थ समिति संयोजक धर्म बिकको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रमका प्रमुख अतिथि आन्तरिक मामिला तथा कानून मन्त्री शाह रहेका थिए । उद्घाटन समारोहमा सुदुरपश्चिम प्रदेश सांसद टेक बहादुर रैका, क्रियाशील दलित पत्रकारहरू संघ नेपालका केन्द्रिय उपाद्यक्ष टिकाराम सुनार, नेपाल पत्रकार महासंघ कैलाली अध्यक्ष जगत साउँद लगायत बिभिन्न संघ संस्था र राजनीतिक दलका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
निर्वाचित जिल्ला कमिटिका पदाधिकारीहरुलाई शनिबार एक कार्यक्रमका बिच प्रमाण पत्र वितरण गरिएको छ । परिचय पत्र वितरण कार्यक्रममा क्रियाशील दलित पत्रकारहरू संघ नेपालकाका केन्द्रिय उपाध्यक्ष टिकाराम सुनार, नेपाल पत्रकार महासंघ शुदूरपश्चिम प्रदेशका अध्यक्ष अर्जुन शाह, क्रियाशील दलित पत्रकारहरू संघ शुदूरपश्चिम तदर्थ समिति संयोजक धर्म बिक, जिल्ला समन्वय समिति सचिवालय प्रमुख नेत्र प्रशाद भण्डारी, निर्वाचन समिति संयोजक गणेश नेपाली लगायतको सहभागीता रहेको थियो । निर्वाचित पदाधिकारीहरुलाई निर्माचन समितिका संयोजक गणेश नेपालीले सपथ ग्रहण गराएका थिए ।